CG Electronics
IME Life
NIMB

६४ अर्ब ५२ करोडको कारोबार भएको शेयर बजारमा अघिल्लो साता थप के-के भयो ?

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौँ । जलविद्युत् कम्पनीको संस्थापक सेयरमा लगानी गरेका लगानीकर्ताको तीन वर्षको ‘लकिङ पिरियड’ सकिएपछि धमाधम मूल्य बढाएर बिक्री गर्न थालेपछि धितोपत्र बजारमा नयाँ–नयाँ कीर्तिमान देखिन थालेको छ ।

लगानीकर्ताको आत्मविश्वासको मात्रामा वृद्धि भएको छ भने साधारण सेयर बिक्री गर्ने कम्पनीको संख्यामा पनि वृद्धि भएको छ । बैंक तथा वित्तीय संस्थामा यथेष्ट मात्रामा तरलता भएको र लगानीको अन्य क्षेत्र विस्तार हुन नसकेपछि अधिकांशको ध्यान सेयर बजारमा केन्द्रित भएको छ । सोही कारण सेयर बजारमा कारोबार मापक नेप्सेमा लगातार वृद्धि देखिएको छ । कारोबार रकमसमेत यस साता १५ अर्ब रुपैयाँभन्दा बढी देखिएको छ ।

साउन लागेपछि लगातार उकालो लागेको नेप्सेले यस साता तीन हजार १०० विन्दुको यात्रा गरिरहेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरिरहेको जनाएको छ । केन्द्रीय बैंकले केही दिनपहिले बैंक तथा लघुवित्त संस्थाको लाभांश वितरणमा कडाइ गरे पनि बजारमा त्यसको खासै प्रभाव परेको जस्तो देखिँदैन ।

नेपाल स्टक एक्सचेन्जका अनुसार साताभर औसतमा २२६ कम्पनीको कुल १० करोड ४० लाख २४ हजार ९११ कित्ता सेयर कारोबार भयो । कुल ६४ अर्ब ५२ करोड ८७ लाख ३२ हजार ९६६ रुपैयाँ मूल्य बराबरको सेयर किनबेच भयो ।

साताको पहिलो दिन लगानीकर्ताको ध्यान जलविद्युत् कम्पनीको सेयरमा देखिएको थियो । सो दिन अधिकांश जलविद्युत् कम्पनीको सेयर मूल्यमा उच्छल आएको थियो । जलविद्युत् उपसमूहको सेयर ७९.९१ विन्दुले वृद्धि भयो । व्यापार ७०.६५, लघुवित्त ६५.२१ र उत्पादन उपसमूहको सेयर ३४.७८ विन्दुले उकालो लागेको थियो ।

त्यस दिन सिनर्जी हाइड्रोपावर, कालिका पावर घलेम्दी हाइड्रोपावर, युनिभसर्सल पावर, ग्रीनलाइफ हाइड्रोपावर र जीवन विकास लघुवित्तको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको थियो । यस्तै, ङादी ग्रुप अफ पावर ९.८३, सीईडीबी हाइड्रोपावर ९.६३, रैराङ हाइड्रोपावर ९.४५ र माउन्टेन हाइड्रोका लगानीकर्ताले ८.८४ प्रतिशतले कमाए । तर, नेप्सेमा भने झिनो सुधार मात्रै भई १.२५ विन्दुले बढेर तीन हजार ८१.०५ मा पुगेको थियो ।

ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.२४ विन्दुले बढेर ५७२.१५ मा पुगेको थियो । कुल २२६ कम्पनीको तीन करोड तीन लाख ४२ हजार ३५२ कित्ता सेयर १२ अर्ब १० करोड ३८ लाख ७१ हजार ८६२ रुपैयाँ मूल्यमा खरिद–बिक्री भए । त्यस दिनको कारोबारपछि बजार पुँजीकरण ४२ खर्ब ८५ अर्ब ८४ करोड ४५ लाख ७३ हजार ८७२ रुपैयाँ बराबर पुगेको नेप्सेको विवरणमा उल्लेख छ ।

साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक झिनो अंकले बढ्यो । नेप्से ४.०६ विन्दुले उकालो लागेर तीन हजार ८५.०७ मा पुग्यो । कारोबारका आधारमा अरुण काबेली पावर शीर्ष स्थानमा रह्यो । सो कम्पनीको ३७ करोड ७५ लाख ४७ हजार ६५० रुपैयाँ बराबरको कारोबार भयो । त्यस दिन घलेम्दी हाइड्रोपावरको सेयर १० प्रतिशतले वृद्धि हुँदा सकारात्मक सर्किट लाग्यो । कुल २२६ कम्पनीको दुई करोड १८ लाख ९४ हजार २०९ कित्ता सेयर १० अर्ब ९८ करोड ३५ लाख ९९ हजार ९४ रुपैयाँ मूल्यमा खरिद–बिक्री भए । सोमबारको कारोबारपछि बजार पुँजीकरण ४२ खर्ब ९८ अर्ब ११ करोड ७१ लाख ७६ हजार ९६६ रुपैयाँ बराबर पुग्यो । कारोबार भएका १३ उपसमूहमध्ये सोमबार पाँच उपसमूहको सेयर परिसूचक उकालो लाग्दा आठ उपसमूहको ओरालो लाग्यो ।

साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचकले कीर्तिमान कायम गर्‍यो । लगातार उकालो लाग्दै आएको नेप्सेले नयाँ इतिहास कायम ग¥यो । नेप्से २६.०२ विन्दुले उकालो लागेर तीन हजार १११.०९ मा पुग्यो । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.०६ विन्दुले बढेर ५७७.५२ मा पुग्यो । मंगलबारको कारोबारपछि बजार पुँजीकरण ४३ खर्ब ४२ अर्ब २३ करोड २७ लाख ६१ हजार ८०० रुपैयाँ बराबर पुग्यो ।

कुल २२३ कम्पनीको दुई करोड ११ लाख २९ हजार ८८ कित्ता सेयर ११ अर्ब ५२ करोड ९२ लाख १७ हजार ७७४ रुपैयाँ मूल्य बराबरको कारोबार भयो । नेप्सेका अनुसार पाँचथर पावर कम्पनी र रुरु जलविद्युत् कम्पनीको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भयो । यस्तै, जीवन विकास लघुवित्त ९.९९ र युनियन लाइफ इन्स्योरेन्सको सेयर ९.९८ प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो भने घलेम्दी हाइड्रोपावर लगानीकर्ताले ९.९८ प्रतिशतले कमाए । कारोबारका आधारमा अपि पावर कम्पनी शीर्ष स्थान रही ४६ करोड ८२ लाख १७ हजार रुपैयाँ बराबरको कारोबार भयो ।

साताको चौथो दिन बुधबार नेप्सेमा अर्को इतिहास कायम भयो । लगातार नयाँ इतिहास कायम गर्दै अगाडि बढेको नेप्सेमा दोहोरो अंकको सुधार देखियो । त्यस दिन १२.०५ विन्दुले उकालो लागेर नेप्से तीन हजार १२३.१४ मा पुग्यो । यो हालसम्मकै उच्च विन्दु हो ।

यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.७१ विन्दुले बढेर ५७८.२३ मा पुग्यो । कुल २२५ कम्पनीको दुई करोड ८८ लाख १३ हजार ८३१ कित्ता सेयर १५ अर्ब ५९ करोड ५७ लाख ९४ हजार २७१ रुपैयाँ मूल्यमा खरिद–बिक्री भए । कारोबार भएका कुल १३ उपसमूहमध्ये बुधबार सात उपसमूहको सेयर ओरालो लाग्यो भने ६ उपसमूहको सेयर मूल्यमा वृद्धि भयो ।

त्यस दिन पनि अधिकांश लगानीकर्ता जलविद्युत् कम्पनीको सेयरमा आकर्षित भए । जलविद्युत् कम्पनीले संस्थापक सेयर धमाधम बिक्री गरेका कारण पनि बजारमा जलविद्युत् कम्पनीको सेयरमा चाप परेको छ । सोही आधारमा अपि पावर कम्पनी, खानीखोला हाइड्रोपावर दिव्यश्वरी हाइड्रोपावर कालिका पावर, माथिल्लो तामाकोसी, घलेम्दी हाइड्रोपावर युनियन लाइफ इन्स्योरेन्स जीवन विकास लघुवित्तको सेयर १० प्रतिशतले उकालो लाग्दा सकारात्मक सर्किट लाग्यो ।

