CG Electronics
IME Life
NIMB

अधिकांश बैंकको नाफा घट्यो,२७ मध्ये बिबरण बुझाएका यी २३ बैकले कति नाफा कमाए ? विवरण नबुझाउने यी हुन् ४ बैंक

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं ।आजका मितिसम्म सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकहरू मध्ये २३ वटा बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । हिजो २८ गते सम्म सार्बजनिक विवरण अनुसार २३ बैकको मुल्यांकन सार्बजनिक भएको हो। कोरोना महामारीका बीच बैंकहरूले कस्तो वित्तीय विवरण ल्याउलान ? महामारीले यी संस्थाहरूलाई कस्तो प्रभाव पार्यो होला भनेर सर्वत्र चासो थियो ।

वित्तीय विवरण हेर्दा कोरोना महामारीको असर बैंकहरूलाई केही परेकै देखिन्छ । २३ वटा बैंकहरू मध्ये ९ वटाले अघिल्लो वर्षको सोही अवधिको भन्दा नाफामा केही बढोत्तरी गरेका छन् भने १४ वटा बैंकहरूको नाफामा गिरावट आएको छ ।

सबैभन्दा धरै नाफा नेपाल एसबीआई बैंकको घटेको छ । गत वर्ष सोही अवधिमा ४३ करोड ७२ लाख खुद नाफा गरेको बैंकले यो वर्ष २० करोड ५ लाख मात्र नाफा कमाउन सकेको छ । यो भनेको ५४ प्रतिशतको गिरावट हो ।

यसैगरी भारतको पञ्जाव नेशनल बैंकको लगानी रहेको बैंक एभरेष्टको नाफामा पनि भारी गिरावट आएको छ । एभरेष्टको नाफा ५२ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष ६९ करोड ८ लाख नाफा कमाएको एभरेष्टले यो वर्ष ३३ करोड ४७ लाख रुपैयाँ मात्र नाफा कमाउन सक्यो ।

यसैगरी हिमालयन र सेञ्चुरीको नाफामा पनि क्रमश ४४ र ४१ प्रतिशतको गिरावट आएको छ । अर्को विदेशी बैंक तथा कुनै बेला सेयर बजारको ‘ब्लु चिप’ कम्पनी भनेर चिनिने स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफामा पनि ३८ प्रतिशतको गिरावट आएको छ । अघिल्लो वर्ष ६४ करोड ४१ लाख खुद नाफा गरेको चार्टडको नाफा यो वर्ष ४० करोड १३ लाख रुपैयाँमा खुम्चियो ।

कुनै बेला नबिल बैंकसँग तीव्र प्रतिस्पर्धामा रहेको नेपाल इन्भेष्टमेन्ट बैंक पनि कोरोनाको महामारीका बीच खरो उत्रन सकेन । इन्भेष्टमेन्टको नाफामा पनि यो वर्षको पहिलो त्रैमाससम्म २६ प्रतिशतको गिरावट आएको छ ।

सरकारी लगानी समेत रहेको राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकको नाफामा पनि क्रमशः २६ र २३ प्रतिशतको गिरावट आएको छ ।

यसैगरी लक्ष्मी बैंकको नाफामा २३, सनराइजको १६, नेपाल बैंकको ५, माछापुच्छ्रे बैंकको २ र एनसीसी बैंकको नाफामा २ प्रतिशतको गिरावट आएको छ । सिद्धार्थ बैंकको नाफामा पनि झण्डै ३ प्रतिशतको गिरावट आएको छ ।

कोरोनाका बीच ९ बैंकको नाफा बढ्यो

उता अहिलेसम्म वित्तीय विवरण प्रकाशित गरेका बैंकहरू मध्ये ९ वटा बैंकहरूले भने यस्तो प्रतिकूल अवस्थामा पनि नाफा बढाएका छन् ।
यो अवधिमा सबैभन्दा बढी नाफा एनएमबी बैंकले बढाएको छ । एनएमबीको नाफामा यो अवधिमा १७० प्रतिशतको बढोत्तरी भएको छ । अघिल्लो वर्ष २७ करोड १८ लाख खुद नाफा गरेको बैंकले यो वर्ष ७३ करोड २९ लाख रुपैयाँ नाफा गरेको हो । बैंकले यो समयमा ओम डेभलपमेन्ट बैंकलाई प्राप्ती गरेको थियो ।

यसैगरी पोखराको गन्डकी विकास बैंकलाई प्राप्ती गरेको मेघा बैंकको नाफामा पनि ६२ प्रतिशतको बढोत्तरी भएको छ । अघिल्लो वर्ष ३७ करोड ६० लाख कमाएको बैंकले यो वर्ष ६० करोड ७९ लाख रुपैयाँ नाफा गरेको छ ।

