IME Life
NIMB

चन्द्र ढकाल टीमलाई निर्यात व्यवसायी महासंघको साथ

NIMB
Himalayan Bank

काठमाडौं । निर्यात व्यवसायी महासंघ नेपाल (फिन)ले नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा उम्मेदवार चन्द्रप्रसाद ढकालको टीमलाई सहयोग गर्ने भएको छ । निर्यातजन्य उद्योग व्यवसायको क्षेत्रमा सक्रिय वस्तुगत संघहरुले स्थापना गरेको निर्यात व्यवसायी महासंघ नेपालले वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल र बस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठ र सो टीमका वस्तुगततर्फका सदस्यका उम्मेदवारहरुलाई स्वागत तथा शुभकामना दिँदै सो टीमलाई खुला रुपमा सहयोग गर्ने उद्घोष गरेको हो ।

महासंघले आज काठमाडौंमा चन्द्र ढकाल टीमलाई स्वागत तथा जीतको अग्रीम शुभकामना दिँदै उक्त फिन अन्तर्गतका ११ ओटा वस्तुगत संघका अध्यक्षहरुले खुला रुपमा उक्त टीमलाई मतदान गर्ने उद्घोष गरेको हो । स्वागत तथा शुभकामना कार्यक्रममा निर्यात व्यवसायी एवम् फिनका अध्यक्ष तथा प्रदेश सांसद रामबहादुर गुरुङ्गले महासंघमा वस्तुगत सदस्यहरुको हितका लागि वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल र उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठको टीमलाई जिताउनु पर्ने बताउनुभयो ।

‘व्यवसायीक हितका लागि पनि हामीले महासंघको आसन्न निर्वाचनमा व्यवसायीक टीमलाई जिताउनुपर्छ,’ उहाँले भन्नुभयोे, ‘यसका लागि हामीले चन्द्र ढकालले नेतृत्व गरेको टीमलाई भारी बहुमतले जिताउनु पर्छ ।’
अहिलेको अवस्थामा सरकारले व्यवसायीको समाधानमा लागि वेवास्ता गरेको भन्दै सरकारसँग छलफल र सहकार्य गरेर आफ्ना समस्या समाधान गराउनका लागि पनि वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र ढकालले नेतृत्व गरेको उमेशलाल श्रेष्ठको टीमलाई जिताउनुको विकल्प नरहेको गुरुङको दावी थियो ।

‘म यस फिन अन्तर्गत रहेको सम्पूर्ण सदस्यहरुलाई क्रस नगरी ढकालले नेतृत्व गरेको टीमको सम्पूर्ण सदस्यहरुलाई नै मतदान गर्न आग्रह गर्दछु,’ गुरुङले बताउनुभयो, ‘यदि हामीले सानोदेखि ठूलो व्यवसायसम्म सफल रुपमा संचालन गर्दै आउनुभएको ढकालले नेतृत्व गरेको टीमलाई नै जिताउन सक्यौ भने हाम्रो समस्या पनि समाधान हुने आशा लिएका छौं ।’
साथै अबका दिन सरकारसँग दुई धारमा नभई सहकार्य गरेर व्यवसायीका समस्या समाधान गर्न समेत चन्द्र ढकाल समुहलाई आग्रह गरेका थिए ।

कार्यक्रममा बोल्दै फिन अन्तर्गत रहेका बस्तुगत संघका अध्यक्षहरुले स्वतः अध्यक्ष भैसकेका व्यक्तिले एउटा टिमको नाममा महासंघभित्र कार्टेलिङ गरेको भन्दै त्यसलाई तोड्न पनि ढकाल प्यानललाई भोट दिनुपर्ने बाध्यता रहेको बताएका छन् ।

‘चुनावी प्रतिस्पर्धामा रहेका दुवै प्यानलको सर्वमान्य अध्यक्ष भएर बस्नुपर्ने व्यक्तिले अहिले एउटा टीम खडा गरी उक्त टीमलाई जिताउन दर्जनौं व्यक्तिलाई मनोनितको बल्छी फालेर हिडेका छन्,’ कार्यक्रममा फिन अन्तर्गत रहेको वस्तुगत संघका अध्यक्षहरुले भने, ‘उनको उक्त व्यवहारले महासंघका दुर्घटना निम्तने छ तसर्थ महासंघलाई दुर्घटनाबाट बचाउनका लागि पनि ढकाल प्यानललाई जिताउनुपर्ने छ ।’

फिनमा निर्यात क्षेत्रका कार्यरत ११ ओटा वस्तुगत संस्थाहरु रहेका छन् । जसमा नेपाल गलैचा निर्यात संघ, गार्मेण्ट एशोसिएशन, नेपाल पश्मिना उद्योग संघ, नेपाल हातेकागज संघ, नेपाल हब्र्स एण्ड हर्बल उत्पादक संघ, स्वतन्त्र ऊर्जा उत्पादक संघ नेपाल, अलैची उत्पादक संघ, अदुवा प्रषोधन तथा व्यापार संघ, नेपाल बोटल वाटर उद्योग संघ र सिल्क एशोसिएशन रहेका छन् ।

