CG Electronics
IME Life
Ncell NPL

भुटानविरुद्ध नेपालको शानदार जित

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं : सन् २०२० मा आयोजना हुने आईसीसी टीट्वेन्टी विश्वकपको पहिलो चरणको एसियाली छनोट प्रतियोगिता अन्तरगतको चौथो खेलमा नेपालले भुटानमाथि ११७ रनको सानदार जित निकालेको छ ।

भुटानले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले  २० ओभरमा ४ विकेट गुमाएर १५० रन बनाएको थियो ।

१५१ रनको लक्ष्य पछ्याएको भुटान १६.४ ओभर खेल्दा  ३३ रनमै समेटियो । भुटानको ब्याटिङ धरासायी बनाउने क्रममा स्पीनरद्वय सन्दीप लामिछाने र ललित राजवंशीले ३–३ विकेट लिए । सन्दीपले ४ ओभरमा २ मेडन गर्दै  ६ रन दिए भने ललितले पनि २ मेडन गर्दै ४ रन मात्रै दिए ।

त्यसैगरी वसन्त रेग्मीले २ र दीपेन्द्रसिंह ऐरीले  र शरद भेषावाकरले ज्ञ-१ विकेट लिए । भुटानका तेन्जिङ वाङचुकले मात्रै दोहोरो अंकको स्कोर बनाउन सके । १९ बल खेलेका उनले ११  रन बनाए । भुटानका ११ ब्याट्सम्यानले नेपालविरुद्ध ४ वटा बाउन्ड्री प्रहार गर्न सके ।

पहिलो ओभरमा २ विकेट गुमाएको भुटानको  चौथो ओभरमा २, छैटौं र सातौं ओभरमा १–१, नवौं र दशौं ओभरमा १–१  विकेट गुमेको थियो ।

ब्याटिङ तर्फ  स्कोर ६ रन हुँदा पहिलो ओभरमा नै विनोद भण्डारीको विकेट गुमाएको नेपालका लागि प्रदीप ऐरी र अनिलकुमार साहले राम्रो साझेदारी गरे ।

नोपलका लागि प्रदीप ऐरीले सर्वाधिक ७५ रन बनाए । ६८ बलको सामना गरेका ऐरीले ६ चौका र २ छक्का प्रहार गरी अविजित रहे अनिलकुमार साहले २७ र दीपेन्द्रसिंह ऐरीले १५, आरिफ शेखले १३, करण केसीले ११ रन बनाए ।

नेपालले प्रतियोगिताको यसअघिका ३ खेलमा सहज  निकालेको थियो । म्यानमार र मलेसियालार्इ ८ विकेटले हराएको नेपालले थाइल्याण्डलार्इ डकवर्ड लुइस  नियमका आधारमा १४० रनले पराजित गरेको थियो ।

२० ओभरको अन्तर्राष्ट्रिय प्रतियोगितामा भुटानविरुद्ध नेपालको यो पहिलो खेल हो ।

उपसभामुख हाम्रो पार्टी सदस्य होइनन् : हर्क साम्पाङ

उपसभामुख हाम्रो पार्टी सदस्य होइनन् : हर्क...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार २२:५३

  काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क...

गीता ज्ञान र आध्यात्मिक चेतना फैलाउन काठमाडौंमा ‘गीता मैत्री मिलन’ कार्यक्रम हुँदै

गीता ज्ञान र आध्यात्मिक चेतना फैलाउन काठमाडौंमा...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार २२:२७

काठमाडौं । नेपालको गौरवशाली सांस्कृतिक इतिहास र जीवन मूल्यहरूको संरक्षण...

लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि हो : परराष्ट्र मन्त्रालय

लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि हो...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार २२:०९

  काठमाडौं । परराष्ट्र मन्त्रालयले पश्चिम एसियाको पछिल्लो अवस्था र...

रेडक्रस आफैंमा स्वतन्त्र र स्वाधीन छ, हस्तक्षेप स्वीकार्य हुँदैन् : विनोद कुमार शर्मा

रेडक्रस आफैंमा स्वतन्त्र र स्वाधीन छ, हस्तक्षेप...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार ०९:०८

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी विगत करिब सात÷आठ वर्षदेखि विभिन्न...

पोखरा विमानस्थल प्रकरण : पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

पोखरा विमानस्थल प्रकरण : पूर्वमन्त्री कार्कीसहित १४...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार ०६:३३

  काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध...

अन्जन श्रेष्ठले लिए नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष पदको शपथ, नयाँ कार्यसमितिले पनि गर्यो सपथ ग्रहण

अन्जन श्रेष्ठले लिए नेपाल उद्योग वाणिज्य महासंघको...

वि.सं.२०८३ वैशाख २४ बिहीवार १२:२९

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का नव निर्वाचित...