CG Electronics
IME Life
NIMB

महानगरपालिकाले पत्रकार महासंघ काठमाडौँ शाखालाई पत्रकारहरुको उपचार कोषका लागि रु १५ लाख सहयोग

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पत्रकार महासंघ काठमाडौँ जिल्ला शाखाले जेष्ठ, अशक्त र गम्भीर प्रकारको रोग लागेका पत्रकारहरुको उपचारका लागि स्थापना गरेको कोषका लागि रु १५ लाख सहयोग गरेको छ । आज काठमाडौँ जिल्ला शाखाको २२ औँ साधारणसभामा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले सो रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको हो ।
चेक हस्तान्तरणपछि सो सभाको उद्घाटन सत्रलाई सम्वोधन गर्दै प्रमुख शाक्यले व्यवसायिक पत्रकारिता अहिलेको आवश्यकता भएको भन्दै सञ्चारकर्मीहरुलाई निष्पक्ष भएर कलम चलाउन आग्रह गर्नुभयो । ‘सही भन्दा पनि चाहिले भन्दा बढी लेपन गरेर समाचारलाई बङ्ग्याइयो भने त्यसले गलत सन्देश दिन्छ,’ शाक्यले भन्नुभयो, ‘व्यवसायिक हिसावले मात्रै पत्रकारिता गर्दा वा आफ्नो रोजगारी जोगाउने मात्रै उदेश्यले गलत सन्देश दिने गरी समाचार संप्रेषण गरियो भने त्यसले सिङ्गो समाज, राष्ट्र र राष्ट्रियता नै खतरामा पर्न सक्छ । त्यस कुरामा तपाईँहरु सचेत हुनुहुन्छ । अझ सचेत हुनुहोला भन्ने मेरो अपेक्षा छ । त्यसमा अझै बढी ध्यान दिनुहोला । सही सूचना दिनु तपाईँहरुको दायित्व र जिम्मेवारी भित्रपर्छ ।’

उहाँले कतिपय अवस्थामा सामाजिक सञ्जाल र मिशन पत्रकारिताका नाममा समाजलाई दिग्गभ्रमित पार्ने काम भएको र त्यसको मारमा स्वयं पनि पर्ने गरेको गुनासो गर्नुभयो ।

उहाँले जति धेरै गाली गर्र्यो त्यति धेरै चर्चामा आउने र त्यस्ता समाचारले पनि बढी स्थान पाउने भएकाले त्यस्तो अवस्थाको न्युनिकरणतर्फ लाग्नु पर्नेतर्फ सचेत गराउनुभयो । ‘नरम बोल्यो भने त्यो समाचारले कम प्राथमिकता पाउँछ,’ शाक्यले भन्नुभयो, ‘विशिष्ठ जिम्मेवारीमा रहेका व्यक्तिलाई गाली गर्न सक्यो भने त्यस्ता समाचारले बढी प्राथमिकता पाउने गरेका छन् । त्यो प्रवृत्तिलाई अलिक करेक्सन गर्नुपर्छ कि भन्ने मेरो अपेक्षा पनि हो ।’ उहाँले शिर्षक विकाउ बनाउनका लागि पनि गलत सन्देश प्रवाह हुने गरेको तर्फ पनि सञ्चारकर्मीहरुको ध्यानाकर्षण गराउनुभयो । ‘हामी सबै मिलेर यो देश बनाउनु छ । नेता र कर्मचारी मात्रै होइन हामी सबै त्यत्तिकै जिम्मेवार छौँ,’ उहाँले भन्नुभयो, ‘एकले अर्कालाई पन्छाएर र दोष थुपार्र्दै जाने हो भने हामी राष्ट्र बनाउने दायित्वबाट टाढा हुन्छौँ । त्यसैले राष्ट्र र राष्ट्रियतामा आँच आउने काम म पनि गर्दिन । तपाईँहरुबाट पनि नहोस् ।

कार्यक्रममा सम्वोधन गर्ने क्रममै प्रमुख शाक्यले नेकपा भित्रको विवादका कारण मुलुक नै गम्भीर समस्यामा गुज्रिरहेको बताउनुभयो । उहाँले सम्वोधनकै क्रममा एउटा विज्ञापन देखाउँदै भन्नुभयो– ‘यो विज्ञापनमा आमा–बुबा र छोराछोरी छन् । कति रमाइलो छ, यो परिवार । यो परिवारमा आमा–बुबा अलग्गै बस्ने हो भने छोराछोरीको हालत के हुन्छ रु बच्चा न आमासँग न बुबासँग रहने अहिले दुई अध्यक्षको विवादका कारण नेकपाका आम कार्यकर्ताको हविगत यस्तै भएको छ । मैले पनि यही समस्या भोगिरहेको छु । आम कार्यकर्ता र जनताले पनि यही समस्या भोगिरहनु भएको छ । उहाँहरुको झगडाको मार हामीले खेपिरहेका छौँ ।
कार्यक्रममा सुचना तथा सञ्चारमन्त्री पार्वत गुरुङ, राष्ट्रियसभाका सांसद रामनारायण विडारीलगायतले पनि सम्वोधन गर्नुभएको थियो । कार्यक्रममा अग्रज वरिष्ठ पत्रकारहरूलाई सम्मान गरिएको थियो ।

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...