CG Electronics
IME Life
NIMB

प्रतिसेयर आम्दानी घटेपनि नेपाल लाइफको नाफा कतिले बढ्यो ?

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सको खुद नाफामा न्यून वृद्धि भएको छ । कम्पनीले शुक्रबार सार्वजनिक गरेको गत आव २०७७/७८ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार ५३ करोड ५९ लाख ४३ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

यो अघिल्लो आव २०७६/७७ को सोही अवधिको तुलनामा १.०५ प्रतिशत अर्थात् ५६ लाख रुपैयाँ बढी हो । कम्पनी अघिल्लो आवको असारसम्म ५३ करोड ३ लाख ७९ हजार रुपैयाँ नाफा कमाएको थियो ।

समीक्षा अवधिमा नेपाल लाइफले पुर्नबीमा कमिशनबाट २ करोड ६२ लाख रुपैयाँ, लगानी कर्जा तथा अन्य आयबाट ७ अर्ब ७७ करोड ६० लाख रुपैयाँ आर्जन गरेको छ।

कम्पनीले समीक्षा अवधिमा ३१ अर्ब ९६ करोड ९३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। अघिल्लो आवको सोही अवधिको तुलनामा इन्स्योरेन्सले ४ रुपैयाँले खुद बीमा शूल्क आर्जन बढाएको हो।अघिल्लो आवको यसै अवधिमा कम्पनीले २७ अर्ब ३४ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो।

असार मसान्तसम्ममा ७ अर्ब १८ करोड चुक्ता पूँजी रहेको कम्पनीको रिजर्भ कोषमा १ अर्ब १ करोड रुपैयाँ संचित छ ।
यस्तै, बीमा कोषमा १ खर्ब १२ अर्ब रुपैयाँ, महाविपत्ती कोषमा ५८ करोड ८९ लाख रुपैयाँ सञ्चित छ।

हालसम्म कम्पनीले १३ लाख ८१ हजार ४३३ वटा बीमा लेखहरु जारी गरी गरेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ९.६५ रुपैयाँबाट घटेर ७.४४ रुपैयाँमा सीमित भएको छ । यस्तै, प्रतिसेयर नेटवर्थ पनि १७३.९२ रुपैयाँबाट घटेर १२२.३० रुपैयाँमा आएको छ ।

इप्पानको नयाँ नेतृत्वद्वारा सपथग्रहण, सचिव कृष्ण घिमिरेद्वारा ऊर्जा क्षेत्रमा आमूल परिवर्तनको प्रतिबद्धता

इप्पानको नयाँ नेतृत्वद्वारा सपथग्रहण, सचिव कृष्ण घिमिरेद्वारा...

वि.सं.२०८३ असार १ सोमवार ११:०६

  काठमाडौं,स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को नवनिर्वाचित नेतृत्वले...

सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’ को बम्पर उपहार झापाका रणधीर गुप्तालाई

सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’ को...

वि.सं.२०८३ असार १ सोमवार १०:०५

  नेपालको अग्रणी तथा विश्वासिलो मानिने इलेक्ट्रोनिक्स ब्रान्ड सिजी इलेक्ट्रोनिक्सले...

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर...

वि.सं.२०८३ असार १ सोमवार ०७:०५

  काठमाडौं, असार ३०, २०८३ (१३ जुन २०२६) — नेपालस्थित...

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन गरी सबै पद खुला

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन...

वि.सं.२०८३ जेठ ३१ आइतवार २२:०८

  काठमाण्डौ— स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४...

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच फिट ५ नेपालमा सार्वजनिक

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच...

वि.सं.२०८३ जेठ ३१ आइतवार २१:०५

काठमाडौं । हुवावेले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टवाच हुवावे वाच...

युवाको विदेशिने बाध्यता अन्त्य गर्न बजेटले जग बसाल्यो : अर्थमन्त्री डा. वाग्ले

युवाको विदेशिने बाध्यता अन्त्य गर्न बजेटले जग...

वि.सं.२०८३ जेठ ३१ आइतवार २०:५१

  काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले नेपाली युवाहरूले आफ्नो...