IME Life
NIMB

भारत निरन्तर अमेरिकालाई चिढाउँदै, रुससँग मिसाइल सम्झौता

NIMB
Himalayan Bank

भारतले रसियासँग एस–४०० मिसाइल प्रणाली खरिदको सम्झौतामा हस्ताक्षर गर्ने तयारी गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको बीचमा आगामी साता हुने वार्षिक सम्मेलनको क्रममा यस किसिमको सम्झौता हुन लागेको हो ।

अमेरिकाले रुससँग हतियार तथा मिसाइल किन्ने मुलुकहरुमाथि प्रतिबन्ध लगाउने बताउँदै आएको अवस्थामा भारतले यस्तो तयारी गरेको हो । भारतले यो प्रणाली नकिनेको खण्डमा रुसले पाकिस्तानलाई सो मिसाइल प्रणाली बिक्री गर्ने तयारी गरेसँगै भारत सम्झौतामा हस्ताक्षर गर्ने अवस्थामा पुगेको हो ।

 

अधिकारीहरुले यो सम्झौता भारतको स्वतन्त्र कूटनीतिको एक उदाहरण रहेको बताएका छन् । यसले आगामी दिनमा भारत हतियार खरिदको लागि कुनै पनि मुलुकहरुसँग निर्भर नरहने सन्देश दिएको उनीहरुले बताएका छन् ।

 

यसअघि भारतको सरकारले ५ एकाइ एस–४०० मिसाइल प्रणाली खरिदको सम्झौता पारित गर्ने निर्णय गरेको थियो । यो सम्झौताले आगामी दिनमा रुससँगको सम्बन्धमा पनि महत्वपूर्ण सुधार आउने अनुमान गरिएको छ ।

 

रुससँग हतियार खरिद गर्ने मामिलामा भारतमाथि कुनै किसिमको प्रतिबन्ध नलगाउनका लागि प्रधानमन्त्री मोदी अमेरिकालाई मनाउने प्रयासमा रहेका छन् ।

 

भारतको ६० प्रतिशत सैन्य हतियारहरु रुसबाट आउने गर्छ । जसको कारण पनि भारत रुसप्रति केही उदार देखिएको हो । पछिल्लो समय भारत रुससँग केही बलियो सम्बन्ध विस्तार गर्ने योजनामा अघि बढिरहेको छ ।

 

यसअघि भारतले इरानसंगै पेट्रोलियम पदार्थ किन्ने भन्दै अमेरिकालाई चिढाएको थियो । (एजेन्सी)

काठमाडौंमा ‘कश्मीरको राजनीतिक भविष्य’ विषयमा अन्तरक्रिया, संवादमार्फत विवाद समाधानको आवश्यकता औंल्याइयो

काठमाडौंमा ‘कश्मीरको राजनीतिक भविष्य’ विषयमा अन्तरक्रिया, संवादमार्फत...

वि.सं.२०८३ साउन २१ बिहीवार ११:१३

  काठमाडौं। नेपालस्थित पाकिस्तान दूतावासले काठमाडौंमा ‘कश्मीरको राजनीतिक भविष्यः कानुनी, कूटनीतिक...

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो, लाभांश क्षमता ६.५४ प्रतिशतमा सीमित

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो,...

वि.सं.२०८३ साउन २१ बिहीवार १०:२५

  काठमाडौं । खुद ब्याज आम्दानीमा आएको गिरावट र इम्पेयरमेन्ट...

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

वि.सं.२०८३ साउन १९ मंगलवार १०:५४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले...

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको पर्याय बन्दै नेपाली सेना

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३८

  नेपालको सुन्दरता जति मनमोहक छ, यहाँको भूगोल पूर्वाधार विकासका...

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी वितरण

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी...

वि.सं.२०८३ साउन १८ सोमवार २३:३२

  काठमाडौं, साउन १८। हङकङमा क्रियाशील ब्रदर्स एफसी (Brothers FC...

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३९

  काठमाडौं । बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको खबर सार्वजनिक...