nic bank
himalayan everesat
Nmb bank

नेपाल उद्योग वाणिज्य महासंघ र बैंकर्स संघबीच कर्जा तथा वित्तीय सेवा प्रवाहमा सहजीकरण गर्ने समझदारीपत्रमा हस्ताक्षर

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल बैंकर्स संघका बीच लघु, घरेलु, साना तथा मझौला उद्यमहरू९एसमएमईज० को प्रबद्र्धन एवं संरक्षणका लागि वित्तीय कर्जा लगायतको सेवा प्रवाहमा सहजीकरण गर्ने उद्देश्यले एक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

समझदारीपत्रमा महासंघका अध्यक्ष शेखर गोल्छा र बैंकर्स संघका अध्यक्ष भुवन कुमार दाहालले आज एक कार्यक्रम बीच महासंघको सचिवालयमा हस्ताक्षर गरे ।

दुवै संस्था बीच भएको समझदारी अनुसार वाणिज्य बैंकहरू र एसमएमईजहरूका बीच कर्जा लगायत वित्तीय सेवा प्रवाहमा रहेका कठिनाई समेतका तथ्यलाई दृष्टिगत गर्दै संयुक्त पहलबाट नै उद्यमी, व्यवसायी एवं बैंकहरूका बीच हुने सेवा प्रवाहमा विश्वसनीय र जोखिमरहित व्यवसायिक वातावरण श्रृजना गर्न र उद्यमी, व्यवसायी एवं बैंकहरूका हित प्रबद्र्धन गर्न आवश्यक कार्य गर्नेछ ।

यस्तै एसमएमईजको क्षेत्रमा हुने सेवालाई प्रभावकारी बनाउन एवं सेवा सहजीकरण गर्न केन्द्रिय तथा प्रादेशिक तहमा संयुक्त कार्यदल गठन गर्ने र उक्त कार्यदलले वित्तीय सेवा प्रवाहको सहजीकरणको निमित्त आवश्यक नीतिगत सुझावहरू तर्जुमा गरी सम्बन्धित निकायमा समन्वय गरी कार्यान्वयनका लागि अनुरोध गर्ने र आवश्यकता अनुसार संयुक्त रूपमा प्रदेशस्तरीय वित्तीय साक्षरता कार्यक्रमहरू संचालन गर्ने कार्यक्रम छ ।

समझदारीपत्र हस्ताक्षर कार्यक्रमलाई संवोधन गर्दे महासंघका अध्यक्ष गोल्छाले मुलुकभित्र एसमएमईजको प्रवद्र्धनमा दुवै संस्था बीच भएको यो समझदारी कोशेढुंगा हुने बताए । आजबाट हामी सहकार्यको नयां मार्गतर्फ पाइला हालेका छौं, निश्चियनै एसमएमईजले विशेष गरी ऋणको सहज पहु“चमा भोग्दै आएको समस्यालाई यो प्रयासले अव संवोधन गर्नेछ अध्यक्ष गोल्छाले भने– एसमएमईजलाई सघाउन सकेमात्र समृद्धि सम्भव छ ।

महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालको पनि उपस्थिति रहेको सो अवसरमा बैकर्स संघका अध्यक्ष दाहालले एसएमईजको सहयोगका लागि सहकार्य गर्न दुवै संस्था बीच भएको समझारीमाथि आफूलाई गर्व महशुस भएको बताउंदै अगाडि भने–हामी दुवै संस्था समृद्धिका असल साझेदार हौं । हामी बीचको सहकार्य निरन्तर अगाडी बढ्ने बताउंदै अध्यक्ष दाहालले हामी यसलाई केन्द्रदेखि प्रदेशसम्मै लैजान्छौ । अहिले पनि मुलुकभित्र ७४९ वटा स्थानीय निकायसम्म बैकिङ पहु“च विस्तार भैसकेको जानकारी गराउनु हुंदै महासंघको यो सहकार्य पछि तल्लोतहसम्म गएर वास्तविक सहयोग खोजीरहेका एसएमईजहरुलाई सघाउन थप सहयोग पुग्ने उहांले स्पष्ट पारे ।

महासंघको घरेलु तथा साना उद्योग समितिका सभापति डीवी वस्नेतले यो प्रयासबाट साना तथा मझौला उद्योग व्यवसायले ठूलो राहतको महशुस गर्ने भएकाले समझदारी अनुसार छिट्टै दुवै संस्था र आइएलओ समेत वसेर कार्ययोजना बनाई कार्यान्वयनमा जाने प्रतिवद्धता जनाए ।

अन्तराष्ट्रिय श्रम संगठनका वरिष्ठ अधिकृत प्रकाश शर्माले एसएमईजहरुको ८० प्रतिशत समस्या ऋणको सहज पहुंचको अभावनै रहेको पाइएकोले एसएमईजहरुलाई नै केन्द्रीत गरि भएको यो समझदारीले अव त्यो समस्यालाई संवोधन गर्ने विश्वास प्रकट गरे । मुलुकभित्रको कुल रोजगारीमा करिव ९५ प्रतिशत योगदान एसएमईजहरुकै भएकाले यो समझदारीले एसमएमईजहरु फस्टाउन विशेष सहयोग पुग्ने बताए ।

प्रदेश प्रमुखहरुले हुँदै नभएको अधिकार प्रयोग गरे, यस्तो रवैया मान्य हुँदैन’

प्रदेश प्रमुखहरुले हुँदै नभएको अधिकार प्रयोग गरे,...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार २३:२३

  नेपाली कांग्रेसका प्रवक्ता एवं निवर्तमान अर्थमन्त्री डा.प्रकाश शरण महतले...

ग्रीन हाइड्रोजन उत्पादनका लागि बुद्धभूमि हाइड्रो र केयूबीच सम्झौता

ग्रीन हाइड्रोजन उत्पादनका लागि बुद्धभूमि हाइड्रो र...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार २३:०९

  काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) सँग ग्रीन हाइड्रोजन उत्पादनका...

अर्थमन्त्री र अमेरिकी यूएस इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स कर्पोरेशनका सिइओबीच भेट

अर्थमन्त्री र अमेरिकी यूएस इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:४०

अर्थमन्त्री वर्षमान पुन अनन्त र अमेरिकी विकास संस्था यूएस इन्टरनेशनल...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा, १२ देश सहभागी हुने पक्का

हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा, १२ देश...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:१७

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट...

वैदेशिक रोजगारीमा जाने श्रमिकले अंग्रेजी भाषाको परीक्षा दिनु नपर्ने

वैदेशिक रोजगारीमा जाने श्रमिकले अंग्रेजी भाषाको परीक्षा...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ११:२६

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पूर्वप्रस्थान अभिमुखीकरण तालिम सञ्चालन...

‘महानगरपालिकालाई सरकारी निकायको सहयोग छैन’

‘महानगरपालिकालाई सरकारी निकायको सहयोग छैन’

वि.सं.२०८१ वैशाख ६ बिहीवार २२:५४

  तपाईं देशको राजधानी काठमाडौं महानगरको सुरक्षा प्रमुख हुनुहुन्छ, यतिञ्जेलको...