CG Electronics
IME Life
NIMB

सूचीकृत कम्पनीहरुले आफ्नो विवरण विद्युतीय माध्यममार्फत नेपाल धितोपत्र बोर्डमा पेस गर्न सक्ने

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाण्डौ । अब सूचीकृत कम्पनीहरुले आफ्नो वित्तीय तथा अन्य विवरणहरु विद्युतीय माध्यममार्फत नेपाल धितोपत्र बोर्डमा पेस गर्न सक्ने भएका छन्।

विश्व लगानीकर्ता सप्ताह २०२० अन्तर्गत बोर्ड सूचीकृत कम्पनी तथा अन्य बजार सहभागीहरुले नियमन व्यवस्थाअनुरुपमा बोर्डमा पेस गर्नुपर्ने वित्तीय तथा अन्य विवरणहरु विद्युतीय माध्यममार्फत पेस गर्न सक्ने प्रणाली इलेक्ट्रोनिक रिपोर्टिङ एन्ड रिट्रिइभल सिस्टम ९ईआरआरएस० प्रयोगमा ल्याएको हो। यो प्रणाली प्रयोगमा आएसँगै अब बोर्डबाट इजाजतपत्र प्राप्त संस्था र निष्कासनकर्ता एवं सूचीकृत संगठित संस्थाहरुले भौतिक रुपमा विवरण पेस नगरी आफ्नै कार्यालयबाट विद्युतीय माध्यममार्फत अद्यावधिक वित्तीयलगायतका विववरण पेस गर्न सक्नेछन्।

यो प्रणालीको सुरुआत तथा अनावरण बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले गत शुक्रबार गरेका थिए। यो प्रणालीको विकाससँगै अब नियमन व्यवस्थाअनुरुप सूचीकृत संगठित संस्थाले लगानीकर्तालाई उपलब्ध गराउनुपर्ने सूचना, जानकारी तथा विवरण लगानीकर्ताहरुले समेत न्यून प्रयास र लागतमा प्राप्त गर्न सक्ने बोर्डले जनाएको छ।

ईआरआरएसको प्रयोगबाट बजारमा सूचना प्रवाह तथा नियमनको परिपालना कार्य सहज हुने बोर्डले विश्वास लिएको छ।

यसैगरी बोर्डले गत शुक्रबार विशेषतः धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी आधारभूत ज्ञान हासिल गर्न चाहने स्कूल तथा कलेजका विद्यार्थीहरु र आमलगानीकर्तालाई लक्षित गरी धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी लगानीकर्ता हाते पुस्तक, २०२० तयार गरी प्रकाशन गरेको छ। पुस्तकमा वित्तीय बजार, पुँजी बजार, धितोपत्र बजार, धितोपत्रको प्राथमिक निश्कासन तथा यसको प्रक्रिया, लगानी योजना तथा प्रक्रिया, सेयरधनीको अधिकार, बजार सहभागी तथा बजार सहभागीले प्रवाह गर्ने सेवा सुविधा, लगानीको मन्त्र, लगानी गर्दा ध्यान दिनुपर्ने पक्षहरु, बारम्बार सोघिने प्रश्नहरु तथा बजारसँग सम्बन्धित उपयोगी शब्दावली आदि समेटिएका छन्।

अन्तर्राष्ट्रिय योग दिवसमा नेपाल एसबीआई बैंकद्वारा सातै प्रदेशमा योग कार्यक्रम

अन्तर्राष्ट्रिय योग दिवसमा नेपाल एसबीआई बैंकद्वारा सातै...

वि.सं.२०८३ असार ८ सोमवार ०९:२२

काठमाडौं। नेपाल एसबीआई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय योग दिवस २०२६ को...

सानिमा रिलायन्स लाइफलाई ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ द इयर २०२६’ अवार्ड

सानिमा रिलायन्स लाइफलाई ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ...

वि.सं.२०८३ असार ८ सोमवार ०९:१७

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले ‘१८औँ कर्पोरेट बिजनेस...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा हिमस्टार

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा...

वि.सं.२०८३ असार ६ शनिवार १६:३९

  काठमाडौं । नेपाली इलेक्ट्रोनिक्स बजारमा विगत २७ वर्षदेखि एक...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही सिफारिशबारे अन्तरक्रिया सम्पन्न

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही...

वि.सं.२०८३ असार ६ शनिवार १६:२३

काठमाडौं, असार ५ – नेपाल बीमा प्राधिकरणको आयोजनामा कुपण्डोलस्थित केन्द्रीय...