CG Electronics
IME Life
NIMB

जग्गा किन्दै हुनुहुन्छ यदि त्यसो हो भने उपत्यकाका यी स्थानमा पाइन्छ ४ लाखमा एक रोपनी जग्गा !

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । पछिल्लो समय घरजग्गा कारोबार निकै न्यून रहेको छ । कोभिड १९ का कारण कारोबार घटेसँगै जग्गाको मूल्य समेत स्थिर रहेको छ ।

रियल स्टेट कारोबार नेपालका प्रबन्धक प्रकाश छटौलीका अनुसार कोरोनाका कारण घरजग्गाको मूल्य नघटे पनि स्थिर भने रहेको छ । उनले घरजग्गा कारोबार ठप्प नभए पनि मूल्यमा भने स्थिरता छाएकाले विक्रेताहरूले बेच्न नचाहेको बताए ।

‘कारोबार नहुने नै भएको छैन, मूल्य घटेको पनि हैन तर, जग्गाको मूल्य बढ्न भने सकेको छैन,’ छटौलीले भने ‘जग्गाको मूल्य नबढेकाले घर तथा जग्गा धनीहरूले बेच्न चाहिरहेका छैनन् ।’

यस्तै कोरोना कहरको यस बीचमा सस्तो जग्गा किन्न चाहानेहरूका लागि हामीले केही जानकारी ल्याएकाछौं । उपत्यका भित्र सस्तो जग्गा किन्न खोज्नेलाई यो सुवर्ण अवसरको रूपमा रहेको छ । काठमाडौं, भक्तपुर र ललितपुरमा केही स्थानहरूमा सस्तो जग्गा रहेको प्रबन्धक छटौली बताउँछन् ।

उनका अनुसार ललितपुरको बागमती गाउँपालिका र कोन्ज्योसोम गाउँपालिकामा सस्तो मूल्यमा जग्गा रहेको छ । सो स्थानमा जग्गाको मूल्य रोपनीको ४ लाख रुपैयाँदेखि रहेको छटौली बताउँछन् ।

उनले यी जग्गाहरू रिङरोडबाट २७/२८ किलोमिटर पर रहेको बताए । ‘उपत्यकामा भनेर घना वस्ती भएका स्थानमा छैन, तर रिङरोडबाट २७/२८ किलोमिटर पर रहेको छ, त्यहाँ घना वस्ती छैन,’ छटौलीले भने ‘ सडक नजिकै छैन, अब विस्तारै त्यहाँ पनि वस्तीहरू पुग्दै छ ।’

काठमाडौंमा पनि यस्ता सस्तो जमिन रहेका छन् । काठमाडौंको सुंकरापुर नगरपालिकामा जग्गाको मूल्य रोपनीको ७ लाख रुपैयाँदेखि ८ लाख रुपैयाँ रहेको उनले बताए । संकरापुरको मेलम्ची तर्फ सो जग्गा रहेको उनले बताए ।

यस्तै भक्तपुरमा गुण्डु क्षेत्रमा रोपनीकै ६ लाख रुपैयाँदेखि ७ लाख रुपैयाँ प्रति रोपनी जग्गा रहेको छ ।

भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्षको ३ महिनामा १ लाख ७० हजार घरजग्गा सम्बन्धी कारोबार भएको छ । असोज मसान्तसम्ममा कुल ५६ हजार ८३८ वटा घजग्गा किनबेच भएका छन् ।

विभागका सूचना अधिकारी विष्णुकुमार महतका अनुसार उपत्यकामा मात्रै असोजमा ६ हजार ९०८ घरजग्गा किनबेच भएको छ । चालू आर्थिक वर्षको ३ महिना (साउन–असोज) मा भूमि कारोबार मार्फत ४ अर्ब ४२ करोड ३० लाख रुपैयाँ राजश्व संकलन भएको छ । विभागको तथ्यांक अनुसार चालू आवमा २ अर्ब ९१ करोड ५२ लाख रुपैयाँ रजिष्ट्रेशन दस्तुर संकलन भएको छ । १ अर्ब २२ करोड २१ लाख रुपैयाँ पूँजीगत लाभकर संकलन भएको हो ।

चालू आवको पहिलो त्रैमासिकमा उपत्यका भित्र मात्र २ अर्ब ३ करोड ५ लाख रुपैयाँ राजश्व संकलन भएको छ । घरजग्गा कारोबारका क्रममा उपत्यका भित्र १ अर्ब ३३ करोड ६८ लाख रुपैयाँ रजिष्ट्रेशन दस्तुर संकलन गरिएको छ भने कुल ६४ करोड ७ लाख रुपैयाँ पूँजीगत लाभकर संकलन भएको छ ।

ललितपुरमा मात्र ४४ करोड ९ लाख रुपैयाँ राजश्व संकलन भएको छ । ललितपुर क्षेत्रमा घरजग्गा कारोबारबाट २८ करोड ७८ लाख रुपैयाँ रजिष्ट्रेशन दस्तुर संकलन भएको थियो । १५ करोड ५६ लाख रुपैयाँ पूँजीगत लाभकर संकलन भएको थियो ।

भक्तपुरबाट मात्र ३२ करोड ६६ लाख रुपैयाँ कुल राजश्व संकलन भएको छ । घरजग्गा कारोबारका क्रममा २० करोड २१ लाख रुपैयाँ रजिष्ट्रेशन दस्तुर संकलन भएको थियो भने पूँजीगत लाभकर ११ करोड ४६ लाख रुपैयाँ संकलन भएको थियो ।

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...