सो कार्यक्रममा सबै संघका अध्यक्ष तथा प्रतिनिधिको उपस्थिती रहेको थियो । कार्यक्रममा वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकालले आफ्नो सुरुवाती व्यवसाय नै निर्यात क्षेत्रबाट सुरु गरेको जानकारी दिँदै आफु पनि फिन भित्रैकै एक सदस्यको रुपमा रहेकोले यस क्षेत्रको विकासका लागि काम गर्ने बताउनुभयो ।
‘म चुनावको क्रममा यहाँ आएर भोट मात्रै माग्ने र पछि वास्ता नगर्ने भन्ने म र मेरो टीमबाट हुँदैन जुन कुराको यहीँ हलबाट प्रतिवद्धता जाहेर गर्दछु,’ ढकालले भन्नुभयो, ‘हाम्रो टीम जितेर गएपछि तपाईहरुले गर्व हुनेगरी काम गरेर देखाउनेछु ।’
साथै व्यवसायीक समस्या पहिचान गरी तत्काल समाधान गर्नका लागि स्केट होल्डर चाहिने भन्दै त्यसका लागि पनि आफ्नो टीमलाई जिताउन उहाँको आग्रह थियो ।

कार्यक्रममा फिनका उपाध्यक्ष एवं सिल्क एशोसिएशनका अध्यक्ष शंकर पाण्डेले महासंघ कमजोर हुँदा सम्पूर्ण निजी क्षेत्र कमजोर हुनेभन्दै निजी क्षेत्र एक भएर अघि बढ्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा वस्तुगततर्फका उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठले आफ्नो टीमको विजयीसँगै महासंघले फिनसँग सहकार्य गर्दै निर्यात प्रवद्र्धनमा काम गर्ने बताउनुभयो ।

‘देशको कुल ग्राह्स्थ्य उत्पादनमा ७० प्रतिशतभन्दा बढी योगदान दिने निजी क्षेत्रलाई सरकारले हेर्ने दृष्टिकोण एकदमै नकारात्मक छ त्यसलाई परिवर्तन गर्नु जरुरी छ,’ उहाँले भन्नुभयो, ‘हाम्रो धेरै एजेण्डा छैनन्, हामीले सरकारले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउँदै देशको आर्थिक वृद्धिका योगदान पुर्याउने हो ।’
साथै उहाँले कार्यक्रममा पटक पटक हारेका व्यक्ति अहिले पनि चुनावी मैदानमा रहेको भन्दै आफु सगरमाथा चढ्न हिडेको व्यक्ति अहिले वेशक्याम्पमा पुगेको बताउनुभयो ।

यसैगरी महासंघका पूर्व अध्यक्ष एवं विशिष्ट सदस्य चण्डीराज ढकालले फिन अन्तरगतका सम्पूर्ण सदस्यहरुले चन्द्र ढकाल प्यानललाई बोलाएर समर्थन गर्नुनै यस टीमको जितको स्पष्ट आधार भएको बताउनुभयो ।
कुनै समय देशमा बढी रोजगारी दिई वैदेशिक मुद्रा भित्र्याउँदै देशको आर्थिक वृद्धिमा योगदान दिने निर्यात क्षेत्र रहेको जानकारी दिँदै अबका दिनमा यस क्षेत्रको प्रवद्र्धनका लागि चन्द्र ढकाल टीमले काम गर्ने बताउनुभयो ।
व्यवसायीलाई समस्या पर्दा सहज रुपमा उपलब्ध हुने व्यक्तिलाई महासंघको नेतृत्वमा पुर्याउनुपर्ने बताउँदै त्यसका लागि चन्द्र ढकाल र उमेशलाल श्रेष्ठको टीम उपयुक्त भएको उहाँले बताउनुभयो ।

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी वितरण

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी...

वि.सं.२०८३ साउन १८ सोमवार २३:३२

  काठमाडौं, साउन १८। हङकङमा क्रियाशील ब्रदर्स एफसी (Brothers FC...

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३९

  काठमाडौं । बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको खबर सार्वजनिक...

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको अधुरो यात्रा

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म :...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३०

  काठमाडौं । एक समय बेलायती विशेष फौजका साहसी सैनिक,...

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

वि.सं.२०८३ साउन १७ आइतवार ०९:३४

  काठमाडौं । काठमाडौं महानगरपालिका कार्यक्षेत्रभित्र दर्ता भएका १ हजार...

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई बिल दर्ता गराउन आह्वान

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई...

वि.सं.२०८३ साउन १७ आइतवार ०९:२४

काठमाडौँ। आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन...

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो चिन्ता व्यक्त, शान्ति र सद्भाव कायम राख्न अपिल

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो...

वि.सं.२०८३ साउन १६ शनिवार १३:१२

काठमाण्डौं, श्रावण १४ । नेपाल चेम्बर अफ कमर्सले तराईका केही...