CG Electronics
IME Life
NIMB

ओपोद्वारा नयाँ मोडल ओपो ए१५ नेपालमा सार्वजनिक

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED


काठमाडौं । ओपोले नेपालमा आफ्नो नयाँ ह्याण्डसेट, ओपो ए१५ सार्वजनिक गरेको छ । ओपो ए१५ले प्रयोगकर्ताका दैनिक मनोरञ्जन र सञ्चार आवश्यकताको माग सहजै पूर्ति गर्ने कम्पनीको दावी छ । एआई ट्रिपल क्यामेरा र ६.५२’’को ठूलो स्क्रिन सुसज्जित ओपो ए१५ले स्पष्ट र सटिक तस्विर खिच्नुका साथै ठूलो डिस्प्ले मार्फत अभूतपूर्व अनुभवपनि प्रदान गर्ने कम्पनीले जनाएको छ । लामो समय सम्म टिक्ने ब्याट्रीका साथै प्रशस्त संचय क्षमता सहितको ओपो ए१५को डिजाइन प्रयोगकर्तालाई विना रुकावट फोनको मज्जा लिन सकुन् भन्ने सोचका साथ गरिएको छ । ‘उपभोक्ताको मोबाइल लाइफस्टाइलका लागि आवश्यक हरेक फिचर्स उपलब्ध गराउने ओपो ए१५ सार्वजनिक गर्न पाउँदा हामी निकै उत्साहित छौँ’, ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने, ‘ओपो ए१५मा रहेका एआई ट्रिपल क्यामेराको सहायताले उत्कृष्ट तस्विर खिच्न सक्नुका साथै, यसमा रहेको ६.५२’’को ठूलो स्क्रिनमा एचडींको मज्जा समेत लिन सकिन्छ । फोनले तपाईँका आफन्त र मित्रजन संग निरन्तर सम्पर्कमा रहिरहनपनि उत्तिकै सहयोग गर्नेछ ।’

ओपो ए१५मा रहेका एआई ट्रिपल क्यामेराले सटिक तस्विर खिच्न सघाउँछ । प्रयोगकर्ताका सुन्दर पललाई स्पष्टताका साथ सञ्चित गर्न सधाउन यसमा १३एमपी क्षमताको मुख्य क्यामेरा र ४सीएम सम्मका क्लोज शट्स खिच्न यसमा २एमपी क्षमताको माक्रो लेन्सको समेत ब्यवस्था गरिएको छ भने पोटे«ट तस्विरमा थप गहिराई दिने सोचका साथ यसमा ब्याकग्राउण्डलाई नेचुरल बोके ईफेक्ट दिने २एमपी डेप्थ क्यामेरापनि जडान गरिएको छ । दैनिकीका पलहरु कैद गर्न ओपो एफ१५मा अझ बढी सुविधाहरु दिइएको पनि बताइएको छ ।

तीव्रगतिको कार्य क्षमताका लागि ओपो ए१५मा ३ जीबी ¥यामका साथमा ३२ जीबी आन्तरिक सञ्चय क्षमता उपलब्ध गरिएको छ । साथै, प्रयोगकर्ताले संगीत, भिडियो तथा गेम्सका लागि आफ्नो आवश्यकता अनुसार यसलाई २५६जीबी सम्म बढाउन सक्ने सुविधापनि प्रदान गरिएको छ । फोनमा रहेको मिडियाटेक हेलियो पी३५ मिडियाटेक हेलियो पी३५ ओक्टा–कोर प्रोसेशर सहितको ओपो ए१५ले ब्याट्री मितब्ययीताका साथ सहज, तिब्र र विश्वासिलो कार्य सम्पादन सुविधा उपलब्ध गराउने कम्पनीले जनाएको छ । माघ ५ गतेदेखि ओपोका प्रमुख विक्रि केन्द्र मार्फत फोन देशभर उपलब्ध गराइएको जनाइएको छ । उपभोक्ताले डायनामिक ब्ल्याक र मिस्ट्रि ब्ल्यू गरी दूई आकर्षक रंग मध्यबाट आफ्नो चाहना अनुसार फोनको छनोट गर्न सक्छन् भने मूल्य रु. १८ हजार ५ सय ९० निर्धारण गरिएको छ ।

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते, ४.२८५७ प्रतिशत बोनस शेयर प्रस्ताव

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते,...

वि.सं.२०८३ असार १० बुधवार ०९:१४

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले आगामी असार ३१ गते वार्षिक...

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

वि.सं.२०८३ असार १० बुधवार ०९:१२

  काठमाडौं । सर्वाेत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि...

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन दिन आग्रह

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन...

वि.सं.२०८३ असार १० बुधवार ०९:०९

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ। कम्पनीले...

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026” भव्यताका साथ सम्पन्न

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award...

वि.सं.२०८३ असार ९ मंगलवार २१:५३

  काठमाडौं । नेपाली खेलकुदको विकासमा अतुलनीय योगदान पुर्‍याउने विशिष्ट...

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा समुद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा....

वि.सं.२०८३ असार ९ मंगलवार २१:४८

  काठमाडौं । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडको बागमती...

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्ने

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब...

वि.सं.२०८३ असार ९ मंगलवार २१:४१

  काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले २ः१ अनुपातमा हकप्रद...