CG Electronics
IME Life
Ncell NPL

यो सरकारले राम्रो काम गर्न सकेन हामी सिद्धिन्छौ : अध्यक्ष प्रचण्ड

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले परिणाम देखिने गरी काम नगरे हामी सिद्धिने स्थीतिमा पुग्छौ त्यसकारण पनि काम गर्नुको विकल्प नरहेको बताए ।

 

स्थानीय तहदेखि केन्द्रसम्म नै धेरै जनताको सर्मथनप्राप्त सरकार रहेको बेलामा पनि काम गर्न नसकिए सकिने खतरा हुने टिप्पणी गरे ।

 

जिल्ला समन्वय समिति चितवनको दोस्रो जिल्ला सभाको उद्घाटन सत्रलाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘विकास निर्माण र रचनात्मक काममा प्रतिपक्षले पनि सहयोग गर्छु भनेको छ, तलदेखि माथिसम्म नै हाम्रो सरकार छ, यतिबेला गर्न नसके दोष कसलाई दिने ?’ जनताले दिएको विश्वास अनुसार सबैै सरकारहरुले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने अध्यक्ष उनको भनाइ छ ।

 

‘हामीले काम गर्न सकेनौं भने जनताले हामीलाई पत्याइदिरहनु पर्दछ भन्ने आवश्यकता छैन, जनताले विकल्प खोज्छन्’ अध्यक्ष प्रचण्डले अगाडि थपे, ‘यो त कम्युनिष्ट पार्टीका लागि निकै दुर्भाग्यको विषय हुन्छ ।’

 

हरेक स्थानीय तहले प्राथमिकता निर्धारण गरेर हरेक बर्ष गर्ने कामको योजना बनाउने र जनतालाई यथार्थ विषयका बारेमा जानकारी दिन सक्नुपर्ने उनको भनाइ छ ।

 

फरक प्रसंगमा प्रचण्डले चीन, भारत र नेपाल मिलेर संयुक्त रुपमा ठूला परियोजनाहरु निर्माणका लागि अहिलेको समय अनुकुल भएको बताए ।

 

‘हामीले १२र१५ हजार मेगवाटका ठूला विद्युत परियोजनाहरु निर्माण गरी अन्तर्देशीय सम्बन्धलाई मजवुत बनाउन सक्छौं, अब हाम्रो ध्यान यता जान जरुरी छ’ अध्यक्ष प्रचण्डले भने ‘अब एक्सनमा जाने बेला भएको छ ।’

 

सरकारको अधिनायकवादी शैलीलाई रोक्नु पर्छ देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार अधिनायकवाद उ शैलीमा अघि बढिरहेको टिप्पणी गरेका छन । सरकारको उक्त शैलीलाई असफल बनाउन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन समेत दिएका छन् ।

 

मुलुकलाई सबै खालको अन्यायबाट मुक्त बनाउन कांग्रेस बलियो शक्तिको रुपमा स्थापित हुन जरुरी रहेको भन्दै देउवाले राष्ट्रिय हितका लागि पार्टीको स्वार्थ अनुकुल अघि बढ्न पनि नेता, कार्यकर्तालाई आहृवान गरे ।

 

पार्टीको विधान संशोधन प्रारिम्भक मस्यौदामा सुझाव संकलनका लागि सोमबार पार्टी कार्यालय सानेपामा आयोजित प्रदेशस्तरीय भेलामा उनले राष्ट्रलाई सबै खालको अन्यायबाट मुक्त गराउने कामको नेतृत्व लिने बेला पार्टीका नेता, कार्यकर्ताहरु विगतमा अलमलिएर बस्न नहुने पनि स्पष्ट पारे । सभापति देउवाले मुलुकका लागि अत्यन्तै राम्रो संविधान बनाउने नेतृत्व लिएको कांग्रेसले पार्टीको विधान पनि राम्रो बनाउनुपर्ने आवश्यकता पनि औंल्याए ।

 

सभापति देउवाले संविधानलाई आधार बनाएर पार्टीलाई बलियो बनाउने गरी विधान संशोधन प्रस्ताव तयार पार्न पनि विधान संशोधन मस्यौदा समितिलाई आग्रह गरे । पार्टीको विधान संशोधन मस्यौदा समितिले तयार पारेको प्रारम्भिक मस्यौदामाथि सोमबारदेखि सुझाव संकलनको काम सुरु गरिएको हो ।

 

विधान संशोधन मस्यौदालाई अन्तिम रुप दिन कांग्रेसले प्रदेश स्तरीय छलफल सुरु गरेको हो । प्रदेशबाट आउने छलफलपछि त्यसलाई अन्तिम रुप दिने समितिका संयोजक एवम् कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए ।

 

विधान संशोधन प्रारम्भिक मस्यौदामा निर्वाचन समिति, अनुशासन समिति, सक्रिय सदस्य छानबिन समितिलगायतका समितिहरु पनि प्रस्ताव गरिएको छ । समितिले तयार पारेको विधान संशोधन मस्यौंदालाई कांग्रेसको मंसिरमा आयोजना हुने महासमिति बैठकले छलफल गरी अनुमोदन गर्नेछ ।

पुँजीगत भुक्तानीमा ढिलासुस्ती हटाउन सरकारको नीतिगत सुधार

पुँजीगत भुक्तानीमा ढिलासुस्ती हटाउन सरकारको नीतिगत सुधार

वि.सं.२०८३ वैशाख ८ मंगलवार १४:४३

काठमाडौं । विकास निर्माणका काममा लामो समयदेखि देखिँदै आएको भुक्तानी...

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब नाघ्दा पनि व्यापार घाटा १२ खर्ब ६७ अर्ब पुग्यो

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब...

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:३१

काठमाडौं । चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो ९ महीना...

‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन तथा सम्मान कार्यक्रम सम्पन्न

‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन तथा सम्मान कार्यक्रम...

वि.सं.२०८३ वैशाख ७ सोमवार २३:४३

  काठमाडौं । ‘अभिभावक शिक्षा आजको आवश्यकता’ भन्ने मूल नारासहित...

लुम्बीनी केबलकारको सञ्चालन आम्दानी १२ करोड ३० लाख रुपैयाँ, सवा २ अर्बमा पाँचतारे होटल बनाउँदै

लुम्बीनी केबलकारको सञ्चालन आम्दानी १२ करोड ३०...

वि.सं.२०८३ वैशाख ७ सोमवार १२:१८

  काठमाडौंं । आईएमई समूहद्वारा प्रवद्र्धित लुम्बिनी केवलकार लिमिटेडले व्यावसायिक...

जुम्लाको कनकासुन्दरीले संघीय निर्णय उल्टायोः आइतबार विद्यालय बन्द नहुने, वैशाख ७ देखि पठनपाठन सुरु गर्ने

जुम्लाको कनकासुन्दरीले संघीय निर्णय उल्टायोः आइतबार विद्यालय...

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:२२

जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिकाले संघीय सरकारका दुई महत्वपूर्ण निर्णयलाई...

अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:१८

काठमाडौं । अर्थ मन्त्रालयले सरकारी कर्मचारीहरूको तलब–भत्ता भुक्तानी प्रणालीमा परिवर्तन...