CG Electronics
IME Life
NIMB

कुमारी बैंकको  नाफामा करामत

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । कुमारी बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण आइतवार सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार गत वर्षको भन्दा यस वर्ष बैंकले ७८ दशमलव ५८ प्रतिशत बढी खुद नाफा गरेको छ ।

गत वर्ष तेस्रो त्रैमाससम्म १ अर्ब १ करोड २७ लाख १३ हजार रुपैयाँ खुद नाफा गरेको बैंकले यस वर्षको सोही अवधिसम्म १ अर्ब ८० करोड ८४ लाख ८३ हजार रुपैयाँ यो खुद नाफा गरेको हो ।

यस वर्ष बैंकको सञ्चालन नाफा पनि ७४ दशमलव ४१ प्रतिशत बढी भएको छ । गत वर्ष १ अर्ब ४८ करोड ८९ लाख ६ हजार रुपैयाँ सञ्चालन नाफा गरेको बैंकले यस वर्ष १२ अर्ब ५९ करोड ६७ लाख ७६ हजार रुपैयाँ यो नाफा गरेको हो ।

तेस्रो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा भने ९८ करोड ४६ लाख ४९ हजार रुपैयाँ रहेको छ । यो अवधिसम्म बैंकले रेगुलेटरी रिजर्भमा ९ करोड १४ लाख ३८ हजार रुपैयाँ छुट्याएको छ ।

यस वर्ष १० दशमलव ८५ प्रतिशत बोनस शेयर मार्फत चुक्तापूँजी बढाएर १३ अर्ब ८७ करोड ८४ लाख ७४ हजार रुपैयाँ पुगेको बैंकको जगेडा कोष रकम ४८ दशमलव ६५ प्रतिशत बढी ३ अर्ब ८० करोड ४० लाख ४६ हजार रुपैयाँ कायम भएको छ ।

गत वर्षभन्दा यस वर्ष ९ दशमलव ५७ प्रतिशत बढी निक्षेप संकलन गरेको बैंकले १६ दशमलव ५५ प्रतिशत बढी कर्जा प्रवाह गरेको छ । यो वर्ष बैंकले १ खर्ब २७ अर्ब ६९ करोड ६५ लाख ८५ हजार रुपैयाँ निक्षेप संकलन गरेको हो भने १ खर्ब २९ अर्ब ४ करोड १५ लाख ८५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको हो ।

गत वर्ष शून्य दशमलव ९८ प्रतिशत रहेको बैंकको निष्क्रिय कर्जा अनुपात यस वर्ष १ दशमलव शून्य ९ प्रतिशत पुगेको छ । तेस्रो त्रैमाससम्म बैंकको प्रतिशेयर आम्दानी १७ दशमलव ३७ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १३५ दशमलव ४९ रुपैयाँ रहेको छ । बैंकले २० दशमलव १५ प्रतिशत तरलता व्यवस्थापन गरेको छ ।

अन्तर्राष्ट्रिय योग दिवसमा नेपाल एसबीआई बैंकद्वारा सातै प्रदेशमा योग कार्यक्रम

अन्तर्राष्ट्रिय योग दिवसमा नेपाल एसबीआई बैंकद्वारा सातै...

वि.सं.२०८३ असार ८ सोमवार ०९:२२

काठमाडौं। नेपाल एसबीआई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय योग दिवस २०२६ को...

सानिमा रिलायन्स लाइफलाई ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ द इयर २०२६’ अवार्ड

सानिमा रिलायन्स लाइफलाई ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ...

वि.सं.२०८३ असार ८ सोमवार ०९:१७

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले ‘१८औँ कर्पोरेट बिजनेस...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा हिमस्टार

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा...

वि.सं.२०८३ असार ६ शनिवार १६:३९

  काठमाडौं । नेपाली इलेक्ट्रोनिक्स बजारमा विगत २७ वर्षदेखि एक...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही सिफारिशबारे अन्तरक्रिया सम्पन्न

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही...

वि.सं.२०८३ असार ६ शनिवार १६:२३

काठमाडौं, असार ५ – नेपाल बीमा प्राधिकरणको आयोजनामा कुपण्डोलस्थित केन्द्रीय...