कैलाश विकास बैंकलाई गाभेको प्राइम कर्मशियल बैंक पनि नाफा बढाउने बैंकहरूको सूचीमा तेस्रो स्थानमा रहन सफल भएको छ । प्राइमले गत वर्ष ६५ करोड ९७ लाख रुपैयाँ खुद नाफा गरेको थियो भने यो वर्ष नाफा १ अर्ब भन्दा बढी गरेको छ ।

यसैगरी देव विकास बैंकलाई गाभेको कुमारीले ५० प्रतिशतले नाफा बढाएको छ भने सिटिजन्सले ४८, नेपाल बंगलादेश बैंकले ४२ र ग्लोबल आइएमइ बैंकले ३३ प्रतिशतले नाफा बढाएका छन् । सिटजन्सले सहयोगी विकास बेंकलाई गाभेको थियो भने ग्लोबलले जनता बैंकलाई गाभेको थियो ।

धेरै समस्याग्रस्त संस्थाहरूलाई गाभेर अघि बढेको प्रभु बैंकमा मर्जरको सिनर्जी देखिन थालेको छ । बैंकले ३३ प्रतिशतले नाफा बढाएको छ ।

पछल्लो समय आक्रामक ढंगले व्यवसाय विस्तार गरिरहेको एनआइसी एसियाले बैंक पनि थोरै भएपनि नाफा बढाउन सफल भएको छ । अघिल्लो वर्ष १ अर्ब नाफा कमाएको एनआइसीले यो वर्ष १ अर्ब २ करोड नाफा कमाएको छ ।

यसरी हेर्दा महामारीको प्रभाव बैंकिङ क्षेत्रमा राम्रै परेको देख्न सकिन्छ । अधिकांश नाफा बढाएका बैंकहरू अर्को संस्था गाभेर मात्र नाफा बढाउन सफल भएको देखिएको छ । संस्था नगाभी व्यवसाय गरेकै भरमा एकाध बैंक मात्र नाफा बढाउन सफल भएको देखिएको छ ।

समग्रमा पनि यो चालू आर्थिक वर्षको यो त्रैमासमा अघिल्लो त्रैमासको भन्दा बैंकहरूको नाफा घटेको देखिएको छ । आजसम्म वित्तीय विवरण प्रकाशित गरेका यी २३ बैंकहरूले अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमाससम्म १३ अर्ब ४ करोड रुपैयाँ कमाएका थिए भने यी २३ बैंकहरूले यो वर्षको सोही अविधिसम्ममा १२ अर्ब ९६ करोडमात्र कमाउन सकेका छन् ।

आजसम्म बैंक अफ काठमाडौं, सानिमा, नबिल र सिभिल बैंकले वित्तीय विवरण प्रकाशित गरेका छैनन् ।

निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न नेपाल उद्योग परिसङ्घको अनुरोध

निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्न नेपाल उद्योग...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:३०

  काठमाडौँ । मध्यपूर्वमा जारी युद्धका कारण इन्धनमा भएको उच्च...

आर्थिक क्षेत्रमा आमूल परिवर्तन ल्याउने गरी काम भइरहेको छ : सांसद एवं रास्वपा कोषाध्यक्ष अधिकारी

आर्थिक क्षेत्रमा आमूल परिवर्तन ल्याउने गरी काम...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:१३

काठमाडौँ । नेपाल महिला चेम्बरको आयोजनामा ‘उद्यमशीलता: चुनौती, सुधार र...

निर्माण क्षेत्र सङ्कटमा परेको भन्दै समस्या समाधान गर्न सरकारसँग चेम्बरको आग्रह

निर्माण क्षेत्र सङ्कटमा परेको भन्दै समस्या समाधान...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:०६

निर्माण क्षेत्रमा बढ्दो लागत, ढिलो भुक्तानी तथा प्रशासनिक जटिलताका कारण...

‘सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२’ को प्रतिवेदन सार्वजनिक, कमजोर नियमनले जनविश्वास गुमेको निष्कर्ष

‘सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२’ को...

वि.सं.२०८३ जेठ १४ बिहीवार ०९:४८

  काठमाडौं । सहकारी क्षेत्रमा देखिएको वित्तीय अनियमितता, बचतकर्ताको रकम...

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, नेपालको दूरसञ्चार क्षेत्रसँग मिलेर “एज अफ अल इन्टेलिजेन्स” लाई तीव्रता

हुवावे नेपालद्वारा मिनी एमडब्ल्युसी २०२६ आयोजना, नेपालको...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:४७

  स्पेनको बार्सिलोनामा आयोजित मोबाइल वर्ल्ड कंग्रेस २०२६ मा सार्वजनिक...

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश कोष व्यवस्थापन सम्झौता

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:४१

नागरिक लगानी कोष र नबिल बैंक लिमिटेडबीच बैंकका कर्मचारीहरूको अवकाश...