CG Electronics
IME Life
NIMB

कोरोनाकालमा आमजनजीवनलाई सुरक्षित राख्ने प्रयासमा नै केन्द्रित रहने दाबी  : डिआईजी रबिन्द्र धानुक

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । नेपाल प्रहरीका डिआईजी रबिन्द्र धानुकले आफू सरुवा भएपछि पेचिलो स्टाटस् र तस्विर आफ्नो फेसबुकमा लेखेका छन् । उनले राज्यको कानून कार्यान्वयनकर्ताको रुपमा आमजनतामा शान्ति सुरक्षा र न्यायको अनुभूति दिलाउनु प्रहरीको मुख्य जिम्मेवारी भएको बताउँदै करिव चौध महिनाको कार्यकाल खासगरी कोरोना महामारीमापरिचालित भई आमजनजीवनलाई सुरक्षित राख्ने प्रयासमा नै केन्द्रित रहेको दाबी गरेका छन् ।
डीआईजी धानुकले लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट सरुवा भई जांदै गर्दाको यस घडिमा संगठनले सुम्पेको जिम्मेवारी व्यावसायिक सक्षमताका साथ निर्बाह गर्न सहयोग र सहकार्य गर्ने सम्पुर्ण सहकर्मी प्रहरी अधिकृत तथा जवान साथीहरु, अन्य सुरक्षा निकायका पदाधिकारीहरु, अन्य सरोकार निकाय तथा संघसंस्था, संचारकर्मी मित्रहरु एवम् प्रदेशवासी आमजनताको सहयोग र सुभेच्छाका लागी हार्दिक आभार एवम् धन्यवाद दिएका छन् ।
उनले कोरोना संक्रमणको माहामारी कालमासमेत आम जनताको जीवन रक्षाको खातिर सेवा भावनाका साथ दत्तचित्त र तल्लिन रहन पाउंदा गर्व लागेको बताएका छन् । काठमाडौं सूवा भएका डिाईजी धानुक नेपाल सरकार, गृह मन्त्रालय, संगठन प्रमुख एवम् लुम्बिनी प्रदेश सरकार प्रति लुम्बिनी प्रदेश प्रहरी प्रमुखको चुनौतिपूर्ण अभिभारा सफलतापुर्वक पुरा गर्न गरेको मार्गदर्शन एवम् अभिभावकत्व प्रति समेत अनुगृहीत भएको बताउँदै प्रहरी सेवाको दौरानमा आगामी दिनमा पनि यस्तै सहयोग र सुभेच्छाको अपेक्षा राखेको बिचार ब्यक्त गर्छन् । गृहमन्त्रालयले डिआईजी र एसएसपीहरुको सुरुवा गरेपछि अहिले प्रहरी प्रमुखहरुको जिम्मेवारी हेरफेर भएको छ ।

डिआईजी धानुकको मनछुने स्टाट्सः

हार्दिक आभार एवम् धन्यवाद ज्ञापन

राज्यको कानून कार्यान्वयनकर्ताको रुपमा आमजनतामा शान्ति सुरक्षा र न्यायको अनुभूति दिलाउनु प्रहरीको मुख्य जिम्मेवारी हो। लुम्बिनी प्रदेश प्रहरी प्रमुखको हैसियतले मेरो नेतृत्वमा लुम्बिनी प्रदेश प्रहरीका सम्पुर्ण प्रयासहरु यसैमा केन्द्रित छन् भन्ने मलाई लाग्छ। करिव चौध महिनाको कार्यकाल खासगरी कोरोना महामारीमा ँचयलत ीष्लभच को रुपमा परिचालित भई आमजनजीवनलाई सुरक्षित राख्ने प्रयासमा नै केन्द्रित रह्यो। यस क्रममा आम जनताको जीवन रक्षाको खातिर सेवा भावनाका साथ दत्तचित्त र तल्लिन रहन पाउंदा गर्व लागेको छ।
आज लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट सरुवा भई जांदै गर्दाको यस घडिमा संगठनले सुम्पेको जिम्मेवारी व्यावसायिक सक्षमताका साथ निर्बाह गर्न सहयोग र सहकार्य गर्ने सम्पुर्ण सहकर्मी प्रहरी अधिकृत तथा जवान साथीहरु, अन्य सुरक्षा निकायका पदाधिकारीहरु, अन्य सरोकार निकाय तथा संघसंस्था, संचारकर्मी मित्रहरु एवम् प्रदेशवासी आमजनताको सहयोग र सुभेच्छाका लागी हार्दिक आभार एवम् धन्यवाद ज्ञापन गर्न चाहन्छु। यस अवसरमा नेपाल सरकार, गृह मन्त्रालय, संगठन प्रमुख एवम् लुम्बिनी प्रदेश सरकार प्रति लुम्बिनी प्रदेश प्रहरी प्रमुखको चुनौतिपूर्ण अभिभारा सफलतापुर्वक पुरा गर्न गरेको मार्गदर्शन एवम् अभिभावकत्व प्रति समेत अनुगृहीत भएको छु। प्रहरी सेवाको दौरानमा आगामी दिनमा पनि यस्तै सहयोग र सुभेच्छाको अपेक्षा राखेको छु।
धन्यवाद, जयनेपाल।
मितिः २०७८ जेष्ठ ०९ गते ।

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...