CG Electronics
IME Life
NIMB

लामो समयदेखि नेपाली वित्तीय बजारमा एनएमबि बैंकले कसरी मार्यो फड्को ? यस्तो छ बैंकको नालीबेली

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौँ ।  सन् २००८ मा नेपाल राष्ट्र बैंकद्वारा “क” वर्गको वित्तीय संस्थाका रूपमा इजाजतपत्र प्राप्त गरी १४ वर्षभन्दा लामो समयदेखि नेपाली वित्तीय बजारमा एनएमबि बैंक लिमिटेड नेपालकै अग्रणी वाणिज्य बैंकहरू मध्येकाे अब्बल दर्जाको उम्दा बैंक हो ।

बैंकमा नेदरल्याण्ड स्थित अन्ट्रप्रेनियुरियल डेभेलपमेण्ट बैंकको संयुक्त लगानी रहेको छ। सेप्टेम्बर २०१६ मा संयुक्त लगानी सम्झौतामा हस्ताक्षर गरेसँगै, १४.१८% सेयर सहित, एफएमओ बैंकको सबैभन्दा ठूलो शेयरधनी बनेको हो। एफएमओसँगको गठबन्धनले एनएमबि बैंकलाई वातावरणीय र सामाजिक जोखिमहरू व्यवस्थापन गर्न र नवीकरणीय ऊर्जा र कृषि व्यवसायमा अग्रणी भुमिका खेल्न मद्दत गर्दछ।

दि ब्याङ्कर, द फाइनंशियल टाइम्स, लन्डनले एनएमबि बैंकलाई ‘बैंक अफ द यियर २०१७’ र ‘बैंक अफ द यियर २०१८’ गरि दुइ वर्ष लगातार सम्मानित गरेको छ।

बैंककाे व्यवस्थापनकाे बारेमा कुरा गर्नुपर्दा यस बैंककाे अध्यक्षमा पवन कुमार गोल्यान रहेका छन् । गोल्यान नेपालको उत्पादनमूलक क्षेत्रका लागि पर्यायजस्तै नाम हो । उनले रिलायन्स स्पिनिङ मिल्स, ट्राइकोट इन्डस्ट्रिज तथा शिवम् प्लास्टिकलगायतका निकासीजन्य उद्योग सञ्चालन गरिरहेका छन् ।

बैंककाे प्रमुख कार्यकारी अधिकृतमा सुनिल के.सी. रहेका छन् । प्रमुख कार्यकारी अधिकृतमा नियुक्त हुनुभन्दा ८ वर्ष अघिदेखि नै उनी बैंककै नायब प्रमुख कार्यकारी अधिकृतको रूपमा आवद्ध रहेका थिए । २७ वर्ष बैंकिङ क्षेत्रमा बिताएका केसीले तत्कालिन ग्रिण्डलेज (अहिलेको स्ट्यान्डर्ड चार्टर्ड) बैंकबाट करियर सुरु गरेका हुन् । सन् २००८ मा उनी फाइनान्सियल मार्केट हेड भएपछि एनएमबीमा नायव महाप्रबन्धकका रुपमा छिरेका थिए।
केही वर्षपछि नै उनलाई बैंकले नायव प्रमुख कार्यकारी अधिकृत बनाएको थियो। स्नातकसम्म विज्ञान पढेका केसीले पछि एमबिए गरेका हुन्।

बैंककाे सञ्चालकमा विदेशी रणनीतिक साझेदार एफएमओको तर्फबाट संस्थापक शेयरधनी निको पिल, कर्मचारी संचय कोषको तर्फबाट संस्थापक शेयरधनी जीवन कुमार कट्वाल, सर्वसाधारण शेयरधनीबाट शिरिष कुमार मुरार्का र योगेन्द्र लाल प्रधान तथा स्वतन्त्र सञ्चालकमा प्रदिपराज पाण्डे रहेका छन् ।

एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमाससम्म आइपुग्दा बैंकले २ अर्ब ५१ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत वर्षकाे सोही अवधिको तुलनामा ८७.८० प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा बैंकले १ अर्ब ३३ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो ।

तेस्रो त्रैमाससम्म आइपुग्दा बैंकले ४ अर्ब ३० करोड ९० लाख १८ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षकाे यसै अवधिकाे तुलनामा ०.३१ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा बैंकले ४ अर्ब २९ कराेड ५७ लाख ७७ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियाे ।

हालसम्म बैंककाे सञ्चालन नाफा पनि ८७.७८ प्रतिशतले बढेर ३ अर्ब ६१ करोड ७६ लाख रुपैयाँ पुगेको छ ।

त्यस्तै, बैंककाे चुक्ता पूँजी १६ अर्ब ३२ करोड रुपैयाँ, जगेडा कोषमा ४ अर्ब ४८ करोड ७३ लाख रुपैयाँ, प्रतिशेयर आम्दानी २० रुपैयाँ ६४ पैसा र प्रतिशेयर नेटवर्थ १४५ रुपैयाँ ३२ पैसा रहेकाे छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बैंककाे १६ कराेड ३२ लाख ५९ हजार ६ सय १६ कित्ता सेयर सूचिकृत छ । नेप्सेमा आइतबार बैंककाे सेयरमूल्य ४ सय ४७ रूपैयाँ कायम भएको थियो । बैंकको सेयर एक वर्षयता न्युनतम ३ सय २१ रूपैयाँ र अधिकतम ५ सय ५ रूपैयाँमा कारोबार भएको छ । बैंककाे पछिल्लो १२० दिनको औषत मूल्य ४ सय २९ रूपैयाँ ६७ पैसा रहेको छ । बैंककाे सेयरमूल्यमा धेरै फरक भएकाे पाइएकाे छैन ।

