डा. गोविन्द केसि को समर्थन मा बिरगंजमा धर्ना प्रदर्शन
Saturday Oct 03, 2020
वि.सं.२०७७ असोज १७ शनिवार १५:०८

पर्सा वीरगंज । डा. गोबिन्द केसि को १९ औ सत्याग्रह को समर्थन मा डा। केसि को समर्थक हरु बिरगंज पर्सा ले सामाजिक अभियन्ता जसपाल सिंह को नेतृत्व मा बिरगंज को नारायणी अस्पताल मा बिहान १०स्३० देखि ११स्३० बजे सम्म १ घण्टा प्रदर्शन एवम धर्ना कार्यक्रम गरेको छ । सो कार्यक्रम मा नेपाल चिकित्सक संघ पर्सा ले एक्यवद्धता जनाउदै डाक्टर हरु प्रदर्शन मा सहभागी भएका थिए ।
डा. केसि को माग अङ्कित नारा सहित को प्लेकार्ड लियेर अभियन्ता हरु एवम सर्वसाधारण ले सहभागिता जनाएका थिए । डा। केसि को सत्याग्रह नेपाली जनता एवम स्वास्थ्यक्षेत्र को लागि नै भएकोले अबिलम्ब बार्ता गरि माग पूरा गर्नु को साथै उहाको जिवनरक्षा गर्न सरकार सङ्ग नेपाल चिकित्सक संघ को आग्रह रहेको डा। निरज सिंह ले भनेका थिए । सो कार्यक्रम मा डा।अरुण कु। सिंह , डा। राजदेव कुशवाहा , डा। दिनेश कु। गुप्ता , डा। बिधान कोइराला ,डा। शैलेश ठाकुर , प्रकाश थारु , लालबाबु सिंह , कमल चौगाइ , मन्टु श्रेष्ठ ,केदार गुप्ता,गोपाल साह , दिपक पटेल,अविनाश झा लगायत को उपस्तिथि रहेको थियो ।




























