CG Electronics
IME Life
NIMB

सामाजिक संजालको माध्यमबाट अनलाईन ठगी गर्ने श्रेष्ठद्धय र बैंकिङ कसूर मुद्दाका फरार पक्राउ

NIMB
Himalayan Bank

काठमाडौं । सामाजिक संजाल वाट्सएप र फेसबुकको माध्यमाबाट ठगी गरेको अभियोगमा काठमाडौं कीर्तिपुर बस्ने रुकुम पूर्व भुमे गाउँपालिका(३ मोरवाङ घर भएका २२ वर्षीय सन्तोष श्रेष्ठ र १९ वर्षीया आशा श्रेष्ठलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुले फेसबुक र वाट्सएपमा फेक आइडि मार्फत सम्पर्क गरी नेदरल्याण्डको नागरिक बताई पीडितहरुलाई बिभिन्न बहानामा नेपाल घुम्न आउने, विवाह गर्ने, बहुमूल्य सामानहरु पठाई दिने भनी प्रलोभनमा पारी दिपक किशोर श्रेष्ठ, सन्तोष श्रेष्ठ समेतको बैंक खातामा र आइमई समेतबाट नगद ४१ लाख ९८ हजार ४ सय ५० रुपैयाँ पठाउन लगाई ठगी गरेको घटनाको अनुसन्धानको क्रममा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनीहरुलाई काठमाडौं सुन्धाराबाट पक्राउ गरेको हो । उनीहरुलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।

बैंकिङ कसूर मुद्दाका फरार व्यक्ति पक्राउ
यस्तै बैंकिङ कसूर मुद्दाका फरार काठमाडौं महानगरपालिका(९ स्थित जय बाबा गोरख कन्स्ट्रक्सन प्रालिका संचालक नागार्जुन नगरपालिका(४ घर भएका ५२ वर्षीय श्याम कुमार श्रेष्ठलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

श्रेष्ठले नागार्जुन नगरपालिकास्थित सितापाइला सडक खण्डमा Asphalt Paving Works कार्य सम्पन्न गरे बापतको रकम दिनु पर्नेमा ग्लोबल आईएमई बैंक कान्तिपथ शाखाको १ करोड ३६ लाख १० हजार २ सय ८८ रुपैयाँ बराबरको चेक दिई बैंकिङ कसुर गरी फरार रहेका उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं सितापाइलाबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा ‘बोर्डर इन्टर्याक्सन टिम’ परिचालन गर्दै सशस्त्र सुरेन्द्र सुवेदी/काठमाडौं

सीमा सुरक्षामा नयाँ रणनीति : सादा पोशाकमा...

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

  काठमाडौं। नेपालको सीमा सुरक्षालाई थप प्रभावकारी, नागरिकमैत्री र अन्तर्राष्ट्रिय...

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

कैलाली, १२ असारः माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी...

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...