nic bank
himalayan everesat
Nmb bank

साल्ट ट्रेडिङ र विशाल बजारलाई धितोपत्र बोर्डले पाता कस्ने,बित्तिय विवरण नबुझाए पनि किन बिशाल बजारको शेयर दोब्बर बढ्यो ?

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

काठमाडौं । नेपाल धितोपत्र बोर्डले समयमा नै साधारणसभा नगर्ने, वित्तीय विवरण सार्वजनिक नगर्ने कम्पनीलाई प्रष्टिकरण सोधेको छ ।

बोर्डका अनुसार बिशाल बजार कम्पनी, साल्ट ट्रेडीङ्ग कर्पोरेशन र अन्य केही जलविद्युत कम्पनीलाई बोर्डले असोज मसान्तमा स्पष्टिकरण सोधेको बोर्डले जनाएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत संस्थाहरुले समयमा साधारणसभा गर्ने, समयमा नै वित्तीय विवरण सार्वजनिक गर्ने गर्नुपर्छ ।

तर अहिले सेयरको मूल्य धेरै बढेका केही कम्पनीहरुले समयमा नै साधारणसभा नगर्नुको साथै वित्तीय विवरण पनि प्रकाशित गरेका छैनन् । त्यस्ता कम्पनीको बिशाल बजार कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेशन लगायतका छन् ।

कर्पोरेशनले वित्तीय विवरण सार्वजनिक गरिरहेपछि आर्थिक वर्ष २०७५ साल चैत ११ गते साधारणसभा गरेको थियो । त्यसपछि साधारणसभा गरेको छैन ।

अहिले कर्पोरेशनभन्दा ठूला समस्या बिशाल बजार कम्पनीमा देखिएको छ । यो कम्पनीले आर्थिक वर्ष २०७२÷०७३ सालमा तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको थियो त्यसपछि कुनै पनि वित्तीय विवरण प्रकाशित गरेको छैन ।

कम्पनीले साधारणसभा पनि आर्थिक वर्ष २०७१/०७२ मा गरेको थियो । त्यसपछि साधारणसभा गरेको छैन । कम्पनीले २०७४ साउन ३१ गते अदालतले साधारणसभा गर्नु भनेर आदेश दिएपछि साधारणसभा गरेको थियो । त्यसपछि साधारणसभा गरेको छैन ।

जसले गर्दा कम्पनीका लगानीकर्ताले पाउने सूचना समयमा नै पाउन सकेका छैनन् । त्यती हुँदा पनि कम्पनीको सेयर मूल्य धमाधम बढी रहेको छ ।

कम्पनीको सेयर मूल्य १ महिनामा दोब्बर बढेको छ । एक महिनाअघि प्रतिकित्ता १६४० रुपैयाँ रहेको कम्पनीको सेयर मूल्य एक महिनापछि ३३२९ रुपैयाँ पुगेको छ ।

बिहीबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३०२ रुपैयाँले बढेर ३३२९ रुपैयाँ पुगेको छ । बिहीबार मात्रै नभएर केही समय यता कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दै आएको छ ।
उक्त कारोबारलाई नियायक निकायदेखि सबैले शंकाको दृष्टिले हेरी रहेका छन् । तर कुनै पनि निकायले आधिकारीकरुपमा कुनै गतिविधि गर्न सकेको छैन ।

हाल कम्पनीको चुक्ता पुँजी ४ करोड ९१ लाख ४० हजार रुपैयाँ रहेको छ भने बजार पुँजीकरण १ अर्ब ६३ करोड ५८ लाख ७० हजार ६ सय रुपैयाँ रहेको छ । यता साल्ट ट्रेडिङ कर्पोरेशनको सेयर मूल्य एक महिनाको अवधिमा प्रतिकित्ता ३ हजार ७४२ रुपैयाँले बढेर ७ हजार २४२ रुपैयाँ पुगेको छ । बजारका जानकारहरुले यो बढाइलाई अस्वभावित बढोत्तरीको रुपमा लिएका छन् ।

हाल कम्पनीको चुक्तापुँजी १५ करोड ३५ लाख ४१ हजार ८ सय रुपैयाँ रहेको छ भने बजार पुँजीकरण ११ अर्ब ११ करोड ९४ लाख ९७ हजार १५६ रुपैयाँ छ । बोर्डका सहप्रवक्ता रुपेश केसीका अनुसार समयमा नै साधारणसभा नगर्ने, वित्तीय विवरण सार्वजनिक गरेर बोर्डमा प्रत्येक त्रैमासमा पेश नगर्ने कम्पनीलाई पत्र पठाइसकेको छ ।
कम्पनीहरुले धितोपत्र दर्ता तथा निष्काशन नियमावली–२०७३ को २६ मा भएको वित्तीय विवरण तथा सूचना उपलब्ध गराउनुपर्ने व्यवस्था छ ।

प्रहरी महानिरीक्षक कुँवर फ्रान्समा

प्रहरी महानिरीक्षक कुँवर फ्रान्समा

वि.सं.२०८१ वैशाख १२ बुधवार ००:०९

  नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले फ्रान्सको लियोनमा आयोजना...

राष्ट्रपति पौडेलद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज

राष्ट्रपति पौडेलद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज

वि.सं.२०८१ वैशाख १२ बुधवार ००:०१

  राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा आएका...

गरिमा बैंक र ट्रेकिङ एजेन्सीबीच कर्जामा सहुलियत सहित सेवा उपलब्ध गराउने सम्झौता

गरिमा बैंक र ट्रेकिङ एजेन्सीबीच कर्जामा सहुलियत...

वि.सं.२०८१ वैशाख ११ मंगलवार २३:५४

गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल...

सिटिजन्स बैंकद्वारा विद्यार्थीलाई विद्यालय पोशाक वितरण

सिटिजन्स बैंकद्वारा विद्यार्थीलाई विद्यालय पोशाक वितरण

वि.सं.२०८१ वैशाख ११ मंगलवार २३:५१

  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत श्री...

सिद्धार्थ बैंकले पृथ्वी दिवसको उपलक्ष्यमा विभिन्न कार्यक्रम आयोजना

सिद्धार्थ बैंकले पृथ्वी दिवसको उपलक्ष्यमा विभिन्न कार्यक्रम...

वि.सं.२०८१ वैशाख ११ मंगलवार २३:४६

  सिद्धार्थ बैंक लिमिटेडले सोमबार पृथ्वी दिवस २०२४ को अवसरमा...

एनएमबी बैंकद्वारा जीवाश्म इन्धनको प्रयोगको अन्त्य गर्न हातेमालो

एनएमबी बैंकद्वारा जीवाश्म इन्धनको प्रयोगको अन्त्य गर्न...

वि.सं.२०८१ वैशाख ११ मंगलवार २३:४३

  एनएमबी बैंकले ‘ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जीएबीभी)...