CG Electronics
IME Life
NIMB

लिङ्ग्वा क्यापिटलले सेयर कारोबार गर्ने भन्दै कयौं सर्वसाधारणलाई ठगी

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाण्डौ । लिङ्ग्वा क्यापिटलले सेयर कारोबार गर्ने भन्दै कयौं सर्वसाधारणलाई ठगी ।मोरङको उर्लाबारीमा अवस्थित लिङ्ग्वा क्यापिटल बताउने एक कम्पनीले स्टक ब्रोकर नम्बर ३९ सुमेरु सेक्युरिटीज र प्रभू क्यापिटलको नाम लिएर गैरकानूनी धन्दा चलाएको भेटिएको हो।

स्टक ब्रोकर नम्बर ३९, सुमेरु सेक्युरिटीज र प्रभु क्यापिटलको हवाला दिंदै सेयर कारोबार गरिदिने र डिम्याट तथा ‘मेरो सेयर’ खोलिदिने भन्ने भ्रम छर्र्दै रकम असुल गरेको छ । मोरङको उर्लाबारीमा अवस्थित लिङ्ग्वा क्यापिटल इन्भेष्टमेन्ट मेनेजमेन्ट कम्पनीले सुमेरु सेक्युरिटीज र प्रभु क्यापिटलसँग सम्झौता गरी सेयर खरिदबिक्री गर्न एजेन्सीको काम गरिरहेको दाबी गर्दै आफ्ना सेवाहरुको विषयमा तीव्र प्रचारप्रसार गरिरहेको छ ।

केही दिनयता सो लिङ्ग्वा क्यापिटलले फेसबुकमा विज्ञापन गरिरहेको र सो कम्पनीमा उल्लेख भएको नम्बरमा बिजशालाले सम्पर्क गर्दा आफूलाई फण्ड मेनेजर बताउने पेमा तामाङले फण्ड मेनेजमेन्ट कम्पनी भएको जानकारी दिए । तामाङले बिर्तामोडस्थित सुमेरु सेक्युरिटीजसँग सहकार्य गर्दै सेयर किनबेच गरिदिने गरेको दाबी गरे । उनले प्रभू क्यापिटलसँग पनि सम्झौता गरी डिम्याट खाता खोलिदिने सेवा गरिरहेको जिकिर गरे । तामाङका अनुसार लिङ्ग्वा क्यापिटलबाट हाल करिब ४ हजार ग्राहकहरुले सेवा लिइरहेका छन् ।

लिङ्ग्वा क्यापिटलले हाल इन्भेष्टिङ ,फाइनान्सिङ र एड्भाइजिङ सेवा प्रवाह गरिरहेको फेसबुक पेजमार्फत जानकारी दिइएको छ । हाल सो कम्पनीको उक्त फेसबुक पेजलाई बुष्ट गरिरहेको र सो पेजमा १७ सय भन्दा बढीले लाइक गरिसकेका छन् ।

लिङ्ग्वा क्यापिटलको फेसबुक पेजमा शिवचन्द्र भन्ने व्यक्तिले सेबोनबाट आधिकारिक रुपमा अनुमति प्राप्त हो कि हैन रु भन्ने प्रश्नमा क्यापिटलले हालसम्म अनुमति प्राप्त नभएको बताउँदै सुमेरु सेक्युरिटीजसँग सेयर कारोबार र प्रभु क्यापिटलसँग डिम्याट खाता तथा ‘मेरो सेयर’ खोल्न जोइन्ट भेञ्चर काम गरिरहेको प्रतिक्रिया दिएको छ ।

यता, सुमेरु सेक्युरिटीजका सञ्चालक प्रेमकुमार अग्रवाल भने आफूले कुनै पनि कम्पनीलाई हालसम्म एजेन्सी नदिएको जिकिर गर्छन् । यस विषयमा आफूलाई समेत अन्य कुराहरु थाहा नभएको उनको दाबी छ । हालसम्म उक्त क्यापिटलसँग कुनै सम्बन्ध नरहेको उनले बताए ।