बैंककाे ९ आर्थिक वर्षकाे लाभांश इतिहास नियाल्दा बैंकले सबैभन्दा धेरै आर्थिक वर्ष २०७५/७६ मा ३५ प्रतिशत लाभांश (२१ प्रतिशत बाेनस र १४ प्रतिशत नगद) वितरण गरेकाे थियाे भने सबैभन्दा थाेरै आर्थिक वर्ष २०७१/७२ मा ८.४२ प्रतिशत लाभांश (८ प्रतिशत बाेनस र ०.४२ प्रतिशत नगद) वितरण गरेकाे थियाे ।

बैंककाे सेयरमा ९ वर्ष अगाडि दश हजार रूपैयाँ लगानी गर्ने लगानीकर्ताकाे पुँजी बैंकले विभिन्न आर्थिक वर्षहरूमा वितरण गरेकाे बाेनसबाट अहिले बढेर एक लाख १४ हजार रूपैयाँ भन्दा धेरै पुगेकाे छ ।

एनएमबि बैंक लिमिटेड​को ९ वर्षको लाभांश इतिहास यस प्रकारकाे छ :

१. आर्थिक वर्ष २०६७/६८ : आर्थिक वर्ष २०६७/६८ मा बैंकले आफ्ना ९ प्रतिशत नगद लाभांश मात्र वितरण गरेकाे थियाे । याे वर्ष बैंकले बाेनस दिएकाे थिएन ।

२. आर्थिक वर्ष २०६९/७० : आर्थिक वर्ष २०६९/७० मा बैंकले आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत नगद लाभांश मात्र वितरण गरेकाे थियाे । याे वर्ष पनि बैंकले बाेनस दिएकाे थिएन ।

३. आर्थिक वर्ष २०७०/७१ : आर्थिक वर्ष २०७०/७१ मा बैंकले आफ्ना सेयरधनीहरूलाई २० प्रतिशत बाेनस र १.०५ प्रतिशत नगद गरि कूल २१.०५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

४. आर्थिक वर्ष २०७१/७२ : आर्थिक वर्ष २०७१/७२ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ८ प्रतिशत बाेनस र ०.४२ प्रतिशत नगद गरि कूल ८.४२ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

५. आर्थिक वर्ष २०७२/७३ : आर्थिक वर्ष २०७२/७३ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १९ प्रतिशत बाेनस र १ प्रतिशत नगद गरि कूल २० प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

६. आर्थिक वर्ष २०७३/७४ : आर्थिक वर्ष २०७३/७४ मा पनि बैंकले आफ्ना सेयरधनीहरूलाई १५ प्रतिशत बाेनस र ०.७८९५ प्रतिशत नगद गरि कूल १५.७८९५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

७. आर्थिक वर्ष २०७४/७५ : आर्थिक वर्ष २०७४/७५ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत बाेनस र २० प्रतिशत नगद गरि कूल ३० प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

८. आर्थिक वर्ष २०७५/७६ : आर्थिक वर्ष २०७५/७६ मा बैंकले आफ्ना सेयरधनीहरूलाई २१ प्रतिशत बाेनस र १४ प्रतिशत नगद गरि कूल ३५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

९. आर्थिक वर्ष २०७६/७७ : आर्थिक वर्ष २०७६/७७ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १३ प्रतिशत बाेनस र ३.२ प्रतिशत नगद गरि कूल १६.२ प्रतिशत लाभांश वितरण गरेकाे छ ।

बैंकमा लगानी कति सुरक्षित ?

बैंककाे मूल्य आम्दानी अनुपात (पिई रेसियो) २१.०२ रहेकाे छ । सामान्यत पिई रेसियो १५ भन्दा कम भएको कम्पनी लगानीका लागि आकर्षक मानिन्छ । पिई रेसियो २० प्रतिशतसम्मलाई पनि लगानीका लागि खासै जोखिम नभएको ठानिन्छ । सेयर बजारमा पनि बैंककाे स्थान राम्राे छ । लगानीकर्ताहरूले राेज्ने वाणिज्य बैंककाे सूचीमा याे बैंक पनि पर्दछ । आर्थिक रूपमा पनि बैंक बलियाे छ । बैंककाे लाभांश इतिहास पनि राम्राे छ ।

बैंककाे समग्र अवस्थालाई राम्ररी नियाल्दा बैंकमा लगानी गर्नु त्यति जोखिम नरहेकाे जनाउँछ । बैंककाे सेयरमा दिर्घकालिन लगानी गर्ने लगानीकर्ताले राम्रै नाफा कमाउने देखिन्छ ।

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

साङ्ग्रिला डेभलपमेन्ट बैंकद्वारा दार्चुलामा नि:शुल्क आँखा शिविर सम्पन्न, ७०० भन्दा बढी लाभान्वित

साङ्ग्रिला डेभलपमेन्ट बैंकद्वारा दार्चुलामा नि:शुल्क आँखा शिविर...

वि.सं.२०८३ असार ३ बुधवार ०७:३२

काठमाडौं । साङ्ग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...