नेपाल आयल निगमले डिजेल र मट्टितेलको दुवैमा प्रति लिटर एक रूपैयाँका दरले घटाइए
Saturday Oct 03, 2020
वि.सं.२०७७ असोज १७ शनिवार १६:१५

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । बिहीबार राति १२ बजेबाट लागू हुने गरी दुवैमा प्रति लिटर एक रूपैयाँका दरले भाउ मूल्य घटाइएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिएका छन् ।
नयाँ कायम भाउ अनुसार अब डिजेल र मट्टितेल दुवैको मूल्य प्रति लिटर ८९ रुपैयाँ कायम भएको छ । खाना पकाउने एलपी ग्यास, पेट्रोल र हवाई इन्धनको मूल्य भने यथावत रहेको निगमको भनाई रहेको छ। निगमले स्वचालित मूल्य प्रणाली अनुसार भाउ तोक्दै आएको छ ।





























