Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

ट्रकले माइक्रो हान्दा दुई महिलाको मृत्यु, ८ घाइते, ट्रक र बस जुधे, १६ घाइते, दुई गम्भीर

Machhapuchchhre Bank Limited

 

तनहुँमा  मंगलबार  बिहान भएको दुर्घटनामा दुई महिलाको मृत्यु भएको छ ।

पोखराबाट भैरहवातर्फ आउँदै गरेको लु१ख ४१९४ नं को ट्रक र दमौलीबाट पोखरातर्फ जाँदै गरेको बा३ख ४४४२ नं को माइक्रोबस म्याग्दे गाउँपालिका–४ मनहरीमा ठक्किँदा दुवै जनाको मृत्यु भएको हो ।

 

उनीहरुको नाम र ठेगाना खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

 

दुर्घटनामा आठ जना घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल लगिएको छ ।

 

मृतकको परिवारलाई सहयोग 

सवारी दुर्घटनामा ज्यान गुमाएका तनहुँको भानु नगरपालिका–१ साजबोटेका ज्ञानबहादुर तामाङको परिवारलाई प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले रु १० हजार सहयोग गरेका छन् ।

 

सांसद श्रेष्ठले तामाङकी श्रीमतीलाई सो सहयोग हस्तान्तरण गरेका हुन् । उनले तामाङको परिवार र उनका छोराछोरीलाई शिक्षादिक्षा तथा जीविकोपार्जनका लागिसमेत सहयोग गर्ने आश्वासन दिएका छन् ।

ट्रक र बस जुधे, १६ घाइते, दुई गम्भीर

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैँडाकोट नगरपालिका–१६ मा मंगलबार ट्रकसँग बस ठोक्किँदा १६ यात्रु घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

लु१ख ६७५४ नं को ट्रकमा पश्चिमतर्फ जाँदै गरेको लु२च ३९६ नं को बस ठोक्किएको हो । सामान्य घाइते आठ जना उपचारपछि घर फर्किसकेका छन् । अन्य आठ जनाको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

 

सुुनवल नगरपालिका–४ का २१ वर्षीया पवित्रा कुँवर र पाल्पा आलेभञ्याङ्का ३५ वर्षीय पदमबहादुर कुँवरको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

विगतमा जस्तो सधैँ सत्ता र राजनीतिक अस्थिरतामै रुमलिनु हुँदैन : मन्त्री गुरुङ

विगतमा जस्तो सधैँ सत्ता र राजनीतिक अस्थिरतामै...

वि.सं.२०८१ पुस १ सोमवार १५:२४

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकार अस्थिर...

विकास र पर्यावरणीय दिगोपन बीचको सन्तुलन मिलाउन गम्भीर चुनौतीहरूको सामना गर्नुपरेको छ  : अर्थमन्त्री

विकास र पर्यावरणीय दिगोपन बीचको सन्तुलन मिलाउन...

वि.सं.२०८१ असोज ५ शनिवार २१:१७

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले त्रिभुवन विश्वविद्यालय र...

सञ्चार क्षेत्र राज्यको नजरमा पर्न सकेको छैन : मन्त्री गुरुङ

सञ्चार क्षेत्र राज्यको नजरमा पर्न सकेको छैन...

वि.सं.२०८१ असोज २ बुधवार १५:२९

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले...

नेपालको संविधानले राजनीतिक व्यवस्थामा ठूलो परिवर्तन गरेको छ : गृहमन्त्री

नेपालको संविधानले राजनीतिक व्यवस्थामा ठूलो परिवर्तन गरेको...

वि.सं.२०८१ असोज २ बुधवार १४:४८

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपालको वर्तमान संविधान अहिलेसम्म कै...

संघीयता निजामती ऐनको अभावले कर्मचारी उत्तरदायी हुन सकेका छैनन्  : सभामुख घिमिरे

संघीयता निजामती ऐनको अभावले कर्मचारी उत्तरदायी हुन...

वि.सं.२०८१ असोज २ बुधवार १३:१७

    काठमाडौं । सभामुख देवराज घिमिरेले संघीयता निजामती ऐनको...

खुला अर्थव्यवस्था अप्रत्यक्ष रुपमा संकुचित हुँदैछ : अध्यक्ष ढकाल

खुला अर्थव्यवस्था अप्रत्यक्ष रुपमा संकुचित हुँदैछ :...

वि.सं.२०८१ असोज २ बुधवार ११:५०

काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले खुला...