आज २० अर्ब रुपैयाँको रिर्भस रिपो जारी गर्दै राष्ट्र बैंकले
Thursday Jan 07, 2021
वि.सं.२०७७ पुस २३ बिहीवार ०९:३९

काठमाडौँ । नेपाल राष्ट्र बैकले आज बिहीबार २० अर्ब रुपैयाँ बराबरको रिर्भस रिपो जारी गर्ने भएको छ ।
राष्ट्र बैकले हिजो बुधबार एक सूचना जारी गर्दै आज अपरान्ह दुई बजेसम्ममा उक्त परिमाणमा रिर्भस रिपो बिक्री गर्न लागेको जानकारी गराएको हो ।
उक्त रिर्भस रिपो २८ दिनमा परिपक्व हुुनेछ । आगामी माघ २२ गते तोकिएको रिर्भस रिपो खरिदका लागि वाणिज्य बैंक, बिकास बैंक र फाइनान्स कम्पनीहरूले अपरान्ह दुुई बजेसम्म बोलकवोल पेस गर्नुुपर्ने छ ।
























