CG Electronics
IME Life
NIMB

पाँडे अध्यक्ष र राणा सीइओ हुने गरि यहि साता हिमालयन र इन्भेष्टमेन्ट बैंक मर्ज हुँदै,असारबाट एकीकृत कारोबार

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । झन्डै छ महिना यताबाट चर्चामा रहेको नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीचको मर्जरले अब भने बल्ल पार पाउने भएको छ। अर्थात अब गाभिने पक्का भएको छ।

भए भरको जुक्ती लगाएर आगामी साता वा बैशाख १५ भित्र दुई बैंकबीच औपचारिकरुपमै मर्जरमा जाने सैद्दान्तिक समझदारी (एमओयू)मा हस्ताक्षर हुने भएको छ ।

बैसाख २ गते बिहीबार बसेको हिमालयन बैंकको सञ्चालक समितिको बैठकले ड्यु डेलिजेन्स अडिट (डीडीए) रिपोर्ट अनुमोदन गरेसँगै दुई बैंकबीचको मर्जर प्रक्रियाले गति लिएको हो । अध्यक्ष तुलसीराम गौतम झन्डै एक महिना बिरामी भएपछि हिमालयन बैंकको सञ्चालक समितिको बैठक बस्न सकेको थिएन ।

इन्भेष्टमेन्ट बैंकको सञ्चालक समितिले चैत पहिलो साता नै डीडीए रिपोर्ट अनुमोदन गरेको थियो ।
दुबै बैंकका उच्च अधिकारीहरुले छिट्टै एमओयूमा हस्ताक्षर गर्ने तयारी भइरहेको जानकारी दिए ।

‘३/४ दिनभित्र हाम्रो मर्जर कमिटिले सबै कुरा फाइनल गर्छ र आगामी साता एमओयूमा हस्ताक्षर गर्ने तयारीका साथ काम गरिरहेका छौं,’ हिमालयन बैंक उच्च स्रोतले भन्यो ।

पछिल्लो समय इन्भेष्टमेन्ट बैंकले फटाफट काम गरे पनि हिमालयन बैंकका कारण मर्जर प्रक्रिया ढिलाइ भएको थियो ।

‘हामीले त हाम्रो तर्फबाट गर्नुपर्ने सम्पूर्ण काम पूरा गरिसकेका छौं,’ इन्भेष्टमेन्ट उच्च बैंक स्रोतले भन्यो, ‘हिमालयनले आगामी साता एमओयूको तयारी गर्नु भन्ने खबर पठाएको छ ।’

स्रोतका अनुसार आगामी असार मसान्तसम्ममा एकीकृत कारोबार गर्ने उदेश्यका साथ काम भइरहेको छ ।

‘असार मसान्तभित्रै एकीकृत कारोबार गरी एउटै ब्यालेन्सिट प्रकाशित गर्ने उदेश्यका साथ काम गरिरहेका छौं,’ स्रोतले भन्यो, ‘त्यही स्पिरिटमा काम अघि बढाउँछौं ।’

दुई बैंक मर्जरमा जाँदा सेयर आदान प्रदान अनुपात १ बराबर १ हुने, अध्यक्ष पृथ्वीबहादुर पाँडे र सीइओ अशोक राणा हुने सहमति भएको छ । बाँकी सहमति भने एमओयूपछि विभिन्न उपसमितिहरु बनाएर गरिने छ ।

यी दुई बैंकलाई मर्जरमा जान राष्ट्र बैंकले दबाब र प्रोत्साहनका दुबै हतियार प्रयोग गरेको छ । यो मर्जर नेपालको इतिहासमा अहिलेसम्मकै ठूलो हुने भएकाले बैंकिङ क्षेत्रमा तरंग पैदा भएको छ ।

दुई बैंक मर्ज भएपछि बन्ने बैंकको चुक्ता पुँजी ४७ अर्ब रुपैयाँको हाराहारीमा हुनेछ भने हरेक हिसाबले यो बैंक देशकै सबैभन्दा ठूलो बन्ने छ । र, अन्य बैंकहरुलाई पनि मर्जरमा जान दबाब सिर्जना हुने विश्वास गरिएको छ ।

यो समयमा हिमालयन बैंकले पाकिस्तानको हबिब बैंकको स्वामित्वमा रहेको २ करोड १३ लाख ८८ हजार ८ सय १ कित्ता सेयर प्रतिकित्ता २८२ रुपैयाँ ५० पैसाका दरले किन्नका लागि आफ्ना संस्थापक सेयरधनीलाई आग्रह गरेको छ । सेयर किन्नका लागि बैशाख अन्तिमसम्मको समय दिएको छ । हबिबको सेयर किन्न ६ अर्ब ४ करोड २३ लाख ३६ हजार २ सय ८२ रुपैयाँ ५० पैसा आवश्यक पर्छ ।

पाकिस्तानको हबिब बैंक बाहिरिने भएपछि उक्त सेयर बेलायतको सीसीडीले किन्ने सम्झौता भएको थियो । तर, हिमालयनले बैंक इन्भेष्टमेन्टसँग मर्जर प्रक्रिया अघि बढाएपछि सीसीडी उक्त सेयर किन्ने निर्णयबाट पछि हटेको हो ।

डिस होमको ‘डिगो ओटीटी’ बन्यो नेपालको पहिलो ओटीटी प्लेटफर्म

डिस होमको ‘डिगो ओटीटी’ बन्यो नेपालको पहिलो...

वि.सं.२०८३ असार ९ मंगलवार ११:१०

  डिशहोम डिजिटल प्रालिद्वारा सञ्चालित ‘डिगो ओटीटी’ले नेपाल सरकारबाट ओटीटी...

लक्ष्मी ग्रुपसँगको सहकार्यमा नेपालमा ‘बोस’ को पहिलो आधिकारिक ब्रान्ड स्टोर सञ्चालन

लक्ष्मी ग्रुपसँगको सहकार्यमा नेपालमा ‘बोस’ को पहिलो...

वि.सं.२०८३ असार ९ मंगलवार १०:०६

काठमाडौं । होम अप्लायन्स उद्योगको विश्वव्यापी अग्रणी कम्पनी बीएसएच होम...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म कर्जा सुविधा, एम.ए.डब्लु. अर्थमुभर्स र ग्लोबल आइएमई बैंक बीच समझदारी

जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म कर्जा सुविधा,...

वि.सं.२०८३ असार ९ मंगलवार ०९:१६

  काठमाडौं, असार ८ — जेसीबी निर्माण उपकरण खरिदलाई सहज...

एक चार्जमा ५२० किलोमिटरसम्म रेन्ज दिने ईभीको सुरुवाती मूल्य ४६ लाख ९९ हजार, टप भेरियन्ट ५१ लाख ९९ हजार रुपैयाँ

एक चार्जमा ५२० किलोमिटरसम्म रेन्ज दिने ईभीको...

वि.सं.२०८३ असार ९ मंगलवार ०८:५४

  नेपालका लागि ग्रेटवाल मोटर गाडीको आधिकारिक विक्रेता भीजी इम्पेक्स...

याडियाको शक्तिशाली इलेक्ट्रिक मोटरसाइकल ‘किनिस’ नेपालमा सार्वजनिक

याडियाको शक्तिशाली इलेक्ट्रिक मोटरसाइकल ‘किनिस’ नेपालमा सार्वजनिक

वि.सं.२०८३ असार ९ मंगलवार ०६:५७

  काठमाडौं । विश्वकै नम्बर एक इलेक्ट्रिक दुईपाङ्ग्रे ब्रान्ड याडियाले...