CG Electronics
Ncell NPL
NIMB

ज्योति बैंक चुक्तापूँजीमा देशकै ठूलो विकास बैंक बन्दै

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

jyoti bikas bank

 

काठमाण्डौ । चुक्तापुँजीको हिसाबले ज्योति विकास बैंक देशकै सबैभन्दा ठूलो विकास बैंक बन्ने भएको छ । यो बैंकले हाम्रो विकास बैंकलाई १ बराबर १ को सेयर स्वाप अनुपातमा गाभ्ने निर्णय गरेको हो ।

एक्वीजिसनको प्रक्रियालाई निश्कर्षमा पुर्याउन ज्योतिले आगामी असोज २९ गते आफ्नो ११ औं वार्षिक साधारणसभा आह्वान गरेको छ ।

सभाले हाम्रो विकास बैंकलाई अक्वायर गर्ने प्रस्ताव पारित गर्नेछ । डिडिएले हाम्रोलाई बराबरी हैसियतमा गाभ्न सकिने तथ्य प्रस्तुत गरेपछि सोही अनुसार ज्योति अगाडि बढेको हो ।

ज्योतिमा बराबरी हैसियतमा गाभिन लागेको  हाम्रो विकास बैंकको चुक्तापूँजी ४९ करोड २२ लाख रुपैयाँ रहेको छ । गाभिएपछि ज्योति विकास बैंकको चुक्तापूँजी ३ अर्ब ८ करोडको उचाईमा पुग्नेछ ।

यसैगरी, साधारणसभामा हाल कायम संस्थापक सेयरधनीको सेयर स्वामित्व हिस्सा घटाउने उद्देश्यले २४ लाख ५० हजार ९ सय ६० कित्ता संस्थापक सेयर सर्वसाधारणमा परिणत गर्ने प्रस्ताव समेत पेश हुँदैछ । हाल बैंकमा संस्थापक समूहको हिस्सा ६०.४५ प्रतिशत रहेको छ । यसलाई बैंकले ५१ प्रतिशतमा झार्न खोजेको हो ।

साधारणसभामा आर्थिक वर्ष २०७४/७५ को नाफाबाट सेयरधनीलाई ८.४० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव समेत अजेण्डाको रुपमा प्रस्तुत हुनेछ ।

यसैबीच, बैंकले साधारणसभा प्रयोजनको लागि असोज १५ गतेदेखि बुक क्लोज गर्नेछ । यसको अर्थ असोज १४ गतेसम्म ज्योति विकास बैंकको सेयर खरीद गरेका वा आफ्नो नाममा नामसारी गरेकाहरुले घोषित नगद लाभांश पाउनेछन् भने साधारणसभामा समेत सहभागिता जनाउन पाउनेछन् ।

 

 

चिनियाँ वैज्ञानिकद्वारा बहुवर्षीय धानको बीउ विकास: अब वर्षौंसम्म एउटै बोटबाट धान फल्ने

चिनियाँ वैज्ञानिकद्वारा बहुवर्षीय धानको बीउ विकास: अब...

वि.सं.२०८३ वैशाख ६ आइतवार १७:५७

  काठमाडौं । हजारौं वर्षदेखि किसानहरूले हरेक सिजनमा धानको बीउ...

रौं भेटिएपछि एसियन बिस्कुटलाई २ लाख रुपैयाँ जरिवाना

रौं भेटिएपछि एसियन बिस्कुटलाई २ लाख रुपैयाँ...

वि.सं.२०८३ वैशाख ६ आइतवार ११:५७

  काठमाडौं । सुनसरीको दुहबीमा रहेको एसियन बिस्कुट एण्ड कन्फेक्सनरी...

चलचित्र पत्रकार संघमा पुनः समीर बलामीको नेतृत्वमा नयाँ कार्यसमिति

चलचित्र पत्रकार संघमा पुनः समीर बलामीको नेतृत्वमा...

वि.सं.२०८३ वैशाख ६ आइतवार ११:५५

काठमाडौं । चलचित्र पत्रकार संघ नेपालको २७औँ साधारण सभा तथा...

२० करोडभन्दा बढी कारोबार गर्ने व्यवसायीका लागि विद्युतीय बिल अनिवार्य

२० करोडभन्दा बढी कारोबार गर्ने व्यवसायीका लागि...

वि.सं.२०८३ वैशाख ६ आइतवार ११:५१

काठमाडौं। अब वार्षिक २० करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने व्यवसायीले...

पालिका र वडाको संख्या तथा सीमा हेरफेर गर्न मन्त्रालयले माग्यो सुझाव

पालिका र वडाको संख्या तथा सीमा हेरफेर...

वि.सं.२०८३ वैशाख ६ आइतवार ०७:३३

काठमाडौं । गाउँपालिका, नगरपालिका तथा वडाको संख्या तथा सीमा हेरफेरबारे...

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’: सुमित्रा कार्की

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’:...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार २३:५२

  काठमाडौँ: NIICE की निर्देशक सुमित्रा कार्कीले भारत हुँदै हिन्द...