नेसनल लाइफ इन्स्योरेन्सको तेस्रो त्रैमासमा खुद नाफा ३२ करोड २५ लाख ७० हजार रुपैयाँ
Wednesday May 12, 2021
वि.सं.२०७८ वैशाख २९ बुधवार १३:४०

काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३२ करोड २५ लाख ७० हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
कम्पनीले गत वर्षको यसै अवधिको तुलनामा २।२०५ ले मात्र खुद नाफा वृद्धि गरेको हो । गत वर्ष भने यसले ३१ करोड ५६ लाख २१ हजार रुपैयाँ नाफा गरेको थियो ।
नेसनल लाइफ इन्स्योरेन्सको रिजर्भ कोष ६।४७ प्रतिशत र जीवन बिमा कोषमा पनि २७।५६ प्रतिशतले सुधार भएको छ । खुद बिमा शुल्क पनि ५३।६८ प्रतिशत ले बढेर ८ अर्ब ६९ करोड भन्दा बढी पुगेको छ ।
चुक्ता पुँजी १० प्रतिशतले बढेको छ । तर पुँजी अनुसार नाफा बढ्न नसक्दा प्रतिसेयर आम्दानी भने ९७ पैसाले घटेर १२ रुपैयाँ ६८ पैसा कायम भएको छ । प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ १ पैसा छ ।
























