गरुडा इन्डोनेशियाको जीएसए सोसाइटी इन्टरनेशनलले पायो
Sunday Jan 10, 2021
वि.सं.२०७७ पुस २६ आइतवार ०८:२९

काठमाडौं । राष्ट्रिय ध्वजावाहक इन्डोनेशियाको गरुडा फ्लाइटको नेपालका लागि जनरल सेल्स एजेन्ट (जीएसए) को जिम्मेवारी सोसाइटी इन्टरनेशनल ट्राभलले पाएको छ । इन्डोनेशियाको राजधानी जाकर्तामा रहेको सोइकार्नो–हाथा अन्तराष्ट्रि विमानस्थल मुख्य कार्यालय रहेको फ्लाइटले हालैमात्र सोसाइटीलाई जीएसएको जिम्मेवारी दिएको हो ।
कम्पनीका अनुसार गत जनवरी १, २०२१ देखि जीएसएको जिम्मेवारी पाएको हो । योसँगै अब सोसाइटीले गरुडा इन्डोनेशियाको नेपाली बजारमा ब्राण्ड तथा टिकटको मार्केटिङ्ग गर्नेछ । गरुडाका लागि नेपाली बजारमा मार्केटिङ्ग गर्ने यो एक मात्र कम्पनी हो । यो उपलब्धीले नेपाल–इन्डोनेशिया बीचको अन्तरदेशिय पर्यटन प्रवद्र्धनमा थप सहयोग पुग्ने सोसाइटी इन्टरनेशनल सोसाइटीका अध्यक्ष रवि चन्द्र सिंहले बताए ।
एयर गरुडा इन्डोनेशिया दक्षिण यशियाली मुलुकहरुमा सञ्चालित फ्लाइटहरु मध्यको एक लोकप्रिय फ्लाइट हो । जुन फ्लाइटले सन् २०१८ देखि २०२० का लागि ‘ट्रिपएड्भासर २०२० ट्राभलस’ अवार्ड जित्न सफल भएको थियो । हाल एयर गरुडाले विश्वभरीका ६० बढी मुलुकहरुमा उडान भर्दै आएको छ ।
























