CG Electronics
IME Life
NIMB

आफैले प्रयोग गर्दै आएको गाडी दिएर मनकारी श्रेष्ठले सिन्धुबासीलाई गरे सहयोग

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED
चौतारा । सिन्धुपाल्चोकका पूर्व सञ्चारकर्मी, समाजसेवी एवं ब्यवसायी कमल प्रसाद श्रेष्ठले सिन्धुपाल्चोकका कोभिड–१९ बाट संक्रमीतहरुका लागि गाडि सहयोग गरेका छन् ।
पत्रकार महासंघ सिन्धुपाल्चोकले स्थापना गरेको कोभिड–१९ राहत कोषले जिल्ला कोभिड संकट व्यवस्थापन समिति( डिसिएमसी) संग समन्वय गरी सञ्चालन गर्न श्रेष्ठले प्रयोग गर्दै आएको बा ३ च ६७७ नम्बरको ल्याण्डक्रुजर गाडि सहयोग गरका छन । काेभिड-१९ को पहिलाे चरणमा आफुले भाेगेकाे स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै जन्मभुमिका जनताले यस्तो समस्या बेहोर्नु नपरोस भनेर समस्यामा परेका जिल्लावासीहरुलाई सहज रुपमा सहयोग पुर्याउन सकियोस भन्नेतर्फ आफू लागि परेको श्रेष्ठले बताउनु भयो।
कोभिड -१९ का संक्रमीतका लागि पत्रकार महासंघ सिन्धुपाल्चोकले स्थापना गरेको कोभीड -१९ राहत कोषले जिल्ला मा रहेका स्वास्थ्य संस्था संग समनन्वय गरी संचालन गर्ने गरी आफुले प्रयोग गर्दै आएको गडि जिल्ला पत्रकार माहासंघका उपाध्यक्ष दीनेश थापालाई हस्तानतरण गरेका हुन् ।
पत्रकार महासंघ जिल्ला शाखाको अधिनमा रहने गरी जिल्लाका सबै कोभिड संक्रमितहरुलाई आवश्यकता अनुसार प्रयोग गर्न आफुले गाडि सहयोग गरेको श्रेष्ठले बताउनु भयो। ‘जिल्लामा सवारी साधन अभावमा कोभिड–१९ बाट समस्यामा परेका जिल्लावासीहरुलाई नेपाल पत्रकार महासंघ सग समन्वय गरी नि:शुल्क प्रयोग गर्न आफुले गाडि उपलब्ध गराएको व्यवसायी श्रेष्ठले बताउनु भयो। श्रेष्ठ जिल्लाबाट प्रकाशितहुने सिन्धुज्वाला साप्ताहिकमा लामो समय व्यवस्थापकीय भूमिका निर्वाह गर्नुभएको थियो ।
उनी अहिले जलविद्युत क्षेत्रका सफल व्यावसायी समेत हुनुहुन्छ। चौतारा सागाचोकगढी नगरपालिका कुभिण्डे निवासी श्रेष्ठ नेकपा (माओवादी) केन्द्रका जिल्ला नेता समेत हुन् । मनकारी श्रेष्ठले नि:शुल्क प्रदान गरिएको गाडिले जिल्लामा क्रियासिल पत्रकार लगाएत सर्वसाधारण जनतालाई समेत सहयोग पुग्ने पत्रकार महासंघ जिल्ला शाखाका अध्यक्ष जीवनप्रसाद श्रेष्ठले बताउनु भयो।
पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...