शिव सागर खड्काको आवाजमा रहेको गीत ‘निष्ठुरी भयौ रे’ को म्युजिक भिडियो सार्वजनिक
Friday Jun 25, 2021
वि.सं.२०७८ असार ११ शुक्रवार २३:४०

काठमाडौँ । शिव सागर खड्काको आवाजमा रहेको गीत ‘निष्ठुरी भयौ रे’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । आजै सार्वजनिक यस गीतको भिडियो निर्देशन विशाल नेपालीले गरेका हुन् ।
नयाँ पुस्ताका प्रेमी(प्रेमिकाबीचको प्रणय प्रसङ्ग समेटिएको गीतमा एलिना चौहान र शिव सागर खड्काको स्वर रहेको छ । निर्देशक विशालको शब्द रहेको गीतमा गायक खड्काले नै सङ्गीत दिएका छन् ।
बिग नेपाली फिल्ममार्फत आजै सार्वजनिक म्युजिक भिडियोको छायाङ्कन हेलो बर्गर र बिग नेपाली फिल्ममार्फत आजै सार्वजनिक म्युजिक भिडियोको छायाङ्कन हेलो बर्गर र केएफसी चिकेनमा गरिएको गायक खड्काले बताएका छन् ।
यस गीतको भिडियो छायाङ्कन दिनेश पराजुलीले गरेका हुन् । यसअघि खड्काका ‘ट्राफिक जाम, यो नयाँ जोडी र भन सरकार धरहरा खोइ’ गीतका म्युजिक भिडियोहरू सार्वजनिक भइसकेका छन् ।























