CG Electronics
IME Life
NIMB

अर्घाखाँची सिमेन्टद्धारा स्वास्थ्य चौकी निर्माण गरि सियारी गाँउपालिकालाई हस्तान्तरण

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

मैनहिया,रुपन्देही । अर्घाखाँची सिमेन्टद्धारा स्वास्थ्य चौकी निर्माण गरि सियारी गाँउपालिकालाई हस्तान्तरण । देशकै सबैभन्दा ठूलो र उत्कृष्ट मध्यको एक अर्घाखाँचीसिमेन्ट प्राइभेट लिमिटेडले सियारी गाँउपालिका वडा नं–२ मैनहियामानिर्मित मैनहिया स्वास्थ्यचौकी भवनको उद्घाटन गरेको छ ।

भैरहवा । विकास निर्माण कार्यहरुमा सरकारी निकायले गर्ने ढिला सुस्तीलाई सियारी गाउँपालिकामा निर्माण भएको स्वास्थ्य चौकीले चुनौती दिएको छ । शिलान्यास भएको १ सय १० दिनमा पूर्ण भवन सहितको स्वास्थ्य चौकी एक कार्यक्रमका बिच आज सियारी गाउँपालिकालाई हस्तान्तरण गरिएको छ ।

सियारी गाउँपालिकामै रहेको अर्घाखाँची सिमेन्ट प्रालीले उक्त भवन निर्माण गरि गाउँपालिकालाई प्रदान गरेको हो । माघ २० गते तत्कालीन कृषि तथा पशुपंक्षी बिकास मन्त्री घनश्याम भुसालले शिलान्यास गरेको भवन बुद्ध जयन्तीको अवसर पारेर गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । ७० लाख भन्दा बढी लगानी रहेको उक्त अस्पतलाको संरचना ३ तल्लासम्म निर्माण गर्न सकिने अर्घाखाँची सिमेन्ट प्रालीका प्रवन्ध निर्देशक राजेश कुमार अग्रवालले जानकारी दिए । उनले भवन निर्माण गरि गाउँपालिकालाई प्रदान गरिएको र यसको सञ्चालनको पाटो गाउँपालिकाको नै रहेको बताए । प्रालीले सामाजिक उत्तर दायित्व अन्र्तगत निर्माण गरेको उक्त भवनमा अन्य कुनै आवश्यकता परे त्यसतो सहयोगको लागी पनि प्राली तत्पर रहने प्रतिवद्धता जनाए ।

सियारी गाउँपालिकाका अध्यक्ष अयोध्या थारुले उक्त भवनलाई हाल कोभिड बिशेष अस्पतालको रुपमा प्रयोग गरिने जनाए । अहिले १५ शैयाको अस्पतालको रुपमा रहेको उक्त भवनमा अक्सिजन सहितको कोभिडका बिरामीका लागी बैकल्पिक अस्पतालको रुपमा र त्यसपछि नियमित स्वास्थ्य चौकीकै रुपमा प्रयोग गर्ने गाउँपालिकाको योजना रहेको उनले सुनाए ।

भवन हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोज प्रसाद श्रेष्ठले स्थानिय तहहरु एक्लै नभई वरिपरिका ३–४ वटा स्थानिय तह मिलेर ब्यवस्थित अस्पताल सञ्चालन गर्न जोड दिए । अहिले अब्यवस्थित रुपमा अक्सिजनको भरमा मात्र सञ्चालन रहेका आइसोलेसन सेन्टरका कारण झन जोखिम बढेको बताउदै उनले दक्ष जनशक्तिबाट अस्पताल सञ्चालनमा जोड दिएका हुन् । उनले अर्घाखाँची सिमेन्ट जस्तै अन्य निजि क्षेत्रहरुले पनि यो महामारीमा हातेमालो गरे यसबाट छिट्टै पार पाउन सहज हुने बताए ।अहिले पनि महामारी रहेकोले सरकारले तोकेको स्वास्थ्य मापदण्डहरु पालन गर्न उनले अपिल गरेका छन् । सरकारले तोकेको निशेद्याज्ञाको पालन गरि महामारीबाट जोगिन उनले आम जनमानसमा आग्रह गरेका छन् ।

यस्तै कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य तुलसी प्रसाद चौधरीले निजि क्षेत्र र सरकारी निकायहरुको सहकार्यले मात्रै बिकास निर्माणका कामहरुले गति लिने बताए । माघ २० गते निर्माण सुरु भएको उक्त भवन असार मसान्तसम्म सकिने लक्ष्य रहेको थियो । तर, उक्त भवन लक्ष्य भन्दा करिब ५० दिन अगावै तयार भएको हो ।

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...