सानिमा लाइफ इन्स्योरेन्सको आइपीओ तपाईलाई पर्यो कि परेन ? यहाँ बाट हेर्नुहोस् त फ्याट्टै थाहा हुन्छ
Saturday Aug 14, 2021
वि.सं.२०७८ साउन ३० शनिवार १६:५६

काठमाडौँ । सानिमा लाइफ इन्स्योरेन्सको आइपीओ आज बाँडफाँट भएको छ। कम्पनीको आइपीओ पाँच लाख ४० हजार जनाले १०/१० कित्ता हात पारेका छन्।
कम्पनीको सेयरमा आवेदन दिने मध्ये एक लाख बढीको आवेदन रद्द भएको छ।
कम्पनीको आइपीओमा हाल सम्मकै उच्च २४ लाख १९ हजार ८४८ जनाले आवेदन दिएका थिए। ती मध्ये पाँच हजार ४३४ जनाले दोहोरो आवेदन दिएका कारण र एक लाख ६ हजार २९२ जनाको अन्यकारणबाट आवेदन रद्द भएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ।
कम्पनीले साउन २० देखि २४ सम्म सर्वसाधारणलाई जारी गरेको ६० लाख कित्ता सेयर मध्ये कर्मचारी र म्युचुअल फण्डलाई ६ लाख कित्ता छुट्याएर ५४ लाख कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका थिए।
योग्य आवेदन दिएका २३ लाख ८ हजार १२२ जना मध्ये पाँच लाख ४० हजार जनाले १०/१० कित्ता सेयर पाएका छन्।
आइपीओको नतिजा सीडीएससीको साइट आइपीओरिजल्टमा गएर हेर्न सकिन्छ।























