CG Electronics
IME Life
NIMB

प्रदेश सभा सदस्य नेपालको नेतृत्वमा स्वास्थ्य सामाग्री वितरण

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

सिन्धुपाल्चोक । पछिल्ला दिनहरुमा कोभिड-१९ को दोश्रो संक्रमणको लहर जिल्लाका गाउँ -गाउँसम्म फैलिए पछि जनप्रतिनिधिहरु समेत स्वास्थ्य सामाग्री सहित आ-आफ्नो निर्वाचन क्षेत्रका गाउँपालिका स्वस्थ्य चौकी पुग्न थालेका छन।

पुर्व मन्त्री तथा प्रदेश सभा सदस्य अरुण नेपालको नेतृत्वमा सिन्धुपाल्चोक क्षेत्र न. १ का स्थानीयनिकाय मार्फत स्वास्थ्य चौकीहरुमा वितरणका लागि कोभिड- १९ महामारीसंग सम्वन्धित स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ।

जिल्लाको बाह्रविसे नगर पालिका सहित बलेफी, जुगल,सुनकोशी, लिसंखु,खाडीचौर,त्रिपुरा सुन्दरी र भोटेकोशी गाउँपालिकामा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो। स्थानीय जनप्रतिनिधिहरु मार्फत स्वास्थ्य चौकीहरुमा स्वास्थ्य सामाग्री बितरणका लागि स्थानीय निकाय नगर पालिका र गाउँपालिकाहरुमा हस्तान्तरण गरिएको प्रदेश सभा सदस्य अरुण नेपालले बताउनु भयो। कोभिड-१९ रोग रोकथाम, पीडितलाई राहत तथा सहयोग पुर्याउन र आवस्यक स्वास्थ्य सामाग्री जुटाउन प्रदेश सभा सदस्य नेपालको संयोजकत्वमा एक समिति पनि गठन गरिएको छ।

समिति मार्फत उपलब्ध स्वास्थ्य सामाग्री एवं राहतलाई समानुपातिक तवरमा वितरण गर्दै लगिने नेपालले बताउनु भयो। प्रदेश सभा सदस्य नेपालको अगुवाईमा जिल्लाका ब्यवसायी एवं पार्टीका नेताहरु टपेन्द्र तिमिल्सिना,प्रदिप पौडेल,सागर घिमिरे,आङदोर्जे शेर्पा,लाक्पा शेर्पा कृष्ण कार्की,तिर्थ पौडेल, दामोदर ढकाल लगायतको सक्रियतामा बाह्रविसे नगर पालिका सहित ७ वटा गाउँपालिकामा अत्यावश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको थियो। कोरोना महामारीको विषम घडीमा सहयोग पुर्याउनुहुने सम्पुर्ण सहयोगी दाताहरुलाई संसद नेपालले धन्यवाद व्यक्त गरेका छन।

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...