उद्योग परिसंघका नवनिर्वाचित पदाधिकारीलाई महासंघले यसरी गर्यो भब्य स्वागत
Tuesday Aug 03, 2021
वि.सं.२०७८ साउन १९ मंगलवार १८:४४

काठमाडौँ । मुलुकको समृद्धिका लागि निजी क्षेत्रका संस्थाहरूले संस्थागत सहकार्य र कार्यगत एकता गर्दै साझा एजेण्डामा काम गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले नेपाल उद्योग परिसंघका नवनिर्वाचित पदाधिकारीहरूको सम्मानमा महासंघमा गरेको स्वागत कार्यक्रमा यस्तो जोड दिइएको हो ।
महासंघका अध्यक्ष शेखर गोल्छाले सीआनआईका पदाधिकारीहरूको स्वागत गर्दै कार्यगत एकताको प्रस्ताव राखे । निजी क्षेत्रको प्रवर्द्धनका लागि काम गर्न अपरिहार्य भएकाले दुवै संस्थाबीच साझा एजेण्डा तय गरेर अगाडी जानुपर्नेमा सो अवसरमा जोड दिइएको महासंघले जनाएको छ । त्यसका लागि एउटा स्थायी प्रकृतिको संयन्त्रनै निर्माण गरेर जान सकिने बताईको छ । यसका लागि छिट्टै संस्थागत सहकार्यलाई औपचारिकता दिनुपर्नेमा पनि दुई संस्था सहमत भएका छन् ।
कोरोना महामारिबाट मुलुकको अर्थतन्त्र उद्योग व्यवसाय कमजोर बनेका समयमा श्रमिक कामदारको तलवको विषय, कृषिमा विदेशी लगानी, बन्द हड्ताल लगायतका इस्यूमा भएका सहकार्यबाट निकै ठूलो सफलता प्राप्त भएकाले आगामी दिनमा पनि प्राथमिकता तय गरी जानुु पर्ने उनीहरुले बताएका छन् ।
सीएनआईका नवनिर्वाचित अध्यक्ष विष्णु कुमार अग्रवालले संस्थागत सहकार्यका लागि महासंघले राखेको प्रस्तावमा सहकार्य गर्न सीएनआई तयार रहेको बताए ।























