ज्योति विकास बैंकको “ज्योति विकास बैंक बोन्ड २०८७” ऋणपत्र निष्काशन
Saturday Jul 03, 2021
वि.सं.२०७८ असार १९ शनिवार १७:०९

ज्योति विकास बैंकले २०७८ असार २० गते देखि रु। एक हजार अंकित दरका १५ लाख कित्ताले हुन आउने रु। १।५ अर्ब रुपैयाँको “ज्योति विकास बैंक बोन्ड २०८७” ऋणपत्र निष्काशन खुल्ला गरेको छ। बैंकले निष्काशनको निमित्त एनआईबिएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकका रुपमा नियुक्त गरेको छ।
९ वार्षिक ब्याजदरले अर्धवार्षिक रुपमा ब्याज भुक्तानी गर्ने गरि १० वर्ष अवधिको लागि ऋणपत्र निष्काशन गरिएको हो। रु। १।५ अर्बको ऋणपत्र मध्ये सर्वसाधारण लगानीकर्ताहरुका लागि रु। ६० करोड र व्यक्तिगतरविभिन्न संघसंस्थाहरुका लागि रु। ९० करोड निष्काशन तथा बिक्री खुल्ला गरेको हो।उक्त ऋणपत्रमा न्युनतम आवेदन २५ कित्ता देखि अधिकतम आवेदन सम्पूर्ण कित्ता रहेको छ।
लगानीकर्ताहरुले यस ऋणपत्रमा नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सिआस्वामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।
ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ ब्त्ः वटा मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ।
























