CG Electronics
IME Life
NIMB

कृषक समृद्ध भएपछि राष्ट्र समृद्ध हुने हो

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । पीडित उखु किसान नारायण राय यादव (भगतजी)को निधनबाट हामी अत्यन्तै दुःखद कुरा हो । यसले हाम्रो किसान आन्दोलनमा अपूरणीय क्षति भएको छ । हामी सबै किसान साथीहरु मर्माहत पनि भएका छौं । उहाँ पहिलो किसान शहीद हुनुभयो । हाम्रो लागि उहाँ सधैंभरि पुजनीय रहनुहुनेछ । उहाँ यो संसारबाट जाँदा प्रेरणा दिएर जानुभएको छ । उहाँले कसरी दुःख गरेर उखु खेती गर्नुभयो, मिलमा बुझाउनुभयो । उहाँको चार वर्षदेखिको भुक्तानी बाँकी छ । यसबारे कसैले पनि सोचिदिएन र बोलिदिएन ।कृषक समृद्ध भएपछि राष्ट्र समृद्ध हुने हो

किसानलाई उद्योग र सरकारले असंगठित र सोझासाझा सम्झन्छन् । मैले किसानहरुलाई भन्दै आएका थिए कि तपाइँहरुमा धेरै ताकत छ । धोती र चप्पल लगाउँदैमा तपाइँहरु कमजोर हुनुहुन्छ भनेर नठान्नुस् । तपाइँहरु संगठित हुनुस्, संरक्षणको जिम्मेवारी हाम्रो हो । यो हकको लडाइ हो, न्याय प्राप्तिको लडाइ हो, न्यायिक संघर्ष हो । मूल विषय हामी विगत दुई वर्षदेखि लगातार आन्दोलन गर्दै आइरहेका छौं । सर्लाहीमा पनि आन्दोलन गर्दा त्रिपक्षीय सहमति भयो, ६ महिनाको भाका राखेर पनि उखु किसानको भुक्तानी भएन । त्यसपछि हामी गत वर्षको पुसमा १८ दिनसम्म काठमाडौंमा आन्दोलन ग¥यौं, त्यसपछि पनि सरकारले पाँचबुँदे सहमति ग¥यो । त्यो सहमतिमा उखु किसानसम्बन्धी सम्पूर्ण समस्यालाई दुई भागमा बाँडियो । त्यसमा तत्कालै गर्नुपर्ने काम भुक्तानीको थियो । अर्को बाँकी जुन सहमतिका चार वटा बुँदा थियो त्यसमा दीर्घकालीन समाधानका उपायहरु थियो । तैपनि किसानका भुक्तानी भएन । त्यसपछि हामी फेरि बाध्य भएर गत मंसिरको २८ गतेदेखि सयौं किसानहरुसहित काठमाडौंमा आन्दोलन सुरु ग¥यौं ।

केही साथीहरुको गुनासाहरु छन्, उहाँहरु आन्दोलनमा नआउने, न्यायिक संघर्षमा भाग नलिने तर अगुवा र नेतृत्व गर्न चिन्ता गर्नु हुन्छ । उहाँहरु आउनुप¥यो, किसान साथीहरुसँग बस्नुप¥यो । अहिलेसम्म हामीले जेजति निर्णय गरेका छौं, किसान साथीहरुकै सहमतिमा ग¥यौं । हामी आन्दोलनरत् रहँदा दुई–दुई पटक सरकारको तर्फबाट वार्ताका लागि प्रस्ताव आयो तर हामी गएनौं । हामीले सरकारलाई भन्यौं कि हामी निर्णायक आन्दोलनमा आएका छौं, पैसा लिएरै फर्कन्छौं । मन्त्रीज्यूहरु पनि स्वयम् आन्दोलनरत् स्थानमा आउनुभयो, विपक्षी दलका वरिष्ठ नेता रामचन्द्र पौडेलजी आउनुभयो, सबै जना सडकमै बस्नु भयो । उहाँहरुले भन्नुभयो कि आन्दोलन रोक्नुस्, सबै माग सम्बोधन गर्न तयार छौं । जब मन्त्रालयले किसानको माग पूरा गर्ने जिम्मा लियो, उद्योगीहरुमाथि कानूनी कारबाही गरेर भएपनि सबै पैसा दिलाउँछौं भनेपछि मात्र हामी वार्तामा गयौं । हामी वार्तामा बसेपछि फेरि किसानका सबै समस्याहरुलाई दुई भागमा बाँडियो, तत्कालीन र दीर्घकालीन रुपमा । तत्कालीन रुपमा भुक्तानी कति गर्ने त ? हामीले ९० करोडभन्दा बढी भन्यौं, अनि सरकारले ६५ करोडको मात्रै सूचना छ भन्यो ।

