सिसिएमसी बैठक : कोरोना महामारीपछि रोक लगाइएका क्षेत्र खुल्ला गर्न सिफारिस
Monday Jan 04, 2021
वि.सं.२०७७ पुस २० सोमवार १०:५२
काठमाडाैं । कोभिड १९ संकट व्यवस्थापन केन्द्र निर्देशक समितिले पछिल्लो समय कोरोना संक्रमण उच्च भएका देशबाट आउने नागरिकलाई अनिवार्य क्वारेन्टाइनमा राख्न सिफारिस गरेको छ ।
सिंहदरबारमा आइतबार बसेको बैठकले केहि देशमा पुन कोरोना संक्रमित दर बढ्दै गएको भन्दै ती देशबाट नेपाल भित्रने नागरिकलाई १० दिनसम्म क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन मन्त्रिपरिषद् समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
बैठकले तेश्रो मुलुकबाट नेपाल आउने नागरिकलाई अनलाईन फारम भर्ने व्यवस्थालाई प्रभावकारी बनाउन पर्यटनमन्त्रालाई निर्देशन दिने निर्णय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्र गुरागाईंले जानकारी दिए ।
कोरोना महामारीपछि विभिन्न क्षेत्रमा रोक लगाइएकोमा केहि क्षेत्रलाई खुल्ला गर्न सिफारिस गर्ने निर्णय पनि गरिएको उनले बताए । त्यस्तै कोरोना संक्रमण कम हुँदा नागरिकमा सुरक्षा सचेतना कम देखिएकाले स्वास्थ्य सुरक्षा मापदण्डलाई कडाईका साथ पालना गराउन र कारवाही गर्न समेत जिल्ला संकट व्यवस्थापन केन्द्रलाई निर्देशन दिने निर्णय बैठकले गरेको छ ।
























