CG Electronics
IME Life
NIMB

उत्साहप्रद र जपपक्षीय बजेट छ, सबै मिलेर कार्यान्वयन गरौँ  : अध्यक्ष ढकाल

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED


काठमाडौं ।आकार ठूलो, तर स्रोत जुटाउने आधार भरपर्दो नदेखिएको भन्दै अध्यक्ष ढकालले बजेटले भौगोलिक, क्षेत्रीय तथा बर्गीय रुपमा सन्तुलनमा दिन नसकेको बताए

काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले सरकारले ल्याएको आर्थिक वर्ष २०७८÷७९ बजेट उत्साहप्रद र जपपक्षीय बजेट रहेको बताउदै यसको सबै मिलेर कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् । अध्यक्ष ढकालले सामाजिक सञ्जाल मार्फत आफ्नौ प्रतिक्रिया दिदै बजेटका उद्धेश्य र प्राथमिकता सहि देखिन्छ । समष्टिमा बजेटले महामारी नियन्त्रणमा जोड, सामाजिक सुरक्षामा प्राथमिकता तथा पूर्वाधार निर्माणमा जोड दिएकोले जनतामा उत्साह र आशा अभिबृद्धि गरेको छ र हामि  सबै मिलेर कार्यान्वयन गर्नुपर्नेमा उनको जोड छ ।

अध्यक्ष ढकालले सरकारले पनि एक संयत्रनै निर्माण गरेर कार्यन्वयनको पक्षमा ध्यान दिनु पर्दछ । कोभिड–१९ महामारीको उच्च संक्रमणको अहिलेको अवस्थामा सरकारले स्वास्थ्य सुरक्षा, उपचार र कोभिडको निधानकै लागि अधिक बजेट विनियोजन गरेको देखिएको बताएका छन् । जसका कारण यस पटक सरकारले स्वास्थ्य क्षेत्रमा मात्र १.२ खर्ब छुट्याएको छ । महामारी नियन्त्रणमा केन्द्रित भएर बजेट ल्याउनु सकारात्मक सकारात्मक पक्ष हो उनले भनेका छन् ।

सरकारले आगामी वर्षको आर्थिक वृद्धिदर ६.५ प्रतिशत हुने अनुमान गरेको छ । कोरोना महामारी नियन्त्रण हुने र आर्थिक गतिविधिमा पुनरुत्थान हुने विश्लेषणका आधारमा यो अनुमान गरिएको देखिन्छ । आलोचकको दृष्टिमा यो बजेट राजनीतिक स्वार्थ पूरा गर्ने, प्रचारमुखी र पपुलिस्ट पनि देखिन सक्छ तर यसकोे कार्यान्यन भए जनताले राहत पाउने अध्यक्ष ढकाललको भनाई छ ।

बजेटमा यो वर्षको संशोधित खर्च भन्दा झण्डै तीस प्रतिशतले बढी खर्च गर्ने र राजश्वको अनुमान २५ प्रतिशतले थप्ने कुरा सजिलो छैन। खर्च र राजश्व संकलनमा चुनैती देखिन्छ । १०.५ प्रतिशतले बजेटको आकार बढे पनि चालु र पूँजी खर्च गत वर्षको भन्दा पनि कम छ ।

आकार ठूलो, तर स्रोत जुटाउने आधार भरपर्दो नदेखिएको भन्दै अध्यक्ष ढकालले बजेटले भौगोलिक, क्षेत्रीय तथा बर्गीय रुपमा सन्तुलनमा दिन नसकेको बताए  । समाजमा मानबिय मूल्यमान्यता तथा नैतिकताको खडेरी पर्दै गएको र पारिबारिक मूल्यमान्यता पनि खण्डित हुदै गएकोमा यसको पुन–उत्थानको लागि पनि बजेटले ध्यान दिन नसेकोको ढकालको भनाई छ ।

निषेधाज्ञा अवधिभरका लागि विद्युत, खानेपानी, खाद्यान्न खरिद लगायतमा छुट दिने घोषणा जनपक्षीय छ । उत्पादनमूलक उद्योग, होटल तथा चलचित्र क्षेत्रलाई निषेधाज्ञा अवधिभर विद्युतको डिमान्ड शुल्क छुट दिने, श्रमजीवी पत्रकारका लागि ७ लाख सम्मको दुर्घटना बीमा तथा निसुल्क उपचार, कर्मचारीको तलबमा वृद्धि तथा कर्मचारीलाई भत्ता दिएर घुम्न पठाइने, ज्येष्ठ नागरिक भत्ता वृद्धि, सुरक्षाकर्मीको रासन भत्ता बृद्धि, शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाख रुपैयाँसम्म ऋण, गरिब परिवारको पहिचानका लागि ’राज्य सुविधा परिचय–पत्र’ प्रदान गर्ने लिन बाँकी सबैलाई निःशुल्क दिने जस्ता कार्यक्रमले सरकार जनउत्तरदायी देखिन्छ ।

त्यसैगरी दरबार संग्रहालयदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालासम्मको क्षेत्रलाई समेटेर सेन्ट्रल पार्क निर्माण गर्ने, विद्युतीय सवारी साधनमा लाग्दै आएको अन्तशुल्क पूरै मिना, ५ सय विद्युतीय सवारी चार्जिङ स्टेशन बनाउने, काठमाडौँमा साझा यातायातसँगको सहकार्यमा १ सय वटा विद्युतीय बस चलाउने र सामाजिक उत्तरदायित्व अन्तर्गतको रकम पनि खर्चमा देखाउन पाउने, कर बुझाउने वित्तिक्कै स्वतः कर चुक्ताको प्रमाणपत्र पाउने र यसले खाता प्रमाणित गर्नुपर्ने झण्झट नहुने, २० लाख सम्मको आम्दानीमा ९० प्रतिशत आयकर छुट जस्ता विषय सम्बोधन भएकाले यो बजेट सकारात्मक छ ।

बजेटले उद्योग निजि क्षेत्रका उधोग व्यवसायीहरुका लागि तथा सहकारी क्षेत्रको लागी पनि खुशीको बहार ल्याएको छ ।  अध्यक्ष ढकालले आफ्नो दलले  बजेटको स्वागत गर्दछ र गुण र दोषको आधारमा समर्थन र आलोचना गर्ने उनको भनाई छ ।  सरकारले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ  । यो गत आर्थिक बर्षको भन्दा १०.५ प्रतिशतले बढी हो ।

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...