एनआईसी एशिया बैंकको हालसम्मकै उच्च बिन्दुमा पुगेको सेयर कारोबार , नेपाली पुँजीबजारको इतिहासमै नयाँ कीर्तिमान
Tuesday Apr 13, 2021
वि.सं.२०७७ चैत ३१ मंगलवार २२:२७

काठमाडौं । नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । परिसूचक १७.२० अंकले बढेर २६९१.५६ बिन्दुमा पुगेको हो । जुन नेपाली पुँजीबजारको इतिहासमै नयाँ कीर्तिमान हो ।
यसअघिको कारोबारमा परिसूचक कहिल्यै पनि उक्त बिन्दुमा पुगेको थिएन । त्यस्तै, क वर्गका कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३.७८ अंकले बढेर ४८०.२९ बिन्दुमा पुगेको छ ।
सोमबार कारोबार शुरु भएसँगै उकालो लागेको बजारमा साढे ७ अर्बमाथिको सेयर किनबेच भएको छ । सो दिन २१६ कम्पनीको सेयर एक करोड ३६ लाख कित्ता सेयर बिक्री भएका छन् । जसमध्ये सबैभन्दा बढी एनआईसी एशिया बैंकको सेयर कारोबार भएको छ ।
बैंकको एकैदिन २५ करोड रुपैयाँ माथिको सेयर किनबेच भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता ९४९ रुपैयाँ रहेको छ ।
























