CG Electronics
IME Life
NIMB

एफसी चितवनको जर्सी र प्रायोजकहरू सार्वजनिक

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED


काठमाडौं । नेपाली फुटबलको इतिहासमै पहिलोपटक अक्सनमा आधारित फ्रेन्चाइज नेपाल सुपर लीग (एनएसएल) आजबाट शुरू हुँदैछ । अन्तर्राष्ट्रिय स्तरमा अभ्यास हुँदै आएको भएता पनि यस्तो प्रकृतिको खेलकुद प्रतियोगिता नेपालमा पहिलोपटक गर्न लागिएको हो । प्रतिष्ठित व्यवसायिक घरानाहरूले विभिन्न प्रतिष्पर्धी टीमहरूको स्वामित्व ग्रहण गर्न थालेपछि यो प्रतियोगिता झन बढी प्रतिष्पर्धात्मक एवम् रोमान्चकारी हुने देखिएको छ ।

यसै क्रममा आसन्न प्रतियोगितामा आइएमई ग्रुप अन्तर्गत संचालित गेम अन प्रा.लिले एफसी चितवन टीमको जर्सी र प्रायोजकहरू सार्वजनिक गरेको छ । शनिबार पानीपोखरीस्थित आइएमई ग्रुपको केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रमकावीच एफसी चितवनका प्रवन्ध निर्देशक सचिन ढकाल र लि–निङ्गका प्रवन्धक कृतराज महर्जनले संयूक्त रूपमा जर्सी सार्वजनिक गर्नुभएको हो । अवदेखि एफसी चितवनका खेलाडी एवम् सम्बद्धले लि–निङ्ग ब्राण्डका पोशाक पहिरने छन् । डीस होम फाइबर नेट मूख्य प्रायोजक रहेको एफसी चितवनमा आइएमई लिमिटेड, आइएमई पे, आइएमई लाइफ, आइएमई जनरल इन्सोरेन्स, आइएमई ट्राभल, हिमालयज अन टप, अनकोर मिडियाले प्रायोजन गर्नेछन् ।

उक्त कार्यक्रममा गेमअन प्रा.लि एवम् एफसी चितवनका प्रवन्ध निर्देशक सचिन ढकाल, अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष उपेन्द्रमान सिंह, जर्सीका प्रायोजक लि–निङ्ग नेपालका प्रवन्धक कृतराज महर्जन, एफसी चितवनका मूख्य प्रशिक्षक मेघराज के.सी, मार्की प्लेयर भरत खवास, टीम म्यानेजर रूपेश अधिकारी र आइएमई फाउन्डेसनका कार्यक्रम संयोजक राजु पौडेलले सम्बोधन गर्नुभएको थियो ।
जर्सी सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै एफसी चितवनका प्रवन्ध निर्देशक सचिन ढकालले कोभिड– १९ को अप्ठ्यारोमा परिस्थितिमा हुन् लागेको यस प्रतियोगितामा एफसी चितवनले हाम्रो सपनालाई साकार पार्ने विश्वास व्यक्त गर्नुभयो । अन्तर्राष्ट्रिय स्तरमा अभ्यास हुँदै आएको यस्तो प्रतियोगिता नेपालमा पहिलोपटक गर्न लागिएको बताउँदै प्रवन्ध निर्देशक ढकालले यो प्रतियोगितापछि नेपाली फुटबलको नयाँ कोर्ष शुरू हुने उल्लेख गर्नुभयो ।

विश्वकपमा अर्कै देशको टीमलाई समर्थन गर्दै खेलको मनोरन्जन लिनुपरेको स्मरण गर्दै ढकालले त्यस्तो अवस्थालाई अन्त्य गर्न आसन्न प्रतियोगितामा आइएमई ग्रुप अन्तर्गत संचालित गेम अन प्रा.लिले एफसी चितवन टीमको स्वामित्व ग्रहण गरेको हो । खेलकुदका क्षेत्रमा युवा पुस्तामा बढ्दो आकर्षण रहेको अवस्थामा समस्त दर्शकलाई भरपुर मनोरन्जन पनि प्राप्त हुने र स्वयम् खेलाडीहरुलाई पनि प्रोत्साहन मिल्ने देखेर हामीले यो प्रयासको थालनी गरेका हौँ । विश्वका कैयन राष्ट्रहरूले खेलकुदका क्षेत्रबाट ठूलो आम्दानी प्राप्त गरिरहेका छन् । एफसी चितवन टीममा आवद्ध खेलाडीहरूको खेल कौशल देख्दा अव नेपालमा पनि त्यो दिन धेरै टाढा नभएको ढकालले उल्लेख गर्नुभयो ।

तपाइँहरूकै सहयोगका कारण नेपालको खेल क्षेत्रले एउटा नयाँ कोर्ष शुरू गर्ने मौका पायो, त्यसको प्रतिफल तपाइँको व्यापार व्यवसायमा पुग्ने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गर्दै प्रवन्ध निर्देशक ढकालले एनएसएल सुपर लीगमा एफसी चितवन टीमलाई स्पोन्सर गर्नुहुने सम्पूर्ण कम्पनी प्रति हार्दिक प्रकट गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष उपेन्द्रमान सिंहले फेन्चाइज प्रतियोगितामा विभिन्न व्यावसायिक समूहहरू विभिन्न टीमको स्वामित्व ग्रहण गरेपछि नेपाली फुटबल नयाँ यूगमा प्रवेश गरेको प्रतिक्रिया दिनुभयो । यसले नेपालमा फुटबललाई व्यावसायिकतामा रूपान्तरण गर्ने बताउँदै उपाध्यक्ष सिंहले खेलाडीहरूको भविष्य समेत सुरक्षित रहने उल्लेख गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै एफसी चितवनका मुख्य प्रशिक्षक मेघराज के.सीले नेपालमा व्यवसायिक फुटवलको जति विकास हुनुपर्ने थियो त्यति नभइरहेको अवस्थामा कर्पोरेट हाउसहरूले देखाएको स्वस्फुर्त इच्छाले अव नेपाली फुटवल खेलको स्तरोन्नतिमा महत्तपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै गेमअन प्रा.लि एवम् एफसी चितवनसँग आवद्व संस्था आइएमई फाउन्डेसनका कार्यक्रम संयोजक राजु पौडेलले यो प्रतियोगिता आइएमई ग्रुपको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत हुन लागिरहेको जानकारी दिँदै एफसी चितवन टीमलाई ट्रफी चुम्न सफलता प्राप्त होस् भनि शुभकामना व्यक्त गर्नुभयो ।
गेमअन प्रा.लि बारे

गेम अन प्रा.लि खेल र खेलकुदको क्षेत्रलाई प्रवद्र्घन एवम् व्यवस्थापन गर्ने उद्देश्यले स्थापित एक कम्पनी हो । आइएमई फाउन्डेसनसँग सम्बन्धित यस कम्पनीले खेलकुद क्षेत्रलाई संस्थागत गर्न खेलाडीहरूको सीप विकास गर्ने र व्यावसायिकता बढाउनका लागि काम गर्दै आइरहेको छ । खेलकुद विशेषतः फुटबलमा गहिरो अभिरूची राख्दै आएका यूवा उद्यमी सचिन ढकालले यो कम्पनीलाई नेतृत्व प्रदान गर्दै आइरहेका छन् । आइएमई फाउन्डेसन मार्फत खेलकुदका क्षेत्रमा योगदान पु¥याउँदै आएको ग्रुपको खेलकुदका क्षेत्रमा यो दोस्रो प्रयास हो ।

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...