CG Electronics
IME Life
NIMB

यी तीन जीवन बीमा कम्पनीले बोनस घोषणा गरे,कसको बोनस दर कति ?

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । तीनवटा जीवन बीमा कम्पनीले बोनस दर घोषणा गरेका हुन् ।कम्पनीहरुले आर्थिक वर्ष २०७५÷०७६ को लागी बीमितलाई दिने बोनस दर घोषणा गरेको हो । बोनस दर सार्वजनिक गर्ने कम्पनीमा महालक्ष्मी लाईफ इन्स्योरेन्स, सिटजन्स लाइफ इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेशनले बोनस दर घोषणा गरेका हुन । जसमा महालक्ष्मी लाईफले आव २०७५÷७६ को लागी बीमितलाई प्रतिहजार न्युनतम ५० रुपैयाँ देखि ५२ रुपैयाँसम्म बोनस दिने जनाएको छ ।

इन्स्योरेन्सले सावधिक जीवन बीमालेख तर्फ ५ देखि १५ वर्ष अवधिको लागि ५० रुपैयाँ, १६ देखि २५ वर्ष अवधिको ५१ रुपैयाँ र २६ देखि ३० वर्ष अवधिको बीमालेखका लागि ५२ रुपैयाँ बोनश दर घोषणा गरेको छ । यस्तै महालक्ष्मी सरल जीवन बीमालेख तर्फ ५ देखि १५ वर्ष अवधिको ५० रुपैयाँ, १६ देखि २५ वर्ष अवधिको बीमालेखमा ५१ रुपैयाँ, २६ देखि ३० वर्ष अवधिको लागि ५२ रुपैयाँ बोनस घोषणा गरेको छ ।

यस्तै महालक्ष्मी जीवन हेरचार बीमालेखका लागि ५ देखि १५ वर्ष अवधि तर्फ ५० रुपैयाँ र १६ देखि २५ वर्षसम्मको लागि बीमालेखमा ५१ रुपैयाँ बोनस दर घोषणा गरेको छ । यस्तै लाइफ इन्स्योरेन्स कर्पोरेशनले आव २०७५÷७६ को लागी बीमितलाई प्रतिहजार न्युनतम ६६ रुपैयाँ देखि ८० रुपैयाँसम्म बोनस दिने भएको छ ।

इन्स्योरेन्सले सावधिक तथा रुपान्तरित जीवन बीमालेख तर्फ ५ देखी १९ वर्र्ष अवधिको लागि ६६ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ७० रुपैयाँ र २५ वा सो भन्दा माथिको लागि ८० रुपैयाँ बोनस दर तोकेको छ । यस्तै धन वृष्टि जीवन बीमालेख तर्फ १० र १५ वर्ष अवधिको लागि ६६ रुपैयाँ रहेको छ भने अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा १५ वर्ष ६६ रुपैयाँ, २० वर्ष ६७ रुपैयाँ,२५ वर्षको लागि ६८ रुपैयाँ बोनस घोषणा गरेको छ ।

यस्तै अग्रिम भुक्तानी (बाल) सावधिक जीवन बीमालेखामा ० देखि १५ वर्षको लागि ६६ रुपैयाँ, १६ देखि २० वर्षको लागि ६७ रुपैयाँ र २१ वा सो भन्दा माथिको लागि ६८ रुपैयाँ बोनस दिने घोषणा गरेको छ । यस्तै आजीवन बीमालेख तर्फ १० वर्षको लागि ६६ रुपैयाँ, १५ वर्षको लागि ६८ रुपैयाँ २० वर्षको लागि ७७ रुपैयाँ बोनस दर घोषणा गरेको छ ।

सिटिजन लाइफले पनि आव २०७५÷७६ को लागी बीमितलाई प्रतिहजार न्युनतम ३० रुपैयाँ देखि ७३ रुपैयाँसम्म बोनस दिने जनाएको छ ।

इन्स्योरेन्सले अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख तर्फ १० देखि १४ वर्ष अवधिको लागि ४४ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ४९ रुपैयाँ र २० देखि २४ वर्ष अवधिको बीमालेखका लागि ५५ रुपैयाँ बोनस घोषणा गरेको छ ।

यस्तै सावधिक जीवन बीमालेख तर्फ ० देखि ९ वर्ष अवधिको ३८ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको बीमालेखमा ४२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ४५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको बीमालेखमा ५० रुपैयाँ, २५ देखि २९ वर्ष अवधिको बीमालेखमा ६३ र ३० वा सो भन्दा माथिको लागि ७३ रुपैयाँ बोनस घोषणा गरेको छ ।

यस्तै सिटिजन शुभारम्भ योजना (सावधिक) बीमालेख तर्फ ० देखि ९ वर्ष अवधिको लागि ३५, १० देखि १४ अवधिको लागि ३८ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ४० रुपैयाँ २० देखि २४ वर्ष अवधिको लागि ४५ रुपैयाँ, २५ देखि २९ वर्ष अवधिको लागि ६० रुपैयाँ र ३० वा सो भन्दा माथिको लागि ७० रुपैयाँ बोनस दिने घोषणा गरेको छ ।

बार्षिक अग्रिम भुक्तानी बीमा योजना बीमालेख तर्फ ० देखि ९ वर्षको लागि २५ रुपैयाँ,१० देखि १४ वर्ष अवधिको लागि २७ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ३० रुपैयाँ र २० वा सो भन्दा बढी अवधिको लागि ३० रुपैयाँ बोसनको घोषणा गरेको छ ।

सावधिक तथा आजीवन बीमालेख तर्फ ० देखि ९ वर्ष अवधिको लागि ३७, १० देखि १४ अवधिको लागि ३८ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि ४२ रुपैयाँ, २५ देखि २९ वर्ष अवधिको लागि ५७ र ३० वा सो भन्दा माथिको लागि ७० रुपैयाँ बोनस दिने घोषणा गरेको छ ।

अन्तर्राष्ट्रिय योग दिवसमा नेपाल एसबीआई बैंकद्वारा सातै प्रदेशमा योग कार्यक्रम

अन्तर्राष्ट्रिय योग दिवसमा नेपाल एसबीआई बैंकद्वारा सातै...

वि.सं.२०८३ असार ८ सोमवार ०९:२२

काठमाडौं। नेपाल एसबीआई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय योग दिवस २०२६ को...

सानिमा रिलायन्स लाइफलाई ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ द इयर २०२६’ अवार्ड

सानिमा रिलायन्स लाइफलाई ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ...

वि.सं.२०८३ असार ८ सोमवार ०९:१७

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले ‘१८औँ कर्पोरेट बिजनेस...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा हिमस्टार

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा...

वि.सं.२०८३ असार ६ शनिवार १६:३९

  काठमाडौं । नेपाली इलेक्ट्रोनिक्स बजारमा विगत २७ वर्षदेखि एक...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही सिफारिशबारे अन्तरक्रिया सम्पन्न

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही...

वि.सं.२०८३ असार ६ शनिवार १६:२३

काठमाडौं, असार ५ – नेपाल बीमा प्राधिकरणको आयोजनामा कुपण्डोलस्थित केन्द्रीय...