CG Electronics
IME Life
NIMB

नागढुंगा-नौबिसे सुरुङ खन्ने साईत जुर्यो,झन्डै तीन किमी सुरुङ यसरी खनिदैछ

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं ।नागढुंगा–नौबिसे सुरुङमार्ग निर्माणका लागि विस्फोटक पदार्थ आइपुगेको छ । सुरुङ खन्नका लागि तिहार अगाडि नै विस्फोटक पदार्थ ल्याइएको हो ।

आयोजनाकी इन्जिनीयर कल्पना अधिकारीले हाल ६० मेट्रिकटन विस्फोटक पदार्थ आयात गरिएको बताइन् । सो विस्फोटक पदार्थ हाल नेपाली सेनाको नियन्त्रणमा रहेको छ ।आयोजनाका लागि ९०० विस्फोटक पदार्थ आवश्यक पर्नेछ । पहिलो चरणमा ३०० टन विस्फोटक पदार्थ खरिदका लागि नेपाली सेनाले स्वीकृति दिएको थियो । सो मध्ये हाल ६० टन विस्फोटक पदार्थ आयात गरिएको हो ।

आयोजनाका लागि ९०० विस्फोटक पदार्थ आवश्यक पर्नेछ । पहिलो चरणमा ३०० टन विस्फोटक पदार्थ खरिदका लागि नेपाली सेनाले स्वीकृति दिएको थियो । सो मध्ये हाल ६० टन विस्फोटक पदार्थ आयात गरिएको हो ।

नागढुंगा–नौबिसे सुरुङ खन्ने काम भने अझै शुरु भएको छैन । सुरुङमार्ग निर्माणको जिम्मा पाएको जापानी कम्पनी हाज्मा–आन्दो कर्पोरेशनले मेसिनले सुरुङ खन्ने अन्तिम तयारी गरिरहेको छ ।

सुरुङ खन्ने अन्तिम तयारी भइरहे पनि बुटवलबाट स्टिल पोर्टल फ्रेम नआइपुगेका कारण सुरुङ खन्न शुरु नगरिएको आयोजनाकी इन्जिनीयर कल्पना अधिकारीले जानकारी दिइन् ।

बुटवलको एक उद्योगलाई स्टिल पोर्टल फ्रेम निर्माणको जिम्मा दिइए पनि कोरोनाका कारण अझै तयार हुन नसकेको उनले बताइन् ।‘तिहार लगतै सुरुङ खन्ने भनेका थियौंं, तयारी भइरहेको छ तर, सुरुङ खन्नुभन्दा पहिला बोल्ट राख्नु पर्ने र त्यसपछि ढोकाको स्टिलका फ्रेमहरु राखेपछि सुरुङ खन्न शुरु गरिन्छ,’ इन्जिनीयर अधिकारीले भनिन् ।उनले अबको एक साता जतिमा सुरुङ खन्ने काम शुरु गरिने बताइन् ।

सुरुङको कुल लम्बाइ २.७ किमी रहेको छ । आयोजना अन्तर्गत ९.५ मिटर र ४ मिटर गरेर दुई सुरुङ निर्माण हुनेछ । दुई ‘फ्लाइओभर’, एउटा सर्भिस सेन्टर र ३.१ किलोमिटर नयाँ सडक निर्माण हुने बताइएको छ । सुरुङमार्गकै मुख र सतुङ्गलमा ‘फ्लाइओभर’ बनाउन लागिएको छ ।

मेशिनले खन्नु अघि आवश्यक तयारीका लागि २५ देखि ३० मिटर सुरुङ खन्नु पर्ने भएकाले त्यो काम शुरू भइसकेको छ । सुरुङको सिस्नेखोला मुखमा जमिन कमजोर भएकोले त्यहाँ बलियो बनाउने काम भइरहेको छ । खन्न शुरू गरिए पनि जमिन कमजोर भएको अधिकारीले बताइन । सो जमिनमा खनेर ढलान गरी सुरुङ खन्नलाई बलियो बनाइने उनले बताइन् ।

८ मिटर मुनिबाट जमिन कमजोर पाइए पछि सुरुङ खन्न केही ढिलाइ हुने भएको हो । सरदर सुरुङ खन्नका लागि २५ देखि ५० मिटर भित्रबाट खन्दा त्यो बलियो हुने भए पनि पश्चिम तर्फको सुरुङको मुखैमा जमिन कमजोर भेटिएको उनले बताइन् ।

‘गाडी गुड्दा नहल्लीने गरी सुरुङ बनाउनु पर्ने भएकाले पछि केही समस्या नहोस भनेर बलियो बनाउन लागिएको हो,’ इन्जिनीयर अधिकारीले भनिन्, ‘सुरुङ बनाउने ठाउँको वरिपरी जमिन बलियो हुनुपर्छ तर प्रवेशमै कमजोर जमिन भएपछि त्यस वरिपरी बलियो गर्न लागिएको हो । त्यसैको लागि ड्रिल गर्ने काम भइरहेको छ ।’

११.८ रोपनी जमिन अधिग्रहण गर्न बाँकी

भूमि अधिग्रहण तर्फ बलम्बुमा ११.८ रोपनी जमिन अधिग्रहण गर्न बाँकी रहेको छ । अधिग्रहणका लागि मूल्याङकनको क्रममा रहेको छ । काठमाडौंतर्फ र धादिङतर्फ अधिग्रहणको काम सकिइसकेको छ ।

सुरुङ मार्ग ४२ महिनामा बनाउने लक्ष्य रहेको छ । आयोजना सम्पन्न गर्न २२ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । जसमा जापान सरकारले ४० वर्षका लागि ०.०१ प्रतिशत सहुलियत ब्याजदरमा १६ अर्ब ऋण दिने र ६ अर्ब रुपैयाँ नेपाल सरकारले आन्तरिक स्रोतबाट परिचालन गर्ने नागढुङ्गा सुरुङमार्ग निर्माण महाशाखाले जनाएको छ ।

गत कात्तिक ७ गते शिलान्याश भएको उक्त सुरुङमार्ग निर्माण कहिले जग्गा विवाद त कहिले कामदार अभावमा अघि बढ्न सकेको थिएन । आर्थिक वर्ष २०७६ र ७७ मा नागढुंगा सुरुङमार्गको भौतिक प्रगति ५ प्रतिशत मात्र भएको थियो । वित्तीयतर्फ ३५ प्रतिशत प्रगति भएको थियो ।

गत आर्थिक वर्षका लागि ६ अर्ब २७ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । सो बजेट मध्ये ४ अर्ब ६८ करोड रुपैयाँ खर्च भएको थियो ।

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...