CG Electronics
IME Life
NIMB

नृत्य निर्देशक सङ्घ नेपालको अध्यक्षमा पुनः बुद्ध लामा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौँ ।   नृत्य निर्देशक सङ्घ नेपाल काठमाडौँ शाखाको अध्यक्षमा पुनः बुद्ध लामा निर्वाचित भएका छन् । शनिबार सङ्घको चौथो साधारण सभा तथा दोस्रो अधिवेशनबाट लामाको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएका हुन् ।

सङ्घको नयाँ कार्य समितिको दुई जना उपाध्यक्षमा अर्जुन तामाङ र महेश थापा, सचिवमा देवराज गुरुङ, सह सचिवमा छिरिङ लामा, कोषाध्यक्षमा ममता राई र सह–कोषाध्यक्षमा निरु फुँयाल निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यमा अनिल भुजेल, पूर्णबहादुर स्याङ्तान, लक्ष्मी पुरी, सरस्वती पोखरेल, समृद्धि पन्त र भक्त कुमार राई निर्वाचित भएका छन् । अघिल्लो कार्यकालमा पनि लामाको नृत्वत्वमानै कार्यसमिति गठन भएको थियो ।

सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेस बिपीका नुवाकोट जिल्ला सभापति एवं केन्द्रीय सदस्य श्यामबहादुर गुरुङले पछिल्लो समय नेपाली कला संस्कृति अतिक्रमणमा परेको बताएका छन् । संस्कृति पुर्खाले संरक्षण गरेर गएको भए पनि अहिले दोधारमा रहेको छ, उनले भने, ‘कलाकारलाई राज्यले सम्मान गर्नुपर्ने, कला संस्कृतिको जर्गेर्नामा राज्यले ध्यान दिनुपर्छ ।’ कला संस्कृतिको संरक्षण र सम्बद्र्धनका लागि आङ्खनो पार्टीले पहिलो प्राथमिकतामा राखेर काम गर्ने उनको भनाइ थियो ।

त्यस्तै नृत्य निर्देशक सङ्घ नेपालका केन्द्रीय अध्यक्ष भुवनदास श्रेष्ठले नृत्य निर्देशकको सिपी कोरोनाका कारण १८ महिना प्रयोगमा नआउँदा समस्या भएको बताएका छन् ।

कार्यक्रममा जिल्ला शाखा काठमाडौँका सल्लाकार कमल राईले गाउँघरमा विना निर्देशन राम्रो नाच्न सक्नेहरू रहेको भन्दै घरघरमा नृत्य गर्न सक्ने क्षमता भएका व्यक्तिहरू रहेको तर्क गरे । सबैले कला संस्कृतिको सम्मान गर्नुपर्ने र कोरोनाले समस्या भयो भनेर बस्नु भन्दा पनि कोरोनाको डटेर सामना गर्नुपर्ने उनले बताएका छन् । नेपाल र नेपाली सबै प्यारो रहेको भन्दै यही प्यारोपन र सौन्दर्यताका कारण आफूm मुम्बई नफर्केको हो, उनले भने ।

त्यस्तै अर्का सल्लाकार केपी पौड्यालले नृत्य ब्रम्हान्डको सञ्चार भएको बताएका छन् । नाचले मानिसको शरीरमा ऊर्जा बढाउने काम गर्ने भन्दै ‘जो नाच्न त्यो धेरै बाँच्च’ भन्ने उक्ति प्रचलनमा आएको उनले बताए । चलायमान नहुँदा मेसिनमा खिया लागेजस्तै मानिसको शरीरमा पनि खिया लाग्ने भन्दै शरीर चलायमान बनाउनका लागि पनि नृत्य अति नै अवश्य रहेको उनको भनाइ छ । धेरै नृत्यहरू लोप हुँदै गइरहेको भन्दै त्यसको संरक्षण गर्नु पर्ने उनले बताए ।

कार्यक्रममा नृत्य निर्देशक सङ्घ भक्तपुर शाखाका अध्यक्ष चूडामणि फुँयाल, ललितपुर शाखाका सचिव मिर्नरवा शर्मा राजोपाध्याय तथा पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिका सदस्य अर्जुनबहादुर तामाङ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर...

वि.सं.२०८३ असार १ सोमवार ०७:०५

  काठमाडौं, असार ३०, २०८३ (१३ जुन २०२६) — नेपालस्थित...

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन गरी सबै पद खुला

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन...

वि.सं.२०८३ जेठ ३१ आइतवार २२:०८

  काठमाण्डौ— स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४...

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच फिट ५ नेपालमा सार्वजनिक

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच...

वि.सं.२०८३ जेठ ३१ आइतवार २१:०५

काठमाडौं । हुवावेले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टवाच हुवावे वाच...

युवाको विदेशिने बाध्यता अन्त्य गर्न बजेटले जग बसाल्यो : अर्थमन्त्री डा. वाग्ले

युवाको विदेशिने बाध्यता अन्त्य गर्न बजेटले जग...

वि.सं.२०८३ जेठ ३१ आइतवार २०:५१

  काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले नेपाली युवाहरूले आफ्नो...

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन, आठौँ वार्षिक साधारण सभा सम्पन्न

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन,...

वि.सं.२०८३ जेठ ३० शनिवार २२:३३

काठमाडौँ। एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण...

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन संस्कृति र पर्यटन प्रवर्द्धनमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन...

वि.सं.२०८३ जेठ ३० शनिवार २०:१५

  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) उपत्यका समन्वय प्रदेश...