CG Electronics
IME Life
NIMB

उद्योग वाणिज्य महासंघको व्यापार मेला समिति विस्तार

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्य नरेन्द्र कुमार खड्काको सभापतित्वमा गठित व्यापार मेला समिति विस्तार भएको छ । समितिका सह–सभापतिहरूमा नेपाल हस्तकला महासंघका निवर्तमान अध्यक्ष धर्मराज शाक्य, नेपाल फ्रेट फर्वाडर्स एसोसिएसनका उपाध्यक्ष राजेन्द्र संग्रौला, भक्तपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कृष्ण प्रसाद अवाल र नेपाल हाते कागज संघका अध्यक्ष किरण डंगोल रहेका छन् । समितिका सदस्यहरूमा मेची उद्योग वाणिज्य संघका अध्यक्ष ऋषि तिमिल्सीना, धुलिखेल उद्योग वाणिज्य संघका अध्यक्ष मन्जु कुमार कोजु, ललितपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष विश्व बज्राचार्य र नेपाल उद्योग वाणिज्य संघ, काठमाडौंका महासचिव रमा नाथ श्रेष्ठ रहेका छन् ।

त्यसैगरी, समितिको विशेष आमन्त्रितहरुमा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमाल, उदयपुर उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर खड्का, विर्तामोड उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष बलराम कार्की, प्यूठान उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष ज्ञामुराम न्यौपाने, पाल्पा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष मोहन श्रेष्ठ, रामेछाप उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष पशुपति बहादुर खड्का, काभ्रे उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोब्रेन तौजले, कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझा, पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष अर्जुन पोखरेल, ईटहरी उद्योग वाणिज्य संघका कोषाध्यक्ष गायत्री कटुवाल, ललितपुर उद्योग वाणिज्य संघका सदस्य लोकमान शाक्य, सोही संघका पूर्व कार्य समिति सदस्य राकेश मुल्मी रहेका छन् ।

त्यस्तै, समितिको विशेष आमन्त्रितहरुमा धादिङ उद्योग वाणिज्य संघका पूर्व कार्य समिति सदस्य अनिल कोइराला, ओखलढुंगा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्रलाल मास्के, नेपाल निर्यात परिषदका अध्यक्ष हरि कार्की, नेउवामहासंघ प्रदेश १ का सदस्य रविन कुमार दाहाल, आनका पूर्व अध्यक्ष संतोष श्रेष्ठ,नेपाल फुटवेयर म्यानुफ्याक्चरिङ एसोसिएसनका उपाध्यक्ष उत्तम अधिकारी, नेपाल हस्तकला महासंघका उपाध्यक्ष रविन्द्र शाक्य, केमिकल एण्ड मेडिकल सप्लायर्स एसोसिएसन अफ नेपालका पूर्व अध्यक्ष धिरज थपलिया, नेपाल वोटल वाटर्स एसोसिएसनका अध्यक्ष सुवास भण्डारी, नेपाल अदुवा उत्पादन तथा व्यवसायी संघका सदस्य सार्थ बाहनन्द शाक्य रहेका छन् ।

समितिको सल्लाहकारहरूमा महासंघको कार्यकारिणी समितिका सदस्यहरू दिल सुन्दर श्रेष्ठ, मनिषलाल प्रधान, अभिनाश बोहोरा, अरुणराज सुमार्गी, राजेन्द्र राउत, कृष्णलाल महर्जन, नरेशलाल श्रेष्ठ, मीनमान श्रेष्ठ, ई। देश बन्धु बस्नेत (अजित), भक्त बहादुर हमाल, बाबुराम गिरी, हेमराज ढकाल र ज्योत्साना श्रेष्ठ र विशेष सल्लाहकारमा व्यापार तथा निकासी प्रर्वद्धन केन्द्रका कार्यकारि निर्देशक सरद विक्रम राणा रहेका छन् ।

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026” भव्यताका साथ सम्पन्न

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award...

वि.सं.२०८३ असार ९ मंगलवार २१:५३

  काठमाडौं । नेपाली खेलकुदको विकासमा अतुलनीय योगदान पुर्‍याउने विशिष्ट...

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा समुद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा....

वि.सं.२०८३ असार ९ मंगलवार २१:४८

  काठमाडौं । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडको बागमती...

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्ने

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब...

वि.सं.२०८३ असार ९ मंगलवार २१:४१

  काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले २ः१ अनुपातमा हकप्रद...

जोरपाटीमा कजारिया रमेश टाइल्सको नयाँ शोरूम सञ्चालन, विश्वस्तरीय डिजाइन अब नजिकै

जोरपाटीमा कजारिया रमेश टाइल्सको नयाँ शोरूम सञ्चालन,...

वि.सं.२०८३ असार ९ मंगलवार २१:३१

काठमाडौं । कजारिया रमेश टायल्स लिमिटेडले आफ्नो रिटेल नेटवर्क विस्तार...

डिस होमको ‘डिगो ओटीटी’ बन्यो नेपालको पहिलो ओटीटी प्लेटफर्म

डिस होमको ‘डिगो ओटीटी’ बन्यो नेपालको पहिलो...

वि.सं.२०८३ असार ९ मंगलवार ११:१०

  डिशहोम डिजिटल प्रालिद्वारा सञ्चालित ‘डिगो ओटीटी’ले नेपाल सरकारबाट ओटीटी...

लक्ष्मी ग्रुपसँगको सहकार्यमा नेपालमा ‘बोस’ को पहिलो आधिकारिक ब्रान्ड स्टोर सञ्चालन

लक्ष्मी ग्रुपसँगको सहकार्यमा नेपालमा ‘बोस’ को पहिलो...

वि.सं.२०८३ असार ९ मंगलवार १०:०६

काठमाडौं । होम अप्लायन्स उद्योगको विश्वव्यापी अग्रणी कम्पनी बीएसएच होम...