IME Life
NIMB

साल्ट ट्रेडिङ र विशाल बजारलाई धितोपत्र बोर्डले पाता कस्ने,बित्तिय विवरण नबुझाए पनि किन बिशाल बजारको शेयर दोब्बर बढ्यो ?

NIMB
Himalayan Bank

काठमाडौं । नेपाल धितोपत्र बोर्डले समयमा नै साधारणसभा नगर्ने, वित्तीय विवरण सार्वजनिक नगर्ने कम्पनीलाई प्रष्टिकरण सोधेको छ ।

बोर्डका अनुसार बिशाल बजार कम्पनी, साल्ट ट्रेडीङ्ग कर्पोरेशन र अन्य केही जलविद्युत कम्पनीलाई बोर्डले असोज मसान्तमा स्पष्टिकरण सोधेको बोर्डले जनाएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत संस्थाहरुले समयमा साधारणसभा गर्ने, समयमा नै वित्तीय विवरण सार्वजनिक गर्ने गर्नुपर्छ ।

तर अहिले सेयरको मूल्य धेरै बढेका केही कम्पनीहरुले समयमा नै साधारणसभा नगर्नुको साथै वित्तीय विवरण पनि प्रकाशित गरेका छैनन् । त्यस्ता कम्पनीको बिशाल बजार कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेशन लगायतका छन् ।

कर्पोरेशनले वित्तीय विवरण सार्वजनिक गरिरहेपछि आर्थिक वर्ष २०७५ साल चैत ११ गते साधारणसभा गरेको थियो । त्यसपछि साधारणसभा गरेको छैन ।

अहिले कर्पोरेशनभन्दा ठूला समस्या बिशाल बजार कम्पनीमा देखिएको छ । यो कम्पनीले आर्थिक वर्ष २०७२÷०७३ सालमा तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको थियो त्यसपछि कुनै पनि वित्तीय विवरण प्रकाशित गरेको छैन ।

कम्पनीले साधारणसभा पनि आर्थिक वर्ष २०७१/०७२ मा गरेको थियो । त्यसपछि साधारणसभा गरेको छैन । कम्पनीले २०७४ साउन ३१ गते अदालतले साधारणसभा गर्नु भनेर आदेश दिएपछि साधारणसभा गरेको थियो । त्यसपछि साधारणसभा गरेको छैन ।

जसले गर्दा कम्पनीका लगानीकर्ताले पाउने सूचना समयमा नै पाउन सकेका छैनन् । त्यती हुँदा पनि कम्पनीको सेयर मूल्य धमाधम बढी रहेको छ ।

कम्पनीको सेयर मूल्य १ महिनामा दोब्बर बढेको छ । एक महिनाअघि प्रतिकित्ता १६४० रुपैयाँ रहेको कम्पनीको सेयर मूल्य एक महिनापछि ३३२९ रुपैयाँ पुगेको छ ।

बिहीबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३०२ रुपैयाँले बढेर ३३२९ रुपैयाँ पुगेको छ । बिहीबार मात्रै नभएर केही समय यता कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दै आएको छ ।
उक्त कारोबारलाई नियायक निकायदेखि सबैले शंकाको दृष्टिले हेरी रहेका छन् । तर कुनै पनि निकायले आधिकारीकरुपमा कुनै गतिविधि गर्न सकेको छैन ।

हाल कम्पनीको चुक्ता पुँजी ४ करोड ९१ लाख ४० हजार रुपैयाँ रहेको छ भने बजार पुँजीकरण १ अर्ब ६३ करोड ५८ लाख ७० हजार ६ सय रुपैयाँ रहेको छ । यता साल्ट ट्रेडिङ कर्पोरेशनको सेयर मूल्य एक महिनाको अवधिमा प्रतिकित्ता ३ हजार ७४२ रुपैयाँले बढेर ७ हजार २४२ रुपैयाँ पुगेको छ । बजारका जानकारहरुले यो बढाइलाई अस्वभावित बढोत्तरीको रुपमा लिएका छन् ।

हाल कम्पनीको चुक्तापुँजी १५ करोड ३५ लाख ४१ हजार ८ सय रुपैयाँ रहेको छ भने बजार पुँजीकरण ११ अर्ब ११ करोड ९४ लाख ९७ हजार १५६ रुपैयाँ छ । बोर्डका सहप्रवक्ता रुपेश केसीका अनुसार समयमा नै साधारणसभा नगर्ने, वित्तीय विवरण सार्वजनिक गरेर बोर्डमा प्रत्येक त्रैमासमा पेश नगर्ने कम्पनीलाई पत्र पठाइसकेको छ ।
कम्पनीहरुले धितोपत्र दर्ता तथा निष्काशन नियमावली–२०७३ को २६ मा भएको वित्तीय विवरण तथा सूचना उपलब्ध गराउनुपर्ने व्यवस्था छ ।

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा,...

वि.सं.२०८३ साउन १९ मंगलवार ००:००

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

केही सञ्चारमाध्यममा प्रकाशित भ्रामक समाचारप्रति प्रभु बैंकको आपत्ति

केही सञ्चारमाध्यममा प्रकाशित भ्रामक समाचारप्रति प्रभु बैंकको...

वि.सं.२०८३ साउन १८ सोमवार २३:५४

  काठमाडौं। प्रभु बैंक लिमिटेडले केही सञ्चारमाध्यममा बैंक तथा बैंकका...

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी वितरण

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी...

वि.सं.२०८३ साउन १८ सोमवार २३:३२

  काठमाडौं, साउन १८। हङकङमा क्रियाशील ब्रदर्स एफसी (Brothers FC...

सामाजिक उत्तरदायित्वअन्तर्गत सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा नेत्रहीन विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सामाजिक उत्तरदायित्वअन्तर्गत सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा नेत्रहीन विद्यार्थीलाई...

वि.सं.२०८३ साउन १८ सोमवार २२:२५

  काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

देशभरका करिब २०० डिलरको सहभागितामा लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

देशभरका करिब २०० डिलरको सहभागितामा लिट्मसको ‘पावर...

वि.सं.२०८३ साउन १८ सोमवार १७:२०

  काठमाडौं। नेपालमा तार, केबल तथा कन्डक्टर उत्पादनमा अग्रणी लिट्मस...

ओमनमा नेपाली उत्पादनको बजार विस्तार गर्न निर्यात व्यवसायीको उच्चस्तरीय टोली प्रस्थान

ओमनमा नेपाली उत्पादनको बजार विस्तार गर्न निर्यात...

वि.सं.२०८३ साउन १८ सोमवार १७:१४

  काठमाडौं ।  नेपाली उत्पादनलाई ओमनको बजारमा स्थापित गर्ने उद्देश्यका...