कारोबारका आधारमा अपि पावर कम्पनी शीर्ष स्थानमा रही ७९ करोड ५० लाख १९ हजार ३८८ रुपैयाँ बराबरको कारोबार भयो । त्यस दिन कारोबारपछि बजार पुँजीकरण ४३ खर्ब ५९ अर्ब ४७ करोड ७९ लाख ८४ हजार ८९४ रुपैयाँ बराबर पुग्यो ।

सेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबार नेप्सेमा दोहोरो अंकको गिरावट आए पनि चार कम्पनीको सेयरमा सकारात्मक सर्किट लाग्यो । लगातार कीर्तिमान बनाउँदै उकालो लागेको नेप्सेमा ‘दोहोरो अंक’को करेक्सन देखियो । त्यस दिन नेप्से १६ अंकले घटेर तीन हजार १०७.४५ मा ओर्लियो । ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.६४ ले उकालो लागेर ५७९ मा पुग्यो । कुल २२६ कम्पनीको दुई करोड ८८ लाख ४५ हजार ४३१ कित्ता सेयर १४ अर्ब ३१ करोड ६२ लाख ४९ हजार ९६५ रुपैयाँ मूल्यमा खरिद–बिक्री भए ।

कारोबार भएका १३ उपसमूहमध्ये दुई उपसमूहको सेयर उकालो लाग्दा ११ उपसमूहको सेयर भने ओरालो लाग्यो । त्यस दिन बजार बन्द हुँदा ४३ खर्ब ३७ अर्ब १७ करोड ३० लाख ६१ हजार ५६४ रुपैयाँ बराबर पुग्यो । कारोबारका आधारमा माथिल्लो तामाकोसी जलविद्युत् कम्पनी शीर्ष स्थानमा रह्यो । सो कम्पनीको ६५ करोड ३० लाख ६१ हजार २९६ रुपैयाँ बराबरको कारोबार भयो ।

साताभरमा जीवन विकास लघुवित्त ५२.२८, घलेम्दी हाइड्रोपावर ३९.०३, फस्ट माइक्रोफाइनान्स ३२.४०, कालिका पावर कम्पनी २९.९१, आँखुखोला जलविद्युत् कम्पनी २२.५५ र दिव्यश्वरी हाइड्रोपावरका लगानीकर्ताले २०.४४ प्रतिशतले कमाए । त्यस्तै, चन्द्रागिरि हिल्स ७.९४, प्रभु इन्स्योरेन्स ६.३७, गुडविल फाइनान्स ६.१५, राष्ट्रिय बिमा कम्पनीको संस्थापक सेयर ५.२९ र ग्लोबल आईएमई लघुवित्तका लगानीकर्ताले ४.५४ प्रतिशतले गुमाए ।

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को अवार्ड

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को...

वि.सं.२०८३ असार २ मंगलवार १०:२१

काठमाडौं । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला...

सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’ को बम्पर उपहार झापाका रणधीर गुप्तालाई

सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’ को...

वि.सं.२०८३ असार २ मंगलवार १०:१९

  नेपालको अग्रणी तथा विश्वासिलो मानिने इलेक्ट्रोनिक्स ब्रान्ड सिजी इलेक्ट्रोनिक्सले...

लियोनमी पी३ सिरिज नेपाली बजारमा: प्रिमियम फिचर्ससाथ पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

लियोनमी पी३ सिरिज नेपाली बजारमा: प्रिमियम फिचर्ससाथ...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१४

  नेपाली स्मार्टफोन बजारमा आफ्नो बलियो उपस्थिति जनाउँदै लियोनमीले आफ्ना...

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण, ८३ उद्योग बन्द हुने संकटमा

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण,...

वि.सं.२०८३ असार २ मंगलवार ०९:०८

काठमाडौं ।  नेपाली चिया निर्यातमा भारतीय पक्षबाट सिर्जना गरिएको गैर-भन्सार...

इटालीमा तीन नेपाली फोटोग्राफरको प्रदर्शनी

इटालीमा तीन नेपाली फोटोग्राफरको प्रदर्शनी

वि.सं.२०८३ असार १ सोमवार २३:२०

  काठमाडौं । इटालीको लोनाटो डेल गार्दामा ‘नेपाल टुडे: इन...