CG Electronics
IME Life
NIMB

नबिल बैंकद्वारा “नबिल दिगो बैंकिङ्ग” को उद्घोष्

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED


काठमाडौं । नबिल बैंकले नबिल दिगो बैंकिङ स्थापनाको घोषणा गरेको छ । बैंकले मंगलबार एक भर्चअल कार्यक्रममार्फत सो घोषणा गरेको हो । नबिल दिगो बैंकिङको माध्यमबाट बैंकले अहिलेसम्म बैंकिङ नगरेकाहरूलाई वित्तीय पहुच प्रदान गर्दै देशको सबैभन्दा दुर्गम स्थानहरूमा उद्यमशिलतालाई प्रवद्र्धन गर्ने उद्देश्यअनुसार नबिल दिगो बैंकिङ स्थापनाको घोषणा गरिएको हो ।

संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यहरूसँग पंक्तिबद्ध भएर नबिल दिगो बैंकिङले भौगोलिक, जनसांख्यिकीय र आर्थिक स्तरसम्म गएर सुदृढ नेपालको लागि स्थायी लघुउद्यम सिर्जना गर्नको निमित्त सुविधाहरू प्रदान गर्ने सोच नबिलले लिएको छ ।

बैंकका अध्यक्ष श्री उपेन्द्र प्रसाद पौड्यालले भने, “समग्र बैंकिङ क्षेत्रले लाखौंको जीवनलाई छुने र सबै पक्षमा सकारात्मक प्रभावहरू ल्याउन सक्षम भएको छ । वर्षौंको दौडान, हामी साथसाथै अर्थव्यवस्थाको आकार, व्यक्तिको जीवन र व्यवसायको प्रगति भएको छ । हामीले मानिस, वातावरण, समुदाय, राष्ट्रिय अर्थव्यवस्था र पूरै देशको जीवनमा पार्ने प्रभावहरूको बारेमा सचेत रहन आवश्यक छ ।

तसर्थ, नबिल बैंकले दिगो बैंकिङ विभाग स्थापना गरेको छ । हामी नाफा अधिकतमतामा मात्र केन्द्रित नरही अधिकतम एकीकृत मूल्यमा केन्द्रित छौं जसले वित्तीय, सामाजिक र आर्थिक मूल्यलाई जोड्दछ । यसका साथ हामी लगानी गर्ने कम्पनीहरूमा पर्ने असर, समाज र समग्र इकोसिस्टममा विचार गर्नेछौं ।

नबिल दिगो बैंकिङ, बैंकिङ क्षेत्रमा एउटा नयाँ अनुशासन हो र यसले बोट–बिरुवा र मानिसहरूमा पारेको प्रभावले गर्दा यसको महत्व दिनहँु बढ्दैछ । नबिल बैंक, नेपालकै एक अग्रणी बैंकले सुदृढ नेपालका लागि दिगोपन÷स्थायित्वको अवधारणलाई आफ्नो रणनीतिगत दिशामा अपनाएको छ ।

ग्रामीण नेपाल र वित्तीय पहँुच न्यून भएका वर्गहरूका लागि उद्यमशीलताको विकास र कृषि क्षेत्रको व्यावसायीकरण गर्न बैंकले नबिल किसान कर्जा र नबिल उद्यमशील कर्जा नामक दुईवटा उत्पादन ल्याएको छ । यी उत्पादनहरू देश व्यापीरुपमा सबै शाखाहरूमा ल्याइएता पनि बैंकले सुरुमा छानिएका १७ वटा ग्रामीण शाखाहरूमा ग्रामीण नेपालमा दीर्घकालीन प्रभाव पार्न दिगो क्रियाकलापअन्तर्गत केन्द्रित रहनेछ ।

आफ्ना दिगो प्राथमिकता तर्फ कार्य गर्दै, बैंकले प्राविधिक शिक्षा र व्यावसायिक प्रशिक्षण परिषद् (सिटिईभिटी) का साथ समझौता पत्रमा पनि हस्ताक्षर गरेको छ । बैंकले यस समझौता मार्फत देशभरिका सिटिईभिटी पास गरेका र योसँग सम्बद्ध व्यक्तिहरूलाई आफ्नो दिगो तथा अन्य लघूवित्त÷वञ्चित क्षेत्रका उत्पादनहरू प्रदान गर्नुपर्नेछ । समझौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र सिटिईभिटीका सदस्य सचिव श्री जीव नारायण काप्mलेले हस्ताक्षर गरे ।

आफ्नो देशभर १ सय १९ वटा शाखा कार्यालय, १ सय ८५ एटीएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरू सहित विभिन्न देशमा रहेका एजेन्टको बृहत सन्जाल मार्फत निरन्तर गुनस्तरीय सेवा प्रवाह गरिरहेको छ । एक उच्च प्रशिक्षित समूह र मजबुत र सुरक्षित बैंकिङ प्रणालीको साथ तीन दशकभन्दा बढीको बैंकिङ अनुभवको साथ, बैंक ग्राहकहरूलाई मूल्य अभिवृद्धि गर्न उच्च सेवा वितरणको लागि लक्षित छ ।

इटालीमा तीन नेपाली फोटोग्राफरको प्रदर्शनी

इटालीमा तीन नेपाली फोटोग्राफरको प्रदर्शनी

वि.सं.२०८३ असार १ सोमवार २३:२०

  काठमाडौं । इटालीको लोनाटो डेल गार्दामा ‘नेपाल टुडे: इन...

फिफा विश्वकप डिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा प्रत्यक्ष प्रसारण हेर्न सकिने

फिफा विश्वकप डिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा...

वि.सं.२०८३ असार १ सोमवार २३:१७

  काठमाडौं । विश्व फुटबलको सबैभन्दा ठूलो महोत्सव फिफा विश्वकप...

नाडा र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच सहकार्य हुने

नाडा र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच...

वि.सं.२०८३ असार १ सोमवार २३:१४

  काठमाडौं । नाडातर्फबाट अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको एक...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले भारतको इन्द्रप्रस्थ अपोलो अस्पतालमा उपचार गर्दा विशेष छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले भारतको इन्द्रप्रस्थ...

वि.सं.२०८३ असार १ सोमवार २३:०९

  काठमाण्डौ — नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता...

कुमारी बैंकलाई ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२६’ मा प्लेटिनम अवार्ड, अन्तर्राष्ट्रिय स्तरमा सम्मान

कुमारी बैंकलाई ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२६’...

वि.सं.२०८३ असार १ सोमवार २३:०३

  काठमाण्डौ — कुमारी बैंक लिमिटेडले प्रतिष्ठित अन्तर्राष्ट्रिय ‘इन्फोसिस फिनाकल...

अन्तर्राष्ट्रिय महिला व्यापार मञ्च सुरु : नीतिगत सुधारमार्फत महिला उद्यमीको सशक्तीकरणमा जोड

अन्तर्राष्ट्रिय महिला व्यापार मञ्च सुरु : नीतिगत...

वि.सं.२०८३ असार १ सोमवार २३:००

  काठमाण्डौ— उद्यमी महासङ्घ नेपाल (एफवेन) को नेतृत्वमा ‘अन्तर्राष्ट्रिय महिला...