CG Electronics
IME Life
NIMB

चेक बाउन्सकै कारण कालोसूचीमा पर्ने प्रावधानलाई यसरी हटाउदैछ राष्ट्र बैंक

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

चेक बाउन्स भएकै कारण वर्षौंसम्म कालोसूचीमा सूचीकृत हुनुपर्ने अवस्थाको अन्त्य हुने भएको छ । नेपाल राष्ट्र बैंकले कालोसूचीको प्रावधान संशोधन गर्दै आपसी लेनदेन र बैंकिङ कारोबार छुट्याउने भएको छ । बैंकिङ कसुर ऐनलाई थप व्यावहारिक बनाउन त्यसलाई संशोधन गर्न लागिएको राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बताए ।

‘हालसम्म सबै चेक बाउन्सको केसलाई बैंकिङ कसुर अन्तर्गत राखिएको छ, तर सबै चेक बाउन्सको केस बैंकिङ कसुर मात्रै नभएर ठगी मुद्दा पनि हुन सक्छ, मिश्र भन्छन्, कुनै चेक कर्जा तिर्नका लागि पनि प्रयोग भएका हुन्छन्, र त्यस्तो चेक बाउन्स भयो भने त्यसमा बैंक दोषी हुन्छ । लेनदेन र बैंकिङ कसुर छुट्याउन सकिन्छ । त्यसैले पनि अब ऐन संशोधनको प्रक्रियामा जान खोजेका छौं ।’ हाल दुई व्यक्तिबीच लेनदेनमा चेक बाउन्स भयो भने चेक जारी गर्ने व्यक्तिलाई कालोसूचीमा राख्ने गरिएको छ ।

तर, अब उक्त ऐन संशोधनपश्चात् भने कालो सूचीमा सूचीकृत गर्ने व्यवस्थाको अन्त्य हुन्छ, मिश्रले भने । चेक बाउन्सको सीमा र प्रवृत्ति तथा सोको नियत हेरेर बैंकिङ कसुर ऐन र कालोसूचीको प्रावधानलाई थप व्यावहारिक बनाउन संशोधनको प्रक्रिया आवश्यक रहेको हुँदा यसलाई अघि बढाउने तयारी रहेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार हाल कर्जा सूचना केन्द्र (सीआईबी) मा २०४७ साल यता २०७७ चैत ३१ गतेसम्ममा १५ हजार ७७४ जना व्यक्ति कालोसूचीमा सूचीकृत भएका छन् ।

बैंकिङ कसुर तथा सजाय ऐन २०६४ र कर्जा सूचना तथा कालोसूचीसम्बन्धी व्यवस्थाका अनुसार कर्जा सूचना केन्द्रमा १० लाख रुपैयाँभन्दा माथिको कर्जाको सावाँ ब्याज समयमै भुक्तानी नभएमा वा कर्जाको दुरुपयोग भएमा ऋणी कालोसूचीमा सूचीकृत हुने व्यवस्था छ । यसबाहेक चेकको अनादर गरेमा अर्थात् खातामा पर्याप्त रकम नभई चेक काटेमा, हस्ताक्षर नमिलेको खण्ड आदि लगायतमा चेक बाउन्स भएमा चेक जारी गर्ने व्यक्तिलाई राष्ट्र बैंकको प्रावधान अनुसार कालो सूचीमा राख्ने प्रावधान रहेको छ ।

चेक बाउन्सका कारणले कतिपय व्यक्तिहरू वर्षौंसम्म कालोसूचीमा सूचीकृत हुनु पर्दा पछिल्लो समस्या भएको गुनासो बढेपछि यसको संशोधनको सुझाव दिइएको सिआइबीका अप्रेसन हेड ओमकारलाल श्रेष्ठ बताउँछन् । ‘अहिले कर्जा नतिरेर कालोसूचीमा पर्नेभन्दा धेरै चेक बाउन्स भएर कालोसूचीमा पर्ने व्यक्तिहरू बढी छन् श्रेष्ठले भने, जसका कारण धेरै व्यक्तिहरूलाई अन्य व्यावहारिक काममा समस्या सिर्जना हुँदै आएको छ ।’ त्यसैले यसमा केही सहजीकरण गर्ने विषयमा राष्ट्र बैंकमा कुरा चलाइएको उनले जानकारी गराएका छन् ।

कसरी हुन्छ चेक बाउन्स ? खाता पर्याप्त रकम नभए पनि कुनै पनि व्यक्ति तथा संस्था÷फर्मको नाममा चेक काटेमा सो चेक बैंकले बाउन्स गर्छ । साथै, चेकमा गरिएको हस्ताक्षर र अंक गलत भएमा वा नमिलेमा पनि सो चेक बाउन्स हुन्छ । यसरी लगातार ३ पटकसम्म चेक बाउन्स भएका सम्बन्धित बैंकले कर्जा सूचना केन्द्रमा कालोसूचीको लागि सिफारिस गर्छ । सिफारिस गरिएको चौथो दिनमा चेक बाउन्स भएको व्यक्तिको नाम कालोसूचीमा सार्वजनिक हुन्छ । सूचीबाट नाम हटाउनका लागि कुन कारणले चेक बाउन्स भएर कालोसूचीमा परिएको हो सो सुल्झाए हट्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

अन्तर्राष्ट्रिय योग दिवसमा नेपाल एसबीआई बैंकद्वारा सातै प्रदेशमा योग कार्यक्रम

अन्तर्राष्ट्रिय योग दिवसमा नेपाल एसबीआई बैंकद्वारा सातै...

वि.सं.२०८३ असार ८ सोमवार ०९:२२

काठमाडौं। नेपाल एसबीआई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय योग दिवस २०२६ को...

सानिमा रिलायन्स लाइफलाई ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ द इयर २०२६’ अवार्ड

सानिमा रिलायन्स लाइफलाई ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ...

वि.सं.२०८३ असार ८ सोमवार ०९:१७

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले ‘१८औँ कर्पोरेट बिजनेस...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा हिमस्टार

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा...

वि.सं.२०८३ असार ६ शनिवार १६:३९

  काठमाडौं । नेपाली इलेक्ट्रोनिक्स बजारमा विगत २७ वर्षदेखि एक...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही सिफारिशबारे अन्तरक्रिया सम्पन्न

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही...

वि.सं.२०८३ असार ६ शनिवार १६:२३

काठमाडौं, असार ५ – नेपाल बीमा प्राधिकरणको आयोजनामा कुपण्डोलस्थित केन्द्रीय...