CG Electronics
IME Life
NIMB

कुमारी बैंकका एटीएम कार्ड होल्डरलाई सर्टिङसुटिङमा २० प्रतिशत छुट

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । कुमारी बैंकको एटीएम कार्ड लिएका ग्राहकले मेरिना इम्पेक्स एण्ड टेलरिङ सेन्टरमा सर्टिङ, सुटिङ तथा टेलरिङ सेवा लिँदा २० प्रतिशत छुट पाउने भएका छन् । बैंकको डेविट कार्ड वा क्रेडिट कार्ड मध्ये जुन भए पनि उक्त छुट पाउने छन् ।
कुमारी बैंकका कर्मचारीले भने थप ५ प्रतिशत अर्थात २५ प्रतिशत छुट पाउने मेरिना इम्पेक्सले जनाएको छ ।

यस्तो सहकार्य गर्ने विषयमा दुई कम्पनीबीच विहीबार सम्झौता भएको छ । सम्झौता पत्रमा मेरिना इम्पेक्स एण्ड टेलरिङ सेन्टरका कार्यकारी निर्देशक गोकुल खड्का र कुमारी बैंकका बजार प्रमुख नविन मुनि बज्राचार्यले हस्ताक्षर गरेका छन् ।

मेरिनामा सुविधा लिनको लागि ग्राहकले सक्रिय अवस्थामा रहेको भिजा कार्ड र कर्मचारीले म्याद नसकिएको परिचयपत्र देखाउनुपर्ने कम्पनीले जनाएको छ ।

यस्तो कार्ड बहाकले मेरिना इम्पेक्सको विभिन्न स्थानमा रहेका चार शाखाहरुबाट २० प्रतिशत छुटमा सर्टिङ, सुटिङ र टेलरिङ सेवा लिन सक्ने मेरिना इम्पेक्सले जनाएको छ । व्यवसायिक जगतमा कोटपाइटसहितको औपचारिक पोसाकको बढ्दो प्रयोगलाई ध्यानमा राखेर डेविट तथा क्रेडिट कार्ड होल्डरलाई यस्तो सुविधा दिन लागिएको कम्पनीले जनाएको छ ।

१० लाख भन्दा बढी ग्राहक भएको र नेपालभर नेटवर्क भएको कुमारी बैंक जस्तो ठूलो संस्थासँग सहकार्यको मेरिनाको सेवा विस्तारमा सहयोग पुग्ने कम्पनीको विश्वास रहेको छ । ‘हामी अत्यान्तै सुपथ मूल्यमा उच्च गुणस्तरयुक्त सटिङ, सुटिङ तथा टेलरिङ सेवा प्रदान गर्दै आएका छौं । लामो समयदेखि सर्टिङ सुटिङ क्षेत्रमा प्रदान गर्दै आएको गुणस्तरीय सेवा र ग्राहकको सन्तुष्टिले हामीलाई सेवा विस्तारमा उत्साहित बनाएको छ’ मेरिना इम्पेक्सले प्रेस विज्ञप्ती मार्फत प्रतिवद्धता जनाएको छ ।

डिस होमको ‘डिगो ओटीटी’ बन्यो नेपालको पहिलो ओटीटी प्लेटफर्म

डिस होमको ‘डिगो ओटीटी’ बन्यो नेपालको पहिलो...

वि.सं.२०८३ असार ९ मंगलवार ११:१०

  डिशहोम डिजिटल प्रालिद्वारा सञ्चालित ‘डिगो ओटीटी’ले नेपाल सरकारबाट ओटीटी...

लक्ष्मी ग्रुपसँगको सहकार्यमा नेपालमा ‘बोस’ को पहिलो आधिकारिक ब्रान्ड स्टोर सञ्चालन

लक्ष्मी ग्रुपसँगको सहकार्यमा नेपालमा ‘बोस’ को पहिलो...

वि.सं.२०८३ असार ९ मंगलवार १०:०६

काठमाडौं । होम अप्लायन्स उद्योगको विश्वव्यापी अग्रणी कम्पनी बीएसएच होम...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म कर्जा सुविधा, एम.ए.डब्लु. अर्थमुभर्स र ग्लोबल आइएमई बैंक बीच समझदारी

जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म कर्जा सुविधा,...

वि.सं.२०८३ असार ९ मंगलवार ०९:१६

  काठमाडौं, असार ८ — जेसीबी निर्माण उपकरण खरिदलाई सहज...

एक चार्जमा ५२० किलोमिटरसम्म रेन्ज दिने ईभीको सुरुवाती मूल्य ४६ लाख ९९ हजार, टप भेरियन्ट ५१ लाख ९९ हजार रुपैयाँ

एक चार्जमा ५२० किलोमिटरसम्म रेन्ज दिने ईभीको...

वि.सं.२०८३ असार ९ मंगलवार ०८:५४

  नेपालका लागि ग्रेटवाल मोटर गाडीको आधिकारिक विक्रेता भीजी इम्पेक्स...

याडियाको शक्तिशाली इलेक्ट्रिक मोटरसाइकल ‘किनिस’ नेपालमा सार्वजनिक

याडियाको शक्तिशाली इलेक्ट्रिक मोटरसाइकल ‘किनिस’ नेपालमा सार्वजनिक

वि.सं.२०८३ असार ९ मंगलवार ०६:५७

  काठमाडौं । विश्वकै नम्बर एक इलेक्ट्रिक दुईपाङ्ग्रे ब्रान्ड याडियाले...