नेपाली कांग्रेसका चार नेतालाई कोरोना संक्रमण देखिएपछि आज वस्ने पदाधिकारी बैठक स्थगित
Sunday Oct 04, 2020
वि.सं.२०७७ असोज १८ आइतवार ०७:४७

काठमाडौ । नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा गत असोज १५ गते गरिएको कोरोनाको स्वाप कलेक्सनमा केन्द्रीय सदस्य अर्जुननरसिह केसी, गगन कुमार थापा, जंगीलाल यादव, कल्पना चौधरी र आमन्त्रित केन्द्रीय सदस्य शम्भुलाल श्रेष्टलाई कोरोना भाईरस अयखष्मज्ञढ संक्रमण भएको छ।
पाँचै जना कांग्रेसका सकृय नेता हुन । उहाँहरू आ–आफ्नै घरमा आइसोलेशनमा वसेका छन।
कोरोना संक्रमण देखिएपछि आज वस्ने पदाधिकारी बैठक स्थगित भएको छ। भोली बस्ने केन्द्रीय बैठक के हुने अन्योल छ।
























