काका भतिजको लफडाले गम्भीर संकटमा फस्दै सनराइज बैंक
Wednesday Jan 06, 2021
वि.सं.२०७७ पुस २२ बुधवार १३:४७

मारवाडीहरुको लगानी रहेको सनराइज बैंकको हालत पनि एनसीसी बैंककोझैं हुने देखिएको छ । सनराइज बैंकका लगानीकर्ताहरुबीचकै लफडा नियामक निकाय राष्ट्र बैंकमा पुगेको छ । गत साउनमै नेपाल राष्ट्रबैंकले दुबै पक्षलाई बोलाएर सम्झाए पनि विवाद अझैं अल्झिएको छ । नेपाल राष्ट् बैंकले दोश्रो पटक सनराइज बैंकका सञ्चालक सहित सिइओलाई समेत यही पुसको दोश्रो साता बोलाएर सम्झाएको छ ।
मुख्य लगानीकर्ता मानिएका काका मोतिलाल र भतिज मालचन्द दुगडबीचको लफडाले सनराइज बैंकको हाल पनि एनसीसीकै हुने आँकलन गर्न थालिएको छ । बैंक संचालक समुह नै दुई गुटमा विभाजन भएकाले बैंकको दैनिक काम समेत प्रभावित भएको र यसले भविष्यमा बैंकलाई संकट तर्फ धकेल्ने राष्ट्र बैंकको बुझाई रहेको छ । त्यहाँ एउटा खेमामा सीईओ जनक शर्मा र अध्यक्ष मोतिलाल दुगड रहेका छन् भने अर्को तर्फ संचालक मालचन्द दुगड, बच्चराज तातेड, शैलेन्द्र गुरागाँई, सारादा शर्मा र दिपक नेपाल रहेका छन्।
त्यहाँ काका र भतिजको आफ्नो आफ्नो खेमा बनेपछि बैंक अप्ठ्यारो अबस्थाबाट गुज्रिन पुगेको छ । राष्ट्र बैंक भन्छ,त्यहाँ अध्यक्ष र सिइओ एकातिर छन् भने बहुमत सञ्चालकहरु अर्काेतिर । जनक शर्मालाई सीईओ बाट हटाउनलाई हदैसम्मको प्रयासमा मालचन्द्रहरु लागेका छन्। अध्यक्ष र सीईओ एकातिर तथा अन्य संचालक अर्कातिर फर्किएर दुवै पक्ष एक अर्कालाई सिध्याउने खेलमा लागेकाले बैंक गम्भीर संकटमा फसेको छ । यी दुईबीचको लफडाले छिट्टै निकास नपाए अध्यक्ष मोतिलाल र संचालक मालचन्द दुगड समुहहरु संचालक रहेको समिति बिघटन गर्नेसम्मको तयारी चल्दैछ । गत १४ पुसमा सञ्चालकहरुलाई वालुवाटारमा बोलाएर छलफल गराए पनि निकास निस्किएको छैन् । विवाद पुन बल्झिए पछि नेपाल राष्ट्र बैंकले उनीहरुलाई छलफलमा बोलाएर सम्झाएको हो । राष्ट्र बैंक नियामन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालका अनुसार पुसको दोश्रो साता उनीहरुलाई बोलाएर सम्झाइएको हो, सञ्चालक समितिलाई छलफलका लागि बोलाएर अनावश्यक विवादमा नपर्न र मिलेर अघि बढ्न सुझाव दिएर पठाइएको छ । यस्तै अहिले सनराइज बैंकमा अध्यक्ष मोतिलाल दुगड र बच्चराज तातेडबीच विवाद छ । तातेडले लामो समयदेखि मानव संशाधन विभाग (एचाआर)को नेतृत्व गर्दै आएका थिए । उनले तेस्रो पटक सोही विभागको नेतृत्व गर्ने इच्छा राखेपछि विवाद उत्पन्न भएको बैंक स्रोतको भनाई छ ।
बैंकमा अहिले अध्यक्ष अल्पमतमा छन् । बहुमत सञ्चालकहरुले तातेडलाई एचआर विभागको प्रमुख नबनाए अध्यक्ष दुगडलाई नै हटाउने चेतावनी दिएको थियो । गत साउनमा यस्तै लफडा तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले नै एक्सन लिएका थिए । सनराइज बैंकका उनको जेठा छोरा जागिरे छन् । त्यतिखेर खतिवडाले नै हस्तक्षेप गरेर सीइओ जनकराज शर्मालाई कायम राखेका थिए । त्यहाँ अध्यक्ष,बैंकका सीइओ र युवराज खतिवडाको छोरा तिलकहरुको मिलेमतोमा ज्यादती भइरहेको अर्काे पक्षको आरोप छ ।

