हामीले भन्यौं कि ठिक छ, ६५ करोड तत्काल भुक्तानी होस् र बाँकी रकमको छानबिनका लागि सहमति भयो । छानबिन समितिले चार महिनाभित्र रिपोर्ट दिने सहमति भएको छ । सरकारले ३३ करोड तुरुन्तै भुक्तानी हुन्छ र ३२ करोडका २१ दिनको समय मागेको छ । शर्तसहित हामीले २१ दिनको समय दिन तयार भयौं । २१ दिन कटिसकेपछि यदि भुक्तानी भएन भने उद्योगीलाई कानूनी कारबाही सरकारले के गर्छ भन्ने कुराको सहमति गराएका छौं । अहिलेसम्म उद्योगीहरुमाथि भएको कानूनी कारबाहीमा उद्योगीको ट्राभल डकुमेन्ट, घरजग्गा, बैंक खाता रोक्का र पक्राउ पुर्जी जुन जारी भएको छ त्यसको निरन्तरता राखेर हामीले थप कानूनी कारबाहीको कुरा ग¥यौं । ३३ करोड तत्कालै दिने भएपछि हामीले सहमति ग¥यौं ।

कतिपय साथीहरुले हामीमाथि विभिन्न किसिमका आरोपहरु लगाउँछन् । उखु किसानको समस्या आजदेखिको होइन, वि.सं. २०७१ सालदेखिको नै हो । उहाँहरुले यति दिनसम्म के हेरेर बस्नुभएको थियो ? त्यतिबेला उहाँहरुले किसानको पक्षमा किन बोल्नुभएन ? किसानको समस्या त सबैको समस्या हो, यसका सबैले आआफ्नो तर्फबाट पहल गरिदिनुपर्ने हो । आफूले नगर्ने तर कसैले ग¥यो भने त्यसमाथि अनेक प्रकार टिकाटिप्पणीहरु गर्नु न त किसानको हितमा छ न त देशको हितमा छ । हामी जो जहाँ छौं, सबैले किसानकै मिहेनतबाट उब्जेको खाद्यान्न उपभोग गरिरहेका छौं । टिकाटिप्पणी गर्न सजिलो छ, तर काम गरेर देखाउन कठिन छ ।

जो व्यक्ति निष्कृय हुन्छ त्यो व्यक्ति प्रायः आलोचक हुन्छन् । हामी उखु किसानको मुद्दा उठाउँदा खेत–खलियानमा गएर एक–एक किसानसँग प्रत्यक्ष भेटेका छौं, पीडा र दुःख बुझेका छौं । धेरै मिडियाका साथीहरु पनि ग्राउण्डमै गएर रिपोर्टिङ्ग गर्नुभएको छ । त्यसकारणले अनावश्यक टिकाटिप्पणीको पछाडि नलागौं ।

जब देशको काल–परिस्थिति जब सामान्य रहेन, संसद विघटन भयो, सरकार काम चलाउ भयो र हामी पनि सडकमै बसिरह्यौं । हामीले सरकारसँग सहमति गरिसके पनि खुशी भएका छैनौं, मनमा पीडा अवश्य छ । हामी त्यतिबेला खुशी हुन्छौं जब सम्पूर्ण भुक्तानी हुन्छ । हाम्रा चाहना सम्पूर्ण भुक्तानीको थियो ।

गाउँबाट हामीले शपथ नै खाएर आएका थियौं कि सम्पूर्ण भुक्तानी नभएसम्म खाली हात फर्किदैनौं । तर देशको काल–परिस्थितिले सरकारसँग सहमति ग¥यौं, लगभग ५० प्रतिशत भुक्तानी अहिले नै भयो र बाँकी भुक्तानीका लागि हामीले सरकारलाई २१ दिनको समय दिएका छौं । हामीले त्यतिकै २१ दिनको समय दिएका होइनौं, कानून आधारसहितको अल्टिमेम दिएका छौं । किनको आँशु पोछ्ने ठाउँमा अनेक प्रकारका प्रश्न उठाउनु न्यायोचित होइन । हामीले सरकारसँग सहमति गरेपछि प्रश्न उठाउनेहरु कहिले पनि किसानको बैठकमै आएका छैनन् । हामीलाई वार्ताका लागि प्रस्ताव आउँदा सडकमै बसेर किसानहरुको बीचमा यसबारे छलफल गरेर कुनै निर्णय गर्छौं, कुनै बन्द कोठमा छलफल वा निर्णय गर्दैनौं । सरकारसँग वार्ता गर्ने बेलामा पनि मन्त्रालयले ३ जना मात्र आउनुस् भनेको थियो तर हामी १३ जना किसान साथीहरु वार्तामा गयौं । हामीले सरकारसँग एक–एक विषयमा खुलस्त रुपमा वार्तामा गरेका छौं ।

