सिटिजन लाइफ इन्स्योरेन्सले आइपीओ तयारीमा रहेको ११करोड १लाख ८४हजार रुपैयाँ खुद नाफा कमाए
Sunday Feb 07, 2021
वि.सं.२०७७ माघ २५ आइतवार २२:१८

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ११ करोड १ लाख ८४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले गत वर्षको यसै अवधिको तुलनामा ९।८१५ ले खुद नाफा वृद्धि गरेको हो । गत वर्ष यसले १० करोड ३ लाख ४२ हजार रुपैयाँ नाफा कमाएको थियो । खुद बिमा शुल्क पनि ७३।२९५ ले बढेर १ अर्ब ३७ करोड ५३ लाख ४२ हजार रुपैयाँ पुगेको छ ।
गत वर्ष भने ७९ करोड ३६ लाख ८८ हजार रुपैयाँ मात्र खुद बिमा शुल्कबाट आर्जन गरेको थियो ।सिटिजनको चुक्ता पुँजी १ अर्ब ७५ करोड रुपैयाँ छ । रिजर्भ कोषमा ७३।२९५ वृद्धि गरी ७२ करोड ८० लाख ४९ हजार रुपैयाँ जम्मा गरेको छ ।
कम्पनीले आइपीओ जारी गरी बिमा समितिले तोकेको न्यूनत चुक्त पुँजी पुर्याउने तयारी गरिरहेको छ ।
सिटिजन्सले ७५ करोड रुपैयाँको ७५ लाख कित्ता आइपीओ बिक्री गर्ने तयारी गरेको हो । आइपीओ ल्याउने प्रस्ताव साधारण सभाबाट पनि अनुमोदन भइसकेको छ ।
पुस मसान्तसम्म जीवन बिमा कोषको आकार पनि १२९।७०५ ले बढेर २ अर्ब ३९ करोड ८१ लाख रुपैयाँ पुगेको छ । गत वर्ष बिमा कोषमा १ अर्ब ४ करोड ४० लाख रुपैयाँ मात्र थियो ।

























