प्रतिलिटर दुई रुपैयाँको दरले बढ्यो पेट्रोल तथा डिजलको मुल्य
Wednesday Feb 10, 2021
वि.सं.२०७७ माघ २८ बुधवार २१:५३

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल तथा डिजेलरमट्टीतेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ बढाएको नगमले जानकारी दिएको हो । यसैगरी खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएको निगमद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ ।
