किनभने हामी समस्या लिएर आएका छौं भने समाधानका उपायसमेत दिएका छौं । हामीले अन्य कुरामा ध्यान नदिएर किसान के चाहन्छ त्यसमा हामी बढी केन्द्रित छौं । हाम्रो चाहना थियो कि सबै किसानको भुक्तानी लिएपछि मात्रै फर्कने । हाम्रो त्यो चाहनामा देशको राजनीतिक घटनाक्रमले अलि आघात पुगेको छ, हाम्रो चाहना पूरा भएको छैन । सरकारले हामीसँग २१ दिनको समय मागेको छ, हामी ढुक्क भइसकेका छैनौं । खबरदारीका लागि हामी पाँच जना किसान अहिले पनि काठमाडौंमै बसिरहेका छौं । दिनहुँ हामी मन्त्रालयको सम्पर्कमा छौं, सरकारलाई घच्घचाइरहेका छौं । समष्टिगतरुपमा हामी अहिले पनि आन्दोलनमै छौं । देशको काल–परिस्थितिका कारण सहमति गनुप¥यो । हामीले गरेका सहमतिका बुँदालाई अध्ययन गर्नुप¥यो । हामीले किसानका हकहितका सम्पूर्ण समस्याको समाधान हुने गरी समावेश गरेका छौं ।

यो क्रममा उखु किसानको आन्दोलनप्रति धेरै षड्यन्त्रहरु पनि भए । उद्योगीहरुले आन्दोलनमा आउनु भएका किसान साथीहरुलाई चिया पसलमा बोलाएर काका, बाबा तपाइँको कति बाँकी छ, पैसा लिनुस् र घर फर्किनुस् भनेर आन्दोलनलाई कमजोर बनाउने षड्यन्त्रहरु पनि भए । तर किसानहरु कसैको प्रलोभनमा नपरी आफ्नो हक अधिकारका लागि निरन्तर आन्दोलन गरिरहे । यो आन्दोलनमा काठमाडौं आउनका लागि पाँच हजारभन्दा किसान साथीहरुले नाम लेखाएका थिए । तर कोरोना महामारी र काठमाडौंको चिसोका कारण हामीले धेरै कम साथीलाई मात्र आन्दोलनमा ल्यायौं । यो आन्दोलनमा काठमाडौं बस्ने किसानका छोराछोरीहरु पनि सहभागी हुनुभयो । त्यसैले पूरै पवित्र भावनाले यो आन्दोलन गरिएको हो ।

मृतक किसान नारायण राय यादव (भगतजी)लाई किसान शहीद भनेर घोषणा गरेका छौं । उहाँले राज्यको तर्फबाट किसान शहीदको मान्यता पाउनुपर्छ । यो एउटा राज्यका लागि प्रेरणाको स्रोत हुन्छ । उहाँको क्षतिपूर्ति र सम्पूर्ण जिम्मेवारी राज्य र उद्योगीले लिनुपर्छ । किनभने हामीले स्मरणपत्रमा पहिला भनिसकेका थियौं । त्यसकारणले शहीद किसानको सम्पूर्ण क्षतिपूर्तिको व्यवस्थापन होस् । उद्योग र गृह मन्त्रालयका प्रतिनिधिले पनि प्रतिबद्धता गर्नुभएको छ कि क्षतिपूर्ण हुन्छ । गृह मन्त्रालयले क्षतिपूर्तिका लागि प्रक्रिया सुरु गरिसकेको छ । तर हाम्रो र उखु किसानका लागि धेरै पीडादायी क्षण हो । हामी सम्पूर्ण किसान साथीहरु शोकमा डुबेका छौं ।

पत्रिव भावनाका साथ यो आन्दोलन अगाडि बढेको छ । यसलाई गलत दृष्टिकोणले नहेर्नुस्, कसैको लोकप्रियतासँग नदाज्नुस् । जसले आन्दोलनको अगुवाई गर्छ, उसको चर्चा अवश्य नै हुन्छ, यसबाट डाह नगर्नुस् । यो सबैको सरोकारको विषय हो । किनभने जबसम्म कृषक समृद्ध हुँदैन तबसम्म मधेश र नेपाल पनि समृद्ध हुँदैन । कृषक समृद्ध भएपछि राष्ट्र समृद्ध हुने हो । समृद्धिको लक्ष्य प्राप्तिका लागि हामीसँग कृषि नै मूल आधार हो । यसप्रकारको पवित्र भावनालाई बुझिदिन सबैसँग म आग्रह पनि गर्न चाहन्छु । खासगरी किसानको आन्दोलनमा सहयोग र सद्भाव राख्ने काठमाडौंका समृद्ध समाज र सञ्चार जगत्लाई समेत विशेष धन्यवाद र आभार पनि व्यक्त गर्न चाहन्छु । (मिश्र उखु किसान संघर्ष समितिका संरक्षक हुन् ।) (मधेश दर्पण फिचर सेवा)

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...