एभरेष्ट बैंकद्वारा चितवनको हाकिम चोकमा नयाँ शाखा सञ्चालन
Sunday Jan 03, 2021
वि.सं.२०७७ पुस १९ आइतवार ०९:०७

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले हाकिम चौक, चितवनमा आफ्नो १०० औं शाखाको उद्घाटन गरेको छ । एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत जी.के. नेगी र नेपाल उद्योग वाणिज्य संघ, चितवनका अध्यक्ष राजु श्रेष्ठले संयुक्त रूपमा हाकिम चौक शाखाको उद्घाटन गरे ।
उद्घाटन समारोहमा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत जी.के. नेगीले उद्घाटन समारोहको मन्तव्यमा हाकिम चौक क्षेत्रका बासिन्दाहरूलाई उच्च गुणस्तरको सम्पूर्ण अत्याधुनिक बैकिंग सेवा प्रदान गराउने आश्वासन दिए । यस्तै घोराहीस्थित शाखा पनि एभरेष्ट बैंकका सहायक महाप्रबन्धक केशब पौडेल र घोराही उप(महानगरका मेयर नरुलाल चौधरीले संयुक्त रुपमा उद्घाटन गरेका छन् । बैंकमा हालसम्म ११ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् ।
