यसैगरी लिङ्ग्वा क्यापिटलले प्रभू क्यापिटलसँग पनि सहकार्य गरी मात्र रु।९९ मा डिम्याट खाता खोलिरहेको विषयमा क्यापिटलका सीइओ दिनेश थकालीले आफूलाई जानकारी नभएको बताए । ‘सो क्यापिटलसँग कानूनतः सहकार्य गर्न नै नमिल्ने भएकाले हालसम्म हामीसँग कुनै सम्बन्ध र सहकार्य छैन।’–सीइओ थकाली भन्छन् ।

नियमतः क्यापिटलबाट प्रवाह हुने सेवाहरु माउ कम्पनी९बैंक वा शाखा कार्यालय०बाट भने सेवा प्रवाह हुन पाउने व्यवस्था छ । यस्तै ब्रोकर कम्पनीको हकमा पनि काठमाण्डौस्थित मुख्य कार्यालय र बोर्डबाट अनुमतिप्राप्त मोफसलका शाखाबाहेक अन्त कतैबाट ब्रोकरेज सेवा प्रवाह गर्न नपाइने व्यवस्था छ ।

हाल देशभर आधिकारिक ब्रोकरका रुपमा ५० वटा ब्रोकर कम्पनी छन्, जसको उपत्यकाबाहिर ४७ शाखाहरुमार्फत सेयर खरिदबिक्रीको सेवा दिइरहेका छन् ।

नेपाल धितोपत्र बोर्डले समेत हालसम्म कुनै पनि ब्रोकरलाई एजेन्सी वा आधिकारिक प्रतिनिधिको व्यवस्था गरेको छैन । तर धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्ज लिमीटेडले कमजोर अनुगमनका कारण एजेन्सीसम्बन्धी काम गरिहेको समेत पत्तो पाएका छैनन् । (bizshala.com)बाट

 

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026” भव्यताका साथ सम्पन्न

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award...

वि.सं.२०८३ असार ९ मंगलवार २१:५३

  काठमाडौं । नेपाली खेलकुदको विकासमा अतुलनीय योगदान पुर्‍याउने विशिष्ट...

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा समुद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा....

वि.सं.२०८३ असार ९ मंगलवार २१:४८

  काठमाडौं । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडको बागमती...

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्ने

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब...

वि.सं.२०८३ असार ९ मंगलवार २१:४१

  काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले २ः१ अनुपातमा हकप्रद...

जोरपाटीमा कजारिया रमेश टाइल्सको नयाँ शोरूम सञ्चालन, विश्वस्तरीय डिजाइन अब नजिकै

जोरपाटीमा कजारिया रमेश टाइल्सको नयाँ शोरूम सञ्चालन,...

वि.सं.२०८३ असार ९ मंगलवार २१:३१

काठमाडौं । कजारिया रमेश टायल्स लिमिटेडले आफ्नो रिटेल नेटवर्क विस्तार...

डिस होमको ‘डिगो ओटीटी’ बन्यो नेपालको पहिलो ओटीटी प्लेटफर्म

डिस होमको ‘डिगो ओटीटी’ बन्यो नेपालको पहिलो...

वि.सं.२०८३ असार ९ मंगलवार ११:१०

  डिशहोम डिजिटल प्रालिद्वारा सञ्चालित ‘डिगो ओटीटी’ले नेपाल सरकारबाट ओटीटी...

लक्ष्मी ग्रुपसँगको सहकार्यमा नेपालमा ‘बोस’ को पहिलो आधिकारिक ब्रान्ड स्टोर सञ्चालन

लक्ष्मी ग्रुपसँगको सहकार्यमा नेपालमा ‘बोस’ को पहिलो...

वि.सं.२०८३ असार ९ मंगलवार १०:०६

काठमाडौं । होम अप्लायन्स उद्योगको विश्वव्यापी अग्रणी कम्पनी बीएसएच